• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • यसरी हुन्छ सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी (भिडियोसहित)

    सर्लाही । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण गत वर्ष चैत ११ गतेदेखि अहिलेसम्म नेपाल भारत सीमा नाका सिल गरेको अवस्था छ । तर सर्लाहीमा भने सशस्त्र प्रहरीको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामाग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् । तस्करलाई भारत नेपाल दुईतर्फी सामान ओसारपसार गर्ने काममा सर्लाहीका सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठको कमाण्डमा खटिएका पाँच जना घुम ... read more...

  • प्रहरीलाई नै गोली चलाउने कुशवाहमाथि गोली प्रहार

    बारा । जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेको कोचर्वा चौकीबाट खटिएको प्रहरीले चलाएको गोलीबाट एक जना भारतीय नागरिक घाइते भएका छन् । घाइते हुनेमा भारत बिहार जिल्ला मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ बर्षीय बृजकिशोर कुशवाहा रहेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ सानो बंकुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा कुशवाहले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायरिङ गरेका थिए । कुशवाहले हानेको गो ... read more...

  • थप एकको मृत्यु, रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो

    बुटवल । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वा ... read more...

  • असई हत्या काण्डः घटनास्थलमा छानविन टोली, साउद अझै बेपत्ता

    कैलाली । प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या काण्ड अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली परिचालन भएको छ । ब्यूरोको टोलीसँगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली घटनाको अनुसन्धानमा परिचालन गरिएको छ । गस्तीमा निस्किएका असई बिकको शनिबार राति धारिलो हतियार प्रहार गरी हत्यापछि मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो । मृतक ... read more...

  • ड्युटीमा खटिएका असईको शव घाँटी रेटिएको अवस्थामा फेला

    कैलाली । कैलालीको प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द बिकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । ड्युटीमा खटिएका असईकै शव भेटिएपछि प्रहरीभित्रै हलचल मच्चिएको छ । नियमित गस्तीमा गएका विकको शव धनगढी उपमहानगरपालिका वडा नम्बर-११ को मोहना खोलामा भेटिएको थियो । त्यस्तै प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता रहेको बताइएको छ । ड्युटीबाटै प्रहरी जवान र असई बेपत्ता भएपछि उनीहरुको खोजी गर्नेक्रममा ... read more...

  • ४६ बर्षीय शिक्षक पुष्पलालको हत्यामा संलग्न राई समातिए

    ईलाम । जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका वडा नम्बर-१ का ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्यारालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पदमबहादुर राई रहेका छन् । मृतक राई अभियुक्त पदमबहादुरको आगनमा मृत अवस्थामा भेटिएका थिए । त्यसलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको हो । मृतक राईको घाँटी पछाडीको भाग धारिलो हतियारले काटिएक ... read more...

  • भदौरे भीरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

    उदयपुर । कटारी नगरपालिका वडा नम्बर-१४ भदौरे भीरमा शनिबार राति बा २० प ७१७१ नम्बरको स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको उक्त स्कारपियो सिद्दिचरण लोकमार्गमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ ... read more...

  • १२ हजार रुपैयाँ घुसमा लोभिँदा बनरक्षकको हातमा लाग्यो हत्कडी

    बुटवल । अख्तियार दुुरूपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले सब-डिभिजन बन कार्यालय मुर्गिया, रुपन्देहीका बनरक्षक प्रेमचन्द्र बिकलाई पक्राउ गरेको छ । बिकको साथबाट १२ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ । सेवाग्राहीबाट १२ हजार रूपयाँ लिँदै गर्दा रकमसहित उनलाई अख्तियारको टोलीले शनिबार दिउँसो रुपन्देहीको सैनामैना-६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिएको थियो । काठ ओसारपसारमा ... read more...

  • भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

    बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनकाअनुसार, असोज २५ गते अस्पता ... read more...

  • किशोरीलाई बलात्कारपछि हत्या गरेको अभियोगमा समातिए साह

    धनुषा । १४ वर्षीया बालिका सन्जा कुमारीलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २ नं. प्रदेश प्रहरी कार्यालय धनुषा र रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले गरुडा नगरपालिका वडा नमबर-४ बाट बृन्दावन नगरपालिका वडा नम्बर-४ हर्दिया पल्टुवाका ४५ बर्षीय चुनु साह तेलीलाई पक्राउ गरेको हो । उनलाई बिहिवार गोप्य सूचनाको आधारमा गरुडा नगरपालिका-४ स्थित लकेर बसिरहेको अवस्थामा पक्राउ ... read more...

  • निर्घात कुटपिटबाट चौधरीको मृत्यु, कुटपिट गर्ने बाबुछोरा समातिए

    दाङ । कुखुरा चोर्न आएको अभियोगमा एक युवकलाई कुटपिट गर्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर-३ नयाँबस्तीका १८ बर्षीय नरेश चौधरीको रहेका छन् । कुखुरा चोर्न आएको आरोपमा बिहिबार राति २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीले कुटपिट गरेका थिए । ईलाका प्रहरी कार्यालय भालुबाङका अनुसार चौधरीको मृत्यु कुटपिटबाट भएको हो । घर्ती परिवारले चोरको आरोप लगाउँदै ... read more...

  • दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका-११ बनौलीमा दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका-११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा ... read more...

  • शान्तिपूर्ण प्रदर्शनले उग्ररुप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप

    सर्लाही । असोज २१ गते रामनगर गाउँपालिका वडा नम्बर-७ सिसौटका कांग्रेस कार्यकर्ता महेन्द्र रामको हत्या भएको थियो । हत्या गरिएका रामको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, जाहेरी दर्ता गर्नुपर्ने र हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै काँग्रेस कार्यकर्ताहरु बुधबार दिउँसो सर्लाहीको सदरमुकाम मललङ्ग्वा प्रदर्शन गरेका छन् । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा प्रहर ... read more...

  • बलात्कारीलाई जोगाउन खोज्ने पञ्च अन्ततः धरौटीमा रिहा

    सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ । अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका-७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डल तथा अठार वर्षमुनिका दुई जना र चार ... read more...

  • बर्दघाट नगरपालिकाका प्रमुख बस्याललाई कोरोना संक्रमण पुष्टि

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गरेका छन् । उनी अहिले होम आइसोलेसनमा छन् । आफूसँग सम् ... read more...

  • दाइमनदेवी हत्या प्रकरणः आरोपित तीन जना १६ दिनपछि समातिए

    राजविराज । सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका-२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका-११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती ... read more...

  • नक्कली चिकित्सक यसरी परे पर्सा प्रहरीको फन्दामा

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले एक जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बीरगंज ममहानगरपालिका वडा नम्बर-२, छप्कैयास्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत विन्दवासिनी गाउँपालिका वडा नम्बर-३ बसोबास गर्ने राजाराम साह तेलीका ४० बर्षीय छोरा नारद साह तेली रहेका छन् । उनले चिकित्सक शिवशंकरको नाममा (डाक्टर एसएस यादव) को नाममा आफैंले विरामीहरुको चेकजाँच गर्ने गरेका थि ... read more...

  • ३ सय रोपनी जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गर्ने ८ जना समातिए

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३ सय रोपनी जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गरेको अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर-५ पस्र्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका वडा नम्बर-९ सिजिङका ३९ बर्षीय हिराबहादुर तामाङ, पोखरा-१४, कुडहर बस्ने म्याग्दी  रघुगंगा गाउँपालिका वडा नम्बर-४ राफका ३० बर्षीय रमेशकुमार परिवार, प ... read more...

  • आफ्नै श्रीमतीलाई खुकुरी प्रहार, ३४ वर्षीय श्रीमान समातिए

    झापा । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा आफ्नै श्रीमानलाई पक्राउ गरेको छ । श्रीमानले प्रहार गरेको खुकुरीबाट गम्भीर घाइते भएकी झापाको कमल गाउँपालिका वडा नम्बर-२ त्रिवेणी चोकका २४ बर्षीया रिता थापाको शनिबार मृत्यु भएको हो । शनिबार पौने ६ बजे घटेको उक्त घटनाका अभियुक्त ३४ बर्षीय श्रीमान रामजी थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान ... read more...

  • गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

    गण्डकी । गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला-६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट-१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । थपिने सङ्क्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६ ... read more...