
वेलकम एड्भरटाईजिङले भव्यरुपमा मनायो आफ्नो ३०औं वार्षिकोत्सव
काठमाडौं । वेलकम एड्भरटाईजिङ आफ्नो स्थापना कालको २९औं वर्षको अनवरत यात्रा पार गर्दै ३०औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा वेलकमले आफ्नै प्रांगणमा विशेष कार्यक्रम आयोजना गरि भव्यरुपमा संस्थाको वार्षिकउत्सव मनाएको छ ।
सो अवसरमा संस्थाका सञ्चालक निर्मलराज पौडेलले सवै विज्ञापनदाताको चाहना अनुरुप विज्ञापन उपलब्ध गराउन पाउँदा विज्ञापनदाता तथा शुवेच्छुकहरुप्रति गौरवान्वित महसुस गर्दै संस्था तथा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गरे ।
उनले आगामी दिनमा समयानुकूल आफूलाई परिवर्तन गर्दै अझ प्रभावकारी ढंगले आफ्नो सेवा प्रवाह गर्दै लैजाने बिश्वास ब्यक्त गरे । यो क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल वेलकम विक्रम सम्वत २०४८ साल चैत २३ गते स्थापना भएको थियो ।
वेलकमले आफ्नो सेवा विस्तार गर्नेक्रममा अहिले वेलकम ग्रुप अन्तर्गत वेलकम इभेन्ट म्यानेजमेन्ट, अंग्रेजी अनलाइन पत्रिका सीईओ, वेलकम एभीपी प्रोडक्सन र वेलकम डेभलपर्स सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया