
मुर्ति चोरी गर्ने सुनार पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान थालियो
ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले १६ थान धातुको मुर्ति चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका वडा नम्बर-६ घर भएको ४८ बर्षीय राजकुमार सुनार रहेका छन् ।
सुनारले ललितपुर महानगरपालिका वडा नम्बर-१६ धौगलबजारस्थित मुर्ति बनाउने स्थानबाट आइतबार राति बालकुमारीबाट पक्राउ गरेको हो । चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तिहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको संलग्नता भेटेपछि पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट चोरी भएको मुर्ति पनि बरामद भएको प्रहरीले जनाएको छ । कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित ललितपुर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारलाई जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिक्रिया