• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • भाउजुसँग देवरको जबरजस्ती विवाह, वडाध्यक्ष नै अपराधि निस्किए

     प्युठान । मल्लरानी गाउँपालिका-१ सोलिथुङमा छिमेकी र स्थानीय जनप्रतिनिधिले देवर भाउजूको जबरजस्ती दोस्रो विवाह गराइदिएका छन् । स्थानीय रविना पुन मगरलाई नाताले आफ्नै देवर पर्ने लुकेन्द्र पुन मगरसँग उनीहरूले विवाह गराइदिएका हुन् । रविनाको घरमा बसेर नास्ता खाँदै गरेका देवर भाउजूलाई विनाकारण अवैध सम्बन्ध रहेको आरोपमा उनीहरूको विवाह गराइएको हो । विदेश जान लागेका लुकेन्द्र २ गते साँझ भाउजूकहाँ झोला ल ... read more...

  • सन्दर्भ राष्ट्रिय एकता दिवस: 'पृथ्वीनारायण शाह ऐतिहासिक युगपुरुष'

    पोखरा । जरो टुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमा माल्यार्पण गर्दै गोष्ठीको उद्घाटन गरेका थिए । 'पुस २७ राष्ट्रिय चाड' विषयक गोष्ठीमा अध्यक्ष अधिकारीले नेपालको इतिहास लेखन नै गलत भएका कारण ऐतिहासिक सन्दर्भ महत्व ओझेलमा परेको ब ... read more...

  • टिपरले किचेर महतोको हत्या: क्रसर ब्यवसायी विपिन समातिए

    धनुषा । नदीजन्य पदार्थको अवैध उत्खनन् विरुद्ध लागेका अभियन्ता दिलीपकुमार महतोलाई टिपरले किच्न लगाएर हत्या गरेको अभियोगमा ब्यवसायी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा मिथिला नगरपालिका वडा नम्बर-५ का महतोको शुक्रबार विहान टिपरले किचेर हत्या गरिएको थियो । आक्रोशित स्थानियले समेत उक्त घटना शंकास्पद भन्दै प्रदर्शन गरेपछि प्रहरीलाई भिड नियन्त्रण गर्न हम्यहम्य परेको थियो । आक्रोशित स्थानियको प् ... read more...

  • पेस्तोल देखाएर लुटियो ५ लाख र कागजातसहितको झोला, लुटेरा जोज्दै प्रहरी

    महोत्तरी । शुक्रबार साँझ करिब ५ बजे बर्दियास्थित फरवार्ड फाइनान्समा कार्यरत सविता चौधरीको साथमा रहेको ५ लाख रुपैयाँ मोटरसाइलकमा आएका दुई जना लुटेराले पेस्तोल देखाएर लुटेका छन् । महोत्तरीको भङ्गाहा नगरपालिका-६ मदनपट्टिमा चौधरीको पिछा गर्दै आएका उनीहरुले पाँच लाख नगद र कागजातसहितको झोला लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । शुक्रबार साँझ फाइ ... read more...

  • धनुषा अस्तव्यस्त: अवैध उत्खननको विरोध गर्नेको टिपरले किचेर हत्या

    धनुषा । शुक्रबार एका बिहानै टिपरले किचेर मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ बर्षीय दिलीपकुमार महतोको हत्या गरिएपछि यहाँको अवस्था पुरै अस्तव्यस्त बनेको छ । भारतमा इन्जिनियरिङ अध्ययन गरिरहेका महतोलाई बिहान मर्निङ वाकमा निस्किएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर मारेको थियो । थानियका अनुसार अवैधरुपमा खोलाबाट उत्खनन् भइरहेपछि मृतक महतोले त्यसको विरोध गर्दैै आएका थिए । उनैलाई टिपरले ब्याक ग ... read more...

  • भगवान नाम जप्दै मनाङको यात्रा: ट्रयाक खुल्यो, स्तरोन्नति भएन

    लमजुङ । उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भिर, त्यो भन्दा तल रिँगटा लाग्ने गड्गडाउँदै बगिरहेको निलो मस्र्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारिको जिल्ला मनाङ जाने सडकको हो । अग्ला पहाड फोडेर बनाएको साँघुरो सडक । माथि हेर्दा अक्करे भिर तलतिर जिउ नै सिरिंग हुने खोँच । त्यहीँमा ... read more...

  • मिटरब्याजी राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको उजुरी

    काठमाडौं । झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् । सर्लाही मलंगवा-१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृहमन्त्रा ... read more...

  • ‘नेकपा विदेशी पार्टी होईन, सहकार्य बढ्दै जान्छ’

    काठमाडौं । राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रदेश नम्बर-२ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखेका छन् । उनले भने,‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि-२ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए । तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन् । यो सहम ... read more...

  • सेवाग्राहीलाई दुःख दिएर घुस लिने सर्वेक्षकको हातमा लाग्यो अख्तियारको हत्कडी

    पर्सा । विभिन्न बहना देखाएर सेवाग्राहीलाई दुःख दिने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले नापी कार्यालय पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई पक्राउ गरेको छ । पासवानले सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । ७५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका पासवानलाई दुई नम्बर नापी टोलीको कार्यालयबाट पक्राउ गरेको अख्तियारल ... read more...

  • अवैध लागूऔषधसहित कटुवा पेस्तोल र दुई राउण्ड बरामद

    सप्तरी । सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका-३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले बताए । सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डम ... read more...

  • अब निजगढ-हेटौंडा-भरतपुरसम्म रेल सेवा, भयो डिपिआर सम्झौता

    निजगढ । मेची-महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ-हेटौँडा-भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन-बार्सिल-सीआरइईसी-एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो । पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले डिपिआर शुरु गर्नुपूर्व परामर्शदातालाई ... read more...

  • जिरीको तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियस

    काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ’, मौसमविद् मानन्धरले भनिन् । बे ... read more...

  • पेस्तोल र ५ राउण्ड गोलीसहित खान र अन्सारी समातिए

    सुनसरी । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले स्वचालित एक पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका-७ का ४७ वर्षीय जमिल अन्सारी रहेका छन् । प्रहरीले खान र अन्सारीलाई ईटहरी उपमहानगरपालिका-८ कदमा टोलबाट पक्राउ गरेको हो । अवैध अतियारको कारोबार भइरहेको विशेष सूचनाका ... read more...

  • सांसद साहविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि..

    कपिलवस्तु । जिल्ला अदालत कपिलबस्तुले कपिलवस्तु क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद अभिषेकप्रताप साहविरूद्ध बिहिबार पक्राउ पूर्जी जारी गर्न अनुमति दिएको छ । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गर्न भन्दै अदालतसँग पक्राउ पुर्जी जारी गर्ने अनुमति मागेको थियो । सांसद साहविरुद्ध राप्रपाका केन्द्रीय सदीय श्याम मिश्रले कपिलबस्तु प्रहरीमा बुधबार ज्यान मार्ने उद्योग अन्तर ... read more...

  • विवादास्पद डिएसपी शाहीलाई इन्चार्जबाट इन्चार्ज दिएर सरुवा

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेको सरुवासूचीमा काज सरुवा अटेर गरेर बसेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख विवादास्पद डिएसपी हेमबहादुर शाहीलाई इन्चार्जबाट इन्चार्ज नै बनाएर सरुवा गरिएको छ ।  उनीमाथि आधा दर्जन बढि आरोप लगाएको थियो । उनले 'कोहलपुरको शान्ति सुरक्षा विगारेको, विद्यार्थी तथा विद्यालयमा पसेर शिक्षिकहरुलाई निर्घात कुटपिट गरेको, खसि मागेको, खसि नदिएपछ ... read more...

  • १५ हजार घुस माग्दा जैसवालको हातमा अख्तियारले लगायो हत्कडी

    पर्सा । भनिन्छ नि अति भएपछि खती हुन्छ । त्यस्तै भएको छ वीरगञ्ज महानगरपालिकाका कम्यूटर अपरेटर राकेशकुमार जैसवाललाई । जैसवालले सेवाग्राहीसँग घुस खाने गरेको सूचना पुगेपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको थियो । निगरानी राख्ने क्रममा अख्तियारको कार्यालय हेटौंडाबाट सोमबार खटिएको टोलीले उनलाई १५ हजार घुसको रकमसहित रंगेहात पक्राउ गरेको हो । उनले वीरगञ्ज महानगर-१८ स्थित सडक निर्मा ... read more...

  • 'सिद्धबाबा' लाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी । जिल्ला अदालत सुनसरीले बलात्कारको आरोपमा तीन सातादेखि न्यायिक हिरासतमाम रहेका कृष्णबहादुर गिरी उर्फ 'सिद्धबाबा' लाई धरौटीमा छाड्ने आदेश दिएको छ । आफ्नै अनुयायीले बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो । बलात्कार गरेको आरोप लगाउने अनुयायीको म्यासेज काण्ड सार्वजनिक भएपछि आरोपित महिला चरम ... read more...

  • लाख बढि रुपैयाँसहित ३० जना जुवाडे समातिए

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङको घोराहीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर गोलौराबाट २१ हजारसहित १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानिय टंक गिरीको घरमा छापा मारेर २१ हजार ४ सय १० रुपैया नगद र जुवा खेल्ने तास बरामद गरेका हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर-६ निबासी हरी वली, पवन भारती, पुर्ण भण्डारी, गनेस सुनार, टंक गिरी, इश्वरीप्रसाद खड्का, टिकाराम बस्नेत, दोर्णबहादुर बस् ... read more...

  • अरुलाई हत्कडी लगाउने हातमै लाग्यो अख्तियारको हत्कडी

    काठमाडौं । सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक र हवल्दार मात्र ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपेन्देहीको विष्णुपुराबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवामा गाउँपालिकास्थित सशस्त्र प्रहरीको विष्णुपुरा बेस क्याम्पमा कार्यरत प्रहरी निरीक्षक तेजबहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी रहेका छन् ... read more...

  • जब विमान दुर्घटनाको हावादारी अनुमानित खबर अचानक फैलियो..

    हेटौंडा । स्थानीयले ‘विमान दुर्घटना’ भएको खबर दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीलाई तत्काल घटनास्थलमा पठाए। स्थानीयले फोनमार्फत प्रहरीलाई यसबारे लगातार ‘जानकारी’ गराए । हेलिकोप्टर दुर्घटनाको आशंकापछि तत्काल प्रहरी त्यसतर्फ परिचालित भयो । प्रहरी मात्र कहाँ हो र, सेनाले पनि धूवाँको मुस्लो देखिएपछि फास्टट्रयाकको लेनडाँडामा रहेको स ... read more...