
१२ बर्षीया बालिका नातामा दाजु पर्नेबाटै बलात्कृत, किशोर पक्राउ
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले १२ वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा १९ बर्षीय किशोरलाई पक्राउ गरेको छ । १२ बर्षीया बालिका नातामा दाजु पर्ने किशोरबाट बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ भने पक्राउ परेका किशोरलाई जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको महिनावारी रोकिएपछि आमाले सोधपुछ गर्ने क्रममा उनी बलात्कृत भएको रहस्य खुलेको थियो । त्यसलगत्तै परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी हालेका थिए । बलात्कृत बालिका र बलात्कार गर्ने किशोरकी बहिनी साथी साथी हुन् ।
बलात्कृत किशोरी साथीसँगै अध्ययन गर्न र कहिले कही टिकटक बनाउन भन्दै बलात्कार गर्ने किशोरको घरमा जाने गरेकी थिइन् । प्रहरीका अनुसार किशोरले कोही नभएको मौका पारेर बालिकालाई पटकपटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले किशोरमाथि जबरजस्ती करणीको मुद्दा चलाउने तयारी गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया