
हबिब काला कोकिला हिनाज कम्पनीमा छापापछि शिलबन्दी
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी गरेको छ ।
उक्त कम्पनीका सिलबन्दी गरिएका सामानको मुल्य १ करोड ५० लाख बराबर रहेको बुझिएको छ ।
उक्त कम्पनीका सञ्चालक चेतन गोयल हुन् । उक्त काठमाडौँको कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ गर्ने उद्देश्य घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरि संञ्चालनमा रहेको थियो ।
प्रतिक्रिया