
राजेन्द्र पाण्डेले लिए मुख्यमन्त्रीको सपथ
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा मुख्यमन्त्रीको सपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बनेका छन्।
प्रतिक्रिया