
नेपालले उचाल्यो 'थ्रि नेसन्स कप' को उपाधि
काठमाडौं । नेपालको दशरथ रंगशालामा भएको 'थ्रि नेसन्स कप' को उपाधि नेपालले उचालेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि कुनै उपाधि जित्न नसकेको नेपालले पाँच बर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा जित निकालेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन सन्जोग राई र बिशाल राईले एक-एक गोल गरे ।
बंगलादेशका लागि महबुर रहमानले दोस्रो हाफमा (८३ मिनेटमा) एक गोल फर्काएका थिए । नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रंगशालामै पुगेर खेलको हेरेका थिए ।
प्रतिक्रिया