• +977 9843987244
  • info@cpostnews.com

प्रदेश

  • कपिलवस्तुको कृष्णनगरमा कफ्र्यु हटेपछि जनजीवन सामान्य

    कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकि ... read more...

  • सञ्चारकर्मी ‘तेजु’ को अवस्था अझै अज्ञात

    डोटी । बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महिना हुन लाग्दासमेत उनको अवस्था अझै अज्ञात छ ।गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन् । उनकोे खोजीका लागि सरकारी निकायको लापर्वाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको ... read more...

  • हिंसा भड्किने खतरा बढेपछि कृष्णनगरमा अनिश्चितकालीन ‘कफ्र्यु’

    कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा (कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न ... read more...

  • जनकपुरस्थित 'राजदेवी मन्दिर' मा एकैपटक १५ हजार बोकाको बलि

    जनकपुरधाम । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ । महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थि ... read more...

  • छाडा चौपाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई सास्ती

    दाङ । तुलसीपुर बजारमा छाडा चौपाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुनेगरेको छ । बजारका मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै आवागमनमासमेत समस्या हुने गरेको छ । बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु छाडा छोडिएका छन् । तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आएकी मीना भण्डारीले आफ ... read more...

  • बडादशैंको अवसरमा सशस्त्र प्रहरीको निःशुल्क एम्बुलेन्स सेवा

    काठमाडौं । सशस्त्र प्रहरी बलले बडादशैंको अवसरमा कास्की जिल्लाको पोखरामा पनि निःशुल्क बस सेवा संचालन गरेको छ । सशस्त्रले एउटा बस दशैंको विदा अवधिभर यात्रुहरुको सहजतालाई ध्यानमा राखेर संचालन गरेको हो । आजैदेखि काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको ४ वटा बस निःशुल्क रुपमा संचालन गरेको छ । सशस्त्रले पोखरामा आजैबाट बडादशैंको विदा अवधिभर विरामीलाई सेवा दिन एउटा एम्बुलेन्स समेत निःशुल्क संचालनमा ल्याएको ... read more...

  • ३३ केजी सुन अझै भेटिएन, अर्का आरोपी बेनु श्रेष्ठ समातिए

    विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै आज बेलुका विराटनगर ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । सुनसरी इटहरी उप ... read more...

  • नवौँ लिगलिगे दौड प्रतियोगिता: थापामगरले लगाए श्रीपेच

    गोरखा । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित भएका हुन् । आज भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दूरी ५८ मिनेट २५ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा बाग्लुङ जिल्ला घर भएका भारतीय सेनामा कार्यरत तीर्थ पुनः मगर दोस्रो भ ... read more...

  • बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी छिमेकी समातिए

    धनुषा । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । उपरीक्षक थपलियाका अनुसार प् ... read more...

  • १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि नै छानबिन

    भीमदत्तनगर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा २६ प्रहरीमाथि छानविन भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी निर्मला हत्या प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।  गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेक ... read more...

  • 'निजगढ विमास्थल निर्माण कुनै पनि बहानामा रोकिनु हुँदैन्'

    काठमाडौं । फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुन ैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ । समतिले आगामी ५/७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ । समितिले प्रेस वक्तव्य जारी गर्दै भनेको छ,‘हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहान्नौं । अब पनि कुनै बाहानामा आयोजना अ ... read more...

  • रसिया पठाउँछु भन्दै ठगी गर्ने ३ जना यसरी पुगे प्रहरीको खोरमा

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रसियाको कृषि फर्ममा काम लगाईदिन्छु भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजु तामाङ, ज्ञान गोविन्द वैध र जगतबहादुर श्रेष्ठ रहेका छन् । उनीहरुले रसियास्थित गाजेस्थानमा रहेको अर्गानिक कृषि फर्ममा कामदारहरूको आवश्यकता भएको भन्दै प्रतिदिन १० घण्टा काम गरेबापत मासिक तलब एक हजार अमेरिकी डलर पाइने भन्दै सर्वसाधा ... read more...

  • निर्मला हत्या प्रकरणः 'अनुसन्धानमा केही नयाँ तथ्य आएको छैन'

    भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनु ... read more...

  • 'हत्यामा संलग्न दोषीलाई सरकारी संरक्षण', समिति सवै बेकाम

    काठमाडौं । सुदुर–पश्चिम प्रशंसा संरक्षण समुहले निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न दोषी पत्ता लगाई कारवाहीको लागि सरकारसमक्ष जोडदार माग गरेको छ । उक्त समूहले बृहत्त अन्तरक्रिया आयोजना गरेर निर्मलाको निर्ममतापूर्वक हत्या गरिएको र जघन्य अपराधको सम्बन्धमा पीडीत परिवारको सम्वेदनशीलताकोसमेत बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ । साथै हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग ग ... read more...

  • चियापान कार्यक्रमलाई शीर्ष नेताले नै गाली गर्ने थलो बनाएपछि..

    सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सम्र्पक समितिले आजोजना गरेको आजको चियापान कार्यक्रममा आएका नेताहरुले नैतिकता र पदको गरिमा भुल्दै आरोप–प्रत्यारोपमा उत्रिएपछि कार्यकर्ता भने चकित भए । कार्यक्रममा आएका प्रमुख अतिथिदेखि अधिकांश नेताहरुले आफ्नो मनमा गाझिएको कुरालाई सार्वजनिक गरेपछि पार्टीको आन्तरिक कलह स्पष्ट भल्कियो । विजया दशमीको शुभकामना आदानप्रदान गर्न राखिएको उक्त कार्यक्रममा श ... read more...

  • 'अब भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न'

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ । अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावन ... read more...

  • 'लाप्राक' नमुनाबस्तीमा गुणस्तरहिन सामाग्री प्रयोग गरेपछि नेतृत्वको विरोध

    गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकमा नमुनाबस्ती बनाउन निर्माणाधिन संरचनामा कमसल र गुणस्तरहिन सामान हालेपछि बिरोध भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नुमनाबस्ती निर्माण बनाउन एनआरएनएलाई २०७३ चैत्र १० गते स्वीकृती दिएको थियो । एनआरएनएले लाप्राकमा भूकम्प पीडितका लागि करिब ६ सय नमुना घर बनाउने घोषणा गरेको थियो । करिब ३५ करोडको लागत अनुमा ... read more...

  • 'दुई तिहाइको शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने'

    सप्तरी । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताएका छन् । सिरहाबाट राजविराज आइपुगेका महतोले पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने जानकारी दिए । उनले ... read more...

  • १७ वर्षीया युवती २५ दिनदेखि बेपत्ता, 'प्रहरीले खोज्न चासो दिएन'

    काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर-७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेकी थिईन् । तर, सोही दिन उनी सम्पर्कमा नआएको उनका दाजु परशुराम पोखरेलले जानकारी दिए । उनले भने,‘मेरी बहिनी भदौ २२ गतेदेखि हाम्रो सम्पर्कमा छैनन् । यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी ... read more...

  • १५ र १६ गते विद्यालय बन्दः ‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’

    काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीह ... read more...