• +977 9841468702
  • info@cpostnews.com

प्रदेश

  • सत्यवतीको ज्यान लियो खोलाले

    भक्तपुर, २० साउन । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने गोकुलघाटमा एक जना महिला मृत फेला परेकी छन् । भक्तपुर दधिकोट वडा नम्बर ४ निवासी ५६ बर्षीय सत्यवती खड्कालाई खोलाले बगाएको थियो । करिब १०० मिटर तल श्री भरबी आधारभूत बिद्यालय पछाडी कलभटमा उनी मृत फेला परेकी हुन् । बुधबार दिउसो परेका भिषण पानीमा उनलाई खेतबाट घर फर्केने क्रममा खोलाले बगाएको थियो । ( तस्बिरः दिपेश खड्का ) ... read more...

  • ‘एमाले र मधेशवादी दल दुवै बिखण्डनवादी’

    महोत्तरी, १८ साउन । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले एमाले र मधेश केन्द्रित दलका बालहठका कारण संविधानले पूर्णता र सर्वस्वीकार्यता पाउन नसकेको बताएका छन् । उनले भने,‘एमाले र मधेशवादी दलका कारण देश विकासको गतिमा अवरोध उत्पन्न भएको छ ।’ मन्त्री मन्सुरले एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी भएको आरोप लगाए । एमालेले सधैं पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेश–मधेशीलाई गाल ... read more...

  • तालदेवी युवा क्लबद्वारा बृक्षारोपण

    गोर्खा, १६ साउन । तालदेवी युवा क्लबले पालुण्टार नगरपालिका वडा नं. ६ कालामाटास्थित तालपोखरी र तालदेवी माता मन्दिर परिसरमा बृक्षारोपण गरेको छ । 'आफ्नो गाउं आफै बनाउ' भन्ने नाराका साथ तालदेवी युवा क्लवले पालुण्टार गोर्खामा रहेको एक मात्र ऐतिहासिक तालपोखरी र तालदेवी मन्दिर परिसरमा सोमबार बृक्षारोपण गरेको हो । यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय बिकासका लागि हरियाली बनाउने उदेश्य साथ युवाहरु ब ... read more...

  • १२ घण्टापछि नियन्त्रण मुक्त भए सर्लाहीका जिशिअ सुवेदी

    सर्लाही, १४ साउन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी निर्दोष भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ससम्मान छाडिदिएको छ । सुवेदीले १ करोड अवैध रकम लिएर घर गइरहेको सूचनाको अधारमा अख्तियारको सम्पर्क कार्यालय बर्दिबासको समन्वयमा चितवन प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि अख्तियारको सम्पर्क कार्यालय बर्दिबास पठाइएका सुवेदी अनुसन्धानका क्रममा निर्दोष देखिएपछि उनलाई शुक्रबार राती नै छा ... read more...

  • यसरी भेटियो जंगलमा पांच थान एकनाले बन्दुक

    दाङ, ११ साउन । प्रहरी चौकी चंवाबाट खटिएको प्रहरीले पांच थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउंपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरेको हो । दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार ६/७ जना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ ... read more...

  • राप्रपा केन्द्रीय कार्यसमिति बैठकमै हलचल मच्चाउने भण्डारीको त्यो पत्र

    काठमाडौं, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष कमल थापाले ४ करोड ६ लाख रुपैयां तिर्न बांकी रहेको खुलसा गरेका छन् । राजभण्डारी तत्कालीन राप्रपा नेपालका कोषाध्यक्ष हुन् । तत्कालिन राप्रपा नेपालको पार्टी कार्यालय बनाउँदा अध्यक्ष थापासँग सहमति भएअनुसार महालक्ष्मी फाइनान्सबाट ऋण लिएर भवनको निर्माण भएको थियो । ऋणको साँवा र व्याज राजभण्डारी स्व ... read more...

  • पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ, ४ साउन । अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । शाह बिहान स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक ... read more...

  • सिमराहामा भएको आगलागीमा तीन लाखको क्षति

    लहान, ३ साउन । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा बिहान भएको आगलागीमा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ ।स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताउनुभएको छ । स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएक ... read more...

  • असन्तुष्ट डीआईजी सर्वोच्च जाने, सिलवालमाथि फेरी षड्यन्त्र

    काठमाडौं, ३१ असार । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिस फेरी विवादमा परेको छ । बरिष्ठता रोलक्रमअनुसार अगाडि रहेका बढुवा सूचीमा नपरेपछि असन्तुष्ट डीआईजीहरु सर्वोच्चमा जाने भएका हुन् । बढुवा सिफारिसमा बरिष्ठता रोलक्रममा ७ नम्वरमा रहेका मधु पुडासैनी छुटे भने १८ नम्वरमा रहेका डीआईजी विजयकुमार भट्ट बढुवा अन्तिम सूचीमा अटाएका छन् । बरिष्ठता, योग्यता र ... read more...

  • अचानक मधेसको समस्या समाधान गर्न किन तयार भए ओली ?

    काठमाडौँ, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान आफू तयार रहेको अचानक बताएपछि सर्वसाधारण अचम्मित भएका छन् । मधेसका मामिलामा कट्टर र अनुदार बन्दै आएका अध्यक्ष ओलीले एकाएक लचकता देखाएपछि पार्टी र सामाजिक सञ्जालमा समेत व्यापक आलोचना हुन थालेको छ । आलोचकहरुले उनीमाथि भारतीय गुप्तचरी संस्था ‘रअ’ संग रकम लिएको आरोप समेत लगाएका छन् । ओलीले भने,‘ ... read more...

  • तिनाउ खोलामा बेपत्ता चार यात्रु अझै बेपत्ता

    पाल्पा, २७ असार । पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु अझै फेला परेका छैनन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएका थिए । पाल्पामा वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजी कार्य सफल हुन नसकेको प्रहरीले जनाएको ... read more...

  • राष्ट्रपतिका निम्ति गाडी खरिद प्रस्ताव नआएको प्रधानमन्त्रीको खुलसा

    काठमाडौं, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका निम्ति गाडी खरिद गर्नेसम्बन्धी प्रस्ताव प्राप्त नभएको खुलसा गरेका छन् । उनले स्पष्ट भने,‘राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई सामान्य मान्नुपर्ने पर्छ ।’ प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको बताए । देउवाले ... read more...

  • ‘पार्टी कमजोर बन्दै गएकोमा समीक्षा हुुनुपर्छ'

    पोखरा, २५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकोमा' समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै पौडेलले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताए । पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच न ... read more...

  • ट्याक्टरको ठक्करबाट तरुण युवाको मृत्यु

    इटहरी, २२ असार । ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक उक्त दुर्घटना भएको छ । इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन ... read more...

  • तिलाठी डुबानः भारतीय विकास र भौतिक संरचना

    काठमाडौं, १९ असार । एमालेका सांसद रविन्द्र अधिकारीले भारतका कारण सप्तरीको तिलाठी डुबान परेको बताएका छन् । सोमबार बसेको संसदको बैठकमा समय लिएर बोल्ने क्रममा उनले भने,‘सप्तरीको तिलाठी बाढीले डुबानमा परेको छ । त्यहां तत्काल नयां बांध बनाउन जरुरी छ ।’ भारतले सीमा क्षेत्रमा ५ देखि १० मिटरसम्मको सडक माथि उठाएकाले तिलाठी डुबान परेको अधिकारीले बताए । उनले राहतमा मात्रै सिमित नराखि दीर्घकालीन स ... read more...

  • यसरी पक्राउ परे बाल यौन दुराचारी जर्मन नागरिक अलवर्ट

    काठमाडौं, १६ असार । सावधान रहनुहोला ! यदि तपाईहरुमध्ये कसैले विदेशी नागरिकसंग नेपाली बालबालिका हिडिंरहेको देख्नु भएको छ भने तपाई तत्काल पिछा गर्नुस् या नजिकको प्रहरीलाई तत्काल खबर गर्नुहोस् । किनकी लामो समयदेखि नेपालमा भइरहेको बाल यौन दुराचारमा विदेशी नागरिकको धेरै संलग्नता हुने गरको प्रहरी तथ्याङकले देखाएको छ । विगत एक बर्षभित्रमा बाल यौन दुराचारको करिब एक दर्जन घटना घटिसकेको महानगरीय प्रहरी परिस ... read more...

  • मधेश बन्दको विरोध, बन्दकर्तालाई गाली

    धनुषा, १५ असार । संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको विरोध मधेसका आठ जिल्लामा मात्र सीमित भई अन्य तीनवटा प्रदेशमा निर्बाध रुपमा मतदान भइरहँदा धनुषासहित प्रदेश नं २ का जनताले भने बन्दको मार खेप्नुपर्दा आक्रोशित भएका छन् । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदान भइरहँदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको थियो । निर्वाचनक ... read more...

  • एमालेका बागी उम्मेदवार पार्टीबाटै निष्काशित

    झापा, १२ असार । नेकपा ९एमाले०ले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ । एमाले जिल्ला निर्वाचन परिचालनको आज बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरेको हो । पार्टीको कारबाहीमा परेकामा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ ... read more...

  • एमालेको हिमचिम, उठबस र प्रेम पूर्वराजा ज्ञानेन्द्रसँग छ: प्रचण्ड

    खोटाङ, ११ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसरकारले स्थानीय तहको रुपमा मान्यता प्राप्त गरेको बताएका छन् ।माओवादी केन्द्रले आइतबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले जनयुद्धका क्रममा अभ्यासमा ल्याइएका जनसरकारका युनिटले हाल स्थानीय तहका रुपमा संवैधानिक मान्यता प्राप्त गरेको दावी गरेका हुन् ।  'स्थानी ... read more...

  • ‘जनदबाबका कारण राजपाको स्वतन्त्र उम्मेदवारी’

    भैरहवा, ९ असार । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनदबाबका कारण राजपाले स्वतन्त्र उम्मेदवार उठाएको उठाएको छ । यही असार १४ गते हुने निर्वाचनको वस्तुस्थिति बुझ्न रुपन्देही आएका आयुक्त पौडेलले एक कार्यक्रममा अधिकारका लागि जनताले निर्वाचन चाहेकाले राजपाले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएर जनताको भावना बुझी सकारात्मक सन्देश दिएको बताए । उनले व्यवस्थि ... read more...