
झोलामा बोकेको ८ लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर-३ छप्कैयाका ४८ वर्षीय श्रीभगवान प्रसाद कलवार रहेका छन् ।
प्रहरीले कलवारलाई पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर-६ स्थित बाबा होटल छेउबाट पक्राउ मंगलबार अपराह्न पक्राउ गरेको हो ।
कलवारले आफूले बोकेको कालो प्लाष्टिकको झोलाभित्र राखेर ल्याएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले हुण्डीको रकम हुनसक्ने आशंकामा रकम बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुर मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया