
गुजरातबाट फर्केका ४५ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
कञ्चनपुर । भारतको गुजरातबाट चैत २२ गते फर्केका भीमदत्त नगरपालिकामा वडा नम्बर-१५ का ४५ बर्षीय पुरुषको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।
उनमा कोरोनाको संक्रमण देखिएपछि महाकाली अस्पतालमा उपचारार्थ थिए । उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।
मृतकको आजै दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । यसअघि नै कञ्चनपुरमा कोरोना संक्रमणबाट य१४ जनाले ज्यान गइसकेको छ ।
प्रतिक्रिया