
झण्डै ८० करोड ठग्ने गुडविल बचत तथा ऋण सहकारी अध्यक्ष समातिए
ललितपुर । प्रहरीले गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।
श्रेष्ठमाथि झन्डै ८० करोड रुपैयाँ ठगेको उजुरी परेपछि ललितपुर प्रहरीले उनलाई खोजी गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई चितवन भरतपुर महानगरपालिका वडा नम्बर-१० बाट शनिबार पक्राउ हो ।
उनले बढी ब्याज दिने आश्वासन दिएर सहकारीमा रकम जम्मा गर्न लगाइ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ललितपुर प्रहरीका अनुसार झन्डै ८० करोड रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।
ललितपुर प्रहरीले अन्य पीडितलाई समेत सम्पर्क गर्न भनेको छ । प्रहरीले पक्राउ गर्न लागेको सुईंको पाएपछि उनी फरार भएका थिए । उनीविरूद्ध संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले चैत ५ गते जाहेरी दिएका थिए ।
उनीमाथि सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया