
सुजाताको ‘सुस्तरी’ मा यस्तो छ अष्ट्रेलियन मोडल भिक्टोरिया अभिनय
काठमाडौं । गायिका सुजना पाण्डेको नयाँ गीत 'सुस्तरी' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियोमा अष्ट्रेलियन मोडल भिक्टोरिया म्यानटिनको अभिनय देख्न सकिन्छ ।
गीतमा गायिका पाण्डे स्वयम्कै शब्द, संगीत र स्वर रहेको छ । भिडियोको छायाँकन समेत अष्ट्रलियाको समुन्द्र किनारा र अन्य ठाउँहरुमा गरिएको छ । गायिका पाण्डे 'नेपाल आइडल-२०१७' को उत्कृष्ठ पाँचमा परेकी थिइन् ।
भिडियो:
प्रतिक्रिया