
आमाको सम्पति हत्याउने राष्ट्र बैंककी निर्देशक रेग्मी जेल चलान
काठमाडौं । करोडौंको सम्पत्त हडपेर आफ्नै आमालाई हेरचाह नगरेको अभियोगमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छन् । उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको हो ।
३ करोडभन्दा बढी सम्पत्ति कब्जामा लिएको तथा आफूलाई हेरचाह नगरेको भन्दै आफ्नै आमाले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पटक-पटक उनलाई सम्झाउने प्रयास गरेको थियो ।
अन्ततः प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाउने निर्णय गरेको थियो । जिल्ला अदालत काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको हो ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया