
घर भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाउने दुई महिला समातिए
झापा । दमक नगरपालिका वडा नम्बर-६ नयाँ सब्जीमण्डीस्थित घरबाट मानव बेचबिखन मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर-३ का ३८ वर्षीया उर्मिला नेम्बाङ र ईलाम चुलचुली गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीया बन्ठि भन्ने नन्दिता साँवा लिम्बु रहेका छन् ।
उनीहरुले उक्त घर भाडामा लिई दमक बजारमा कामको खोजीमा आउने युवतीहरुलाई सोही घरमा राखेर बेश्याबृतिको धन्दा चलाउँदै आएका थिए । बेश्यावृत्ति गरेको गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चैत ६ गते उक्त घर छापा मार्दा १७ देखि ३९ वर्षसम्म उमेरका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले महिला तथा युवती राखेर बेश्याबृतिको धन्दा चलाउने गरेको पोख खुलेसँगै पक्राउ गरेर यौनकर्मी महिलाको उद्धार गरेको थियो । फारा भएकी साँवालाई भने प्रहरीले आइतबार मात्र पक्राउ गरेको हो । पक्राउ अभियुक्त नेम्बाङ र लिम्बुमाथि मानव बेचबिखन मुद्धामा जिल्ला अदालत झापाबाट म्याद लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रतिक्रिया