
संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित २८ वर्षीय लिम्बु पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पाँचथर नगी गाउँपालिका वडा नम्बर-१ घर भएका २८ वर्षीय सन्देश लिम्बु रहेका छन् ।
प्रहरीले लिम्बुलाई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर-६ सेराफाँट गोरखालीपुल नजिकबाट रेड पाण्डाको ३ थान छालासहित आइतबार साँझ पक्राउ हो ।
लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया