• +977 9843987244
  • info@cpostnews.com

प्रदेश

  • 'नदी अधिकार मञ्च' दक्षिण एसियाको अध्यक्षमा कुशवाहा

    परासी । बंगला देशमा जारी रहेको नदी अधिकार मञ्च दक्षिण एसिया सम्मेलनबाट नेपालका बृजराज कुशवाहा अध्यक्ष पदमा चयन भएका छन् । बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा भएको दक्षिण एसियास्तरिय नदी अधिकार मञ्चको सम्मेलनले नेपालको पश्चिम नवलपरासी बस्ने कुशवाहालाई सो पदमा चयन गरेको हो । अन्तदेशिय नदी ब्यबस्थापनका लागि नागरिक दबाब निर्माण गर्न बङलादेशमा कुशवाहाको अध्यक्षतामा ५० सदस्यीय समिति पनि गठन भएको छ ... read more...

  • कम उमेरका केटाकेटीलाई डिस्को, डान्स, बार प्रवेशमा रोक

    पोखरा । पर्यटकीय नगरी पोखरामा १४ बर्षदेखि १९ बर्षसम्मका बालबालिका बार, डिस्को, होटल र रेष्टुरामा भेटिन थालेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुगमन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रयासमा विभिन्न होटल, डान्स, बार, डिस्को, दोहरी साँझको अनुगमन गर्नेक्रममा प्रहरीले १५ बर्षदेखि १९ बर्षसम्मका बालबालिकालाई नियन्त्रणमा लिई सम्झाईबुझाई अभिभावकको जिम्मा लगा ... read more...

  • 'खानेपानी डिई रहमानको नक्कली प्रमाणपत्र भएको प्रमाणित'

    ईलाम । खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदमा रहेका मोतीउर रहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत रहेको कार्यालयमा डेढ दशकभन्दा लामो समयदेखि लुटतन्त्र मच्चाइरहेका रहमानले भारतको अलाहावाद विश्वविद्यालयमा बिटेक गरेको प्रमाणपत्र पेस गरेका थिए । उक्त विश्वविद्यालयमा ‘त्यस्तो कुनै पनि विषय अध्यापन नहुने र कसैले त्यस्तो प्रमाणपत्र पे ... read more...

  • कलेजमै जुवा अखडा: प्रहरीले छापा मार्दा ९ जना जुवाडे समातिए

    कास्की । कतिपयलाई कलेजमै जुवा अखडा सञ्चालन भएको खबर सुन्दा पत्यार नलाग्ला तर यो यथार्थ घटना हो-महानगरपालिका वडा नम्बर-९ स्थित नयाँबजारमा सञ्चालित एक नर्सिङ कलेजको । जहाँबाट प्रहरीले जुवा खेल्ने ९ जनालाई पक्राउ गरेको छ । कलेजका सञ्चालक पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको जुवा अखडामा प्रहरी छापा मार्दा १४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा मार्गदर्शन एकेडेमीका ... read more...

  • प्रदेशभाको स्वतन्त्र उम्मेदवार चौधरीको गोली प्रहार गरी हत्या

    कपिलवस्तु । प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । चौधरीलाई जिल्लाको शुद्धोधन गाउँपालिका-४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रमम ... read more...

  • दुई नम्बर प्रदेशका कृषि राज्यमन्त्री यादवलाई स्थानीयले लखेटेपछि..

    रौतहट । प्रदेश नम्बर २ को कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई स्थानीयले कार्यक्रम स्थलबाट लखेटेका छन् । यमुना माई गाउँपालिका जेठरहिया जिकना र पिपरा-१ स्थित झाज नदीमा झुलुङगे पुलको शिलान्यास गर्न पुगेका राज्यमन्त्रीलाई स्थानीय शिलान्यास गर्न नदिइ भगाएका छन् । गौरसँग जोडिएको सडकमा हजारौं जनतालाई प्रत्यक्ष फाइदा पुग्ने ३० फिट वारिपरिको बाटोमा पक्की पुलको माग गर्दै आएका स्थानीयले झुलुङगे पुलको शि ... read more...

  • लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा,‘लुम्बिनी शान्ति र अहिंसाको भूमि'

    रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन् । ‘लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन, पञ्चशील ... read more...

  • पीडित परिवारलाई बिएनसीको आर्थिक सहयोग

    कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई आर्थिक सहयोग गरिएको छ । दोषीलाई सजाय पाउँ भन्दै अनशनमा बसेका निर्मलाका पीडित परिवारलाई बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी) ले आर्थिक सहयोग गरेको हो । सो कम्यूननिटीले पीडित परिवारलाई ५५ हजार ५५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको संस्थाकी सल्लाहकार एवम् समाजसेवी सुधा गुरुङले बताइन् । उनले बिएनसी लेडिज फण्डबाट तीस हजार रुपैया ... read more...

  • हेलिकोप्टर नै लिएर विरामी लिन आइपुगे काँग्रेस नेता चौलागाई

    रामेछाप । नेपाली काँग्रेसका जिल्ला नेता भरतप्रसाद चौलागाई हेलिकोप्टर नै चाटर्ड गरेर एक विरामी लिन रामेछाप आइपुगेका छन् । रामेछाप सुनपती गाउँपालिका–१ का २६ बर्षीय सुक्रामी तमाङको टाउकोमा समस्या देखिएपछि उनी एक्कासी बेहोस भएका थिए । आर्थिक अबस्था समेत कमजोेर रहेका कारण काँग्रेस नेता चौलागाईलाई सहयोगका लागि खबर पुगेलगत्तै उनी स्वयम् हेलिकोप्टर लिएर यहाँ विरामी लिन आइपुगेका हुन् । काँग्रेस  ... read more...

  • रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई बन्धक बनाउने नौ विद्यार्थी समातिए

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताए। उनीहरुल ... read more...

  • नमोबुद्ध नगरपालिकामा ईंटा उद्योग सञ्चालनमा रोक

    काभ्रे । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो । कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ । स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमीन भाडामा दिँदै आएका थिए । नगरप्रमुख टङ ... read more...

  • नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १६ जना घाइते

    कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया राम ... read more...

  • हिल्सामा चाइनिज रेल्वे कम्पनी, हिल्सा-जमुना द्रुतमार्गको सर्वेक्षण सुरु

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आजबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले सुर्खेतदेखि हिल्सासम्मको दूरीको आज हवाई सर्वेक्षण गरेको हो । उक्त प्राविधिक टोलीले सीमकोट, चंखेली हुम्ला, सिंजा जुम्ला, गमगढी मुगु, कालीकोट महावु हुँदै ... read more...

  • दाङबाट काठमाडौंको लागि छुटेको बस नवलपरासीमा दुर्घटना

    नवलपरासी । दाङबाट काठमाडौंका लागि छुटेको बस आज बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेकोछ । बस आफैं अनियन्त्रित भएर पल्टिदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका मध्य दाङ घोराही उपमहानगरपालिका १५, का २८ वर्षीय होमबहाद ... read more...

  • नेकपा वडा सदस्यकै घरमा जुवा खाल, ९ जना समातिए

    मेलम्ची । नेकपाका वडा सदस्य रेशम कुमारी भारतीको घरमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ९ जना पक्राउ परेका छन् । मेलम्ची नगरपालिका वडा न ७ दुवाचौरको भारती टोलस्थित वडासदस्यको घरमा शुक्रबार राति जुवा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी मेलम्चीबाट खटिएको टोलीले राति ११ः३० बजे नेकपाबाट उम्मेदवार भइ निर्वाचित भएका वडा सदस्य रेशमकुमारी भारतीको घरमा जुवा खेलिरहेको सूचना ... read more...

  • वडाध्यक्ष नै जुवा खालमा भेटिए, प्रहरी पुगेपछि भागाभाग

    रौतहट । रौतहटको माधव नारायण नगरपालिका मिठुअवा-५ का वडाध्यक्ष जमिअख्तर मन्सुरीको जुवा खेलिरहेको फोटो सार्वजनिक भएपछि स्थानीयबासी भने हैरान भएका छन् । उनीसहित केही सर्वसाधारणहरु जुवातास र कौडा खेलिरहेको जानकारी प्रहरीसम्म पुगेपछि जुवा खेलिरहेको ठाउँमा प्रहरी छापा मार्न पुगेको थियो । प्रहरीले छापा मार्न लागेको सूचना चुहिएसँगै उनीहरुको भागदौड मच्चिएको थियो । जननिर्वाचित वडाध्यक्ष भएर पनि जुँगाकउरी खेल ... read more...

  • मिथिलामा भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’

    जनकपुरधाम । भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’ सन्दर्भमा आजदेखि सामा चकेवा निर्माणका लागि माटो व्यवस्थापन कार्य शुरू भएको छ । सामा चकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । कात्तिक शुक्लद्वितीयाका दिन दिदीबहिनीले सामा चकेवा बनाउने माटो व्यवस्था गरी छठ पर्वको खरना वा परनादेखि पात्रहरूको आकृति बनाउन शुरू गरिन्छ । मिथिलाञ्चलको प्राचीन सामाज ... read more...

  • इटहरीमा भएको भीषण आगलागीमा एक करोड बढिको क्षति

    इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ । आगलागीमा परेर विनोद ... read more...

  • समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ: प्रचण्ड

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताए । सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सब ... read more...

  • वडाध्यक्ष चौधरीले हनुमान मन्दिरमा डोजर लगाएपछि...

    लहान । लहान नगरपालिका वडा नम्बर-२० बह्मान गोर्छारीस्थित दलित वस्तीमा रहेको हनुमान मन्दिर भत्काएपछि ब्यापक जनआक्रोश बढेको छ । मन्दिरभित्र रहेको हनुमानको प्रतिमासमेत लहान नगरपालिकाले जेसिबि लगाएर भत्काएको हो । हिन्दुहरुले आस्था राख्दै आएको उक्त हनुमानको मन्दिर दलित बस्तीमा रवी दासले १५ बर्ष अघि नै शिलान्यास गरेका थिए । यसलाई निरन्तरन्ता दिँदै उनका शिष्य खुशीलाल दासले ६ महिना अगाडि मन्दिर बनाई त ... read more...