
चीनबाट नेपाल ल्याइएको 'खोप' पहिला कहाँ र कसलाई लगाउने ?
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनाको पिसिआर परीक्षण गर्दा थप १४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको हो । जुन निको हुने दर ९८.४ प्रतिशत हो । बितेको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ रहेको छ ।
यसैबीच,
चीन सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । यसअघि भारतले सरकारले पनि १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिएको थियो ।
सरकारले माघ १४ गतेबाट मुलुकभर खोप अभियान सञ्चालन सुरु गरेको भएता पनि चीन सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोप कसलाई, कहाँ र कहिलेदेखि लगाउने भन्ने बिषयमा सरकार अन्योल छ ।
प्रतिक्रिया