• +977 9841468702
  • info@cpostnews.com

प्रदेश

  • 'दिलबहादुर स्मृति' अक्षयकोष स्थापना, एकैदिन लाखौं उठ्यो

    सिन्धुपाल्चोक । नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाले यस बर्षको नियमित घुम्ती बैठक सकाएको छ । स्थानीय निर्वाचनपछि गरिएको उक्त नियमित घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रम हरेक महिनाको पहिलो शनिबार गर्ने गरिएको थियो । १२ वडा रहेको इन्द्रावती गाउँपालिकामा शनिबार घुम्ती बैठक कार्यक्रम सम्पन्न भएको हो । घुम्ती बैठकमा शहीद दिलबहादुर दनुवारको सम्झनामा 'दिलबहादुर स्मृति' अक्षयकोष स्थापना गरिएको छ । शही ... read more...

  • विप्लवलाई ठूलो झट्काः पोलिटव्युरो सदस्य कार्की समातिए

    ललितपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मोहन कार्कीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने कार्की विप्लव समूह नेकपाको पोलिटव्युरो सदस्य हुन् । यसअघि केन्द्रीय सदस्य बन्द चन्दलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले कार्कीलाई ललितपुरस्थित डेराबाट पक्राउ गरेको हो । शुक्रबार बेलुका पक्राउ पर ... read more...

  • पूर्वराजा ज्ञानेन्द्रलाई जनकपुरमा भब्य स्वागत

    जनकपुर । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा शाहले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । उनले जानकी मन्दिरमा करिब १० मिनेटसम्म पूजा गरेका थिए । उनलाई मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा गराएका थिए । पूर्वराजा आउने खबर फैलिएसँगै उनलाई स्वागत गर्न हजारौंको संख्यामा सर्वसाधारण बाजागाजाकासहित मन्दिर परिसरमा उपस्थित भएका थिए । मन ... read more...

  • 'प्रचण्डलाई पनि मरिन्छ कि भन्ने डर लाग्न थालेछ'

    कपिलबस्तु । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलेले विप्लवको धम्कीबाट मरिन्छ कि भन्दै डराउने पुष्पकमल दाहाल 'प्रचण्ड' डरछेरुवा भएको बताएका छन् । महासचिव शाहीले नेपाली काँग्रेस कपिलवस्तु क्षेत्रीय समितिद्वारा यशोधरा गाउँपालिका अमलोन्हामा आयोजित बिशाल आमसभालाई सम्वोधन गर्दै त्यसो भनेका हुन् । शाहीले भने, 'अब बिप्लबको धम्कीबाट प्रचण्ड डराउन थालेछन् । हिजो आफैं हत्या हिँसा मच्चाउने प्र ... read more...

  • रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

    बेझाड । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ ... read more...

  • गण्डकी मेडिकल कलेजका अध्यक्षसहित ११ जनामाथि ठगी मुद्दा

    काठमाडौँ । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने गण्डकी मेडिकल कलेज विरुद्ध ठगी मुद्दा परेको छ । उक्त मुद्दा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले दायर गरेका हुन् । उक्त कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गराएको जानकारी दिए । उनले आफूहरुले ४० दिनदेखि आन्दोलन गर्दै ... read more...

  • 'जनअभिमत निर्वाचन पनि हो, अखण्डताप्रति पूर्णप्रतिबद्ध छौं'

    काठमाडौं । ११ बूँदे सहमति गरेको ४८ घण्टाभित्र जनकपुरमा 'स्वतन्त्र मधेश' को नारा घन्कियो । त्यै पनि स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतकै उस्थितिमा । छुट्टै झण्डा, सुरक्षा दस्तासहितको स्वतन्त्र 'मधेशको नारा' लगाउँदै जनकपुर नगरको परिक्रमा गरेको खबर आगोसरी फैलियो । त्यसपछि केन्द्र सरकार र २ नम्बर प्रदेश सरकारले एक-पटकलाई सहमति कार्यान्वयन होस भन्ने उदेश्यले माफी दिएता पनि अब आइन्दा यस्ता असंवैध ... read more...

  • हजार भेडाच्याङ्ग्रा र सयौंको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिए

    ठिनी । पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयौं भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चौंरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयौंको सङ्ख्य ... read more...

  • देवदहमा तरुण युवाको हत्याः 'शान्ति सुरक्षाको अवस्था निकै कमजोर'

    बुटवल । रुन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ता अनिश पुरीको हत्या भएको छ । हत्याको नेपाली काँग्रेस, नेपाल तरुण दलले भत्र्सना गरेको छ । आइतबार राति मोटरसाइकलमा सवार पुरीलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको थियो । देवदह नगरपालिका वडा नम्बर-५ का पुरीलाई आक्रमणपछि उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएता पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आक्रमण ... read more...

  • सहमतिको ४८ घण्टा नवित्दै घन्कियो 'स्वतन्त्र मधेश' को नारा

    जनकपुर । नेपाल सरकारसँग गरेको ११ बूँदे सहमतिपछि वधिवत रुपमा खारेज भइसकेको 'स्वतन्त्र मधेश गठबन्धन' का संयोजक सीके राउतलाई विमानस्थल पुगेका कार्यकर्ताले भब्य स्वागत गर्दै नाराबाजी गरेका छन् । रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्न आएका कार्यकर्ताहरुले सरकारसँग गरेको सहमति विपरित विमानस्थललाई अघोषित रुपमा कब्जामा लिई स्वतन्त्र मधेशको नारा नारा लगाएका थिए । बिहिबार अदालत ... read more...

  • 'पूर्वन्यायाधीश लालको प्रतिवेदन सार्वजनिक नगरे सदन चल्न नदिने'

    काठमाडौँ । सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि भड्कीएको राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको संसदमार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्रराय यादवलाई बोल्न अनुमति दिएका थिए । लगत्तै नेता यादवले वर ... read more...

  • काभ्रेमा दर्ता नगरी ‘खानी’ सञ्चालन: 'अवैध खानी सबै बन्द गरिन्छ'

    काभ्रे । जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा-ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् । उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका-४ मा पशुपति रोडा–ढु ... read more...

  • रोक्काको घरमै हतियारको भण्डार, भाग्न खोजेपछि गोली प्रहार

    कपिलवस्तु । विभिन्न खालका दर्जनौं हातहतियार सहितकपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर बस्ने दुर्गाबहादुर रोक्कालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले रोक्कालाई विशेष सूचनाको आधारमा उनलाई उनकै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका रोक्का नेत्र विक्रम चन्द विप्लव निकट माओवादी रहेको र ठूलै दुर्घटना घटाउने उदेश्यले उ ... read more...

  • पर्यटकीय नगरी पोखराबाट ५ हतियारसहित चार जना समातिए

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पाँच थान हतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगर रहेका छन् । उनीहरुलाई हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल ... read more...

  • पूर्वी तराईमा ज्ञानेन्द्र: यस्तो छ राजधानी फर्किनु अघिको कार्यसूची

    काठमाडौं । डेढ महिनादेखि पूर्वी तराईमा रहेका पूर्वराजा ज्ञानेन्द्र अर्को महिना मात्र काठमाडौं फर्किने तयारीमा छन् । अनौपचारिक रूपमा मोरङ, सुनसरी र झापालगायतका ठाउँमा भ्रमण र विभिन्न गोप्य भेटमा रहेका उनको तराई भ्रमणको औपचारिक मिति तय भयो । खासगरी भित्री मधेस र हिन्दु धार्मिक संगठन सक्रिय रहेका ठाउँमा उनको भ्रमणको मिति तय भएको छ । १३ माघमा पत्नी कोमलसहित बाराको सिमरा उत्रिएका उनी करिव दुई हप्ता त्य ... read more...

  • 'सरकारले गति लिएको छ, मन्त्रिमण्डल पुनःगठनको तयारी छैन'

    विराटनगर । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल‘ प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्र ... read more...

  • स्थानिय जागेपछि सुनकोशी किनारको अवैध बालुवा उत्खनन बन्द

    काभ्रेपलाञ्चोक । आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका-२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए । गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए ... read more...

  • २५१ वटा कुण्ड निर्माणः नेपालमै पहिलो पटक हुँदै अश्वमेघ महायज्ञ

    वीरगञ्ज । नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ । फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर रङ्गशालामा २५१ वटा कुण्ड निर्माण गरिएको छ भने पण्डाल लगाउने, आगुन्तकलाई निःशुल्क भोजनको व्यवस्थामञ्च सजावट, वासस्थानलगायतका व्यवस्था पूरा भएको यज्ञका प्रेस संयोजक महेश दासले बताए । सो महायज्ञमा पाँच लाख धर्मावलम्बी हवन गर्ने अनुमान ... read more...

  • १७ जना समातिएपछि 'विप्लव' माओवादी सिन्धुमा भुईंचालो

    सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द 'बिप्लब' समूहका सिन्धुपाल्चोक जिल्ला सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख रन्जित ठकुरीसहित १७ जना पक्राउ परेका छन् । उनीहरुको समूहलाई प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका-१० कार्कीटारबाट पक्राउ गरेको हो । स्रोतका अनुसार उनीहरुको गतिविधिलाई प्रहरीले केही महिलनाअघि निगरानी गर्दै आएको थियो । बिप्लप निकट नेकपा माओवादीले जिल्ला संगठन विस्तार ग ... read more...

  • हेलिकप्टर दुर्घटनाः ‘ताप्लेजुङको मौसम खराबसँगै हतारो’

    सुकेटार । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगे ... read more...