• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • हुण्डीवालाको निद हरामः १ करोड १३ लाख बढी रुपैयाँसहित २० जना समातिए

    पर्सा । विभिन्न स्थान, मिति र ब्यक्तिबाट करिब ५ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड १३ लाख, ३५ हजार १६० रुपैयाँसहित २० जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको यो तथ्याङ्क ०७६ जेठ २० गतेपछि आजसम्मको हो । हुण्डीको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा विभिन्न ठाउँ र मितिमा चेकजाँच तथा छापा मार्ने क्रममा पर्साबाट खटिएको प्रहरी टोलीले उ ... read more...

  • मध्यराति समातिइन ‘विप्लव’ समूहकी काभ्रे जिल्ला सेक्रेटरी सुन्तली

    काभ्रेपलाञ्चोक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका-९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। 'विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्‍यौ ... read more...

  • गोली हानेर साहको हत्या गर्ने ३६ बर्षीय चौधरी समातिए

    धनुषा । जनकपुरस्थित भानुचोक बस्ने ४१ बर्षीय मनोज साहको गोली हानी हत्या गर्ने ३६ बर्षीय पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर महानगरपालिका-१४ मुजेलिया बस्ने दामोदर भन्ने ३६ वर्षीय पंकज चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।  प्रहरीले चौधरीलाई मुजेलियास्थित ब्रम्हदेव यादवको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको ह ... read more...

  • एकै पटक समातिए २८ जना जुवाडे, १ लाख ५६ हजार रुपैयाँ बरामद

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले एक जुवा अखडामा छापा मारेर सञ्चालकसहित २८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार मध्यराति कैलालीको गोदावरी नगरपालिका वडा नमबर-७, लालपुरस्थित बीरबहादुर ओलीको घरमा सञ्चालित 'ओली होटल' मा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले त्यहाँ छापा मारेको थियो । उक्त जुवा अखडामा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ... read more...

  • नेपाली हिटलर 'आलम' फुत्किए बाँच्ने नपाउने त्रासमा पीडित परिवार

    रौतहट । यतिखेर, सांसद मोहम्द आफताब आलमलाई नेपाली हिटलरका रुपमा चित्रण भइरहेको छ । उनले दानवीय रुपमा प्रमाण नष्ट गर्नका लागि करिब दुई दर्जन ब्यक्तिलाई जिउँदै जलाएका घटना विवरण सार्वजनिक भइरहेका हिटलर र आलमको फोटो राखेर नेपाली हिटलर भनिदै छ । बर्षौंसम्म अनेकन दबाब र धम्की सहेर न्यायका लागि लडिरहेका पीडित परिवारले भने आलम छुटेको खण्डमा आफूहरु बाँच्न नपाउने भन्दै चिन्ता ब्यक्त गरिरहेका खबर सार्वजनिक भ ... read more...

  • सांसद साह तारिखमा रिहा, विरोधका कार्यक्रम फिर्ता

    धनुषा । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड तथा कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र नंम्बर १ बाट निर्वाचित सांसद साहलाई शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशमा रिहा भएलगत्तै उनी जानकी मन्दिरमा पूजा गर्न ... read more...

  • सांसद साहको समर्थनमा सडकमा उत्रिए राजपाका नेता तथा कार्यकर्ता

    सर्लाही । बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा सोमवार तोडफोड तथा कर्मचारीमाथि अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहको रिहाईको माग गर्दै आज सर्लाहीमा प्रर्दशन भएको छ । साह रिहाईको माग गर्दै विहिबार भएको प्रर्दशनका कारण सदरमुकमा मलङ्ग्वा बजार र यातायात पूर्ण रुपले ठप्प भएको थियो । सांसद साहको रिहाईको माग गर्दै तराईका जिल्ला जिल्लाबाट ब्यापक प्रर्दशन भइरहेको छ । यद्यपि प्रहरीले सांसद ... read more...

  • विप्लव माओवादीलाई ठूलै धक्काः 'विप्लव' का दाई नै समातिए

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र ५ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा विप्लव समूहले आयोजना गरिरहेको राप्ती बैठकमा प्रहरीले घेरा हानेर छापा मार्दा बिहिबार बिहान उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा 'विप्लव' माओवादीका ... read more...

  • महिला प्रशिक्षार्थी प्रहरीलाई बलात्कार गरेको आरोपमा सई समातिए

    नेपालगञ्ज । तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थी प्रहरीमालाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत सई बमबहादुर राना रहेका छन् । गत आइतबार राति प्रहरी जवानको तालिम गर्दै गरेकी ती महिला प्रशिक्षार्थी प्रहरीलाई तालिम केन्द्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय बाँके ... read more...

  • सडकमा उत्रिए सांसदका समर्थक, बुद्ध एयर बहिस्कारको चेतावनी

    जनकपुर । बुद्ध एयरको काउण्टर तोडफोड र कर्मचारीमाथि अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहका समर्थकले जनकपुरमा विरोध तथा प्रर्दशन गरेका छन् । सांसद साहलाई फसाउने उदेश्यले पक्राउ गरेको भन्दै राजपा निकट विद्यार्थी तथा युवा संगठनहरुले रामानन्द चोकमा प्रदर्शन गरका हुन् ।  प्रर्दशनका क्रममा बुद्ध एयर विरुद्ध चर्को नारा लगाएर युवाहरुल ... read more...

  • बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह एयरपोर्टबाटै समातिए

    काठमाडौं । बुद्ध एयरको काउण्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहलाई महानगरीय प्रहरी अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको छ । प्रहरीले सांसद साहलाई ओखलढुंगा जाँदै गर्दा आन्तरिक टर्मिनलको भीअ‍ाईपी कक्षबाट पक्राउ गरेको हो । पक्राउ परेका सांसद साहलाई जनकपुर पठाइने महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । बुद्ध एयरले आफ्नो काउण्टर ... read more...

  • पेस्तोल, १३ राउण्ड गोली र लागूऔषधसहित राउत समातिए

    धरान । प्रहरीले धरान उपमहानगरपालिका-९ बाट कोसी गाउँपालिका-३ का २३ वर्षीय निरकुमार राउतलाई पेस्तोल र लागुऔषधसहित आइतबार साँझ पक्राउ गरेको छ । राउतलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट एउटा पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, १३ राउण्ड गोली बरामद भएको प्रहरीले जनायो । प्रहरीका अनुसार उनको साथबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, डाइलेक्स डिसी १ सय एम ... read more...

  • नेता आलमले यसरी गरेका थिए २२ जनाको सामूहिक हत्या

    काठमाडौं । दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो-त्यो दिन । उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन् । ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन् । श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो ... read more...

  • ईंटा भट्टामा जिउँदै जलाएर हत्या गर्ने सांसद आलम समातिए

    रौतहट । प्रहरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई पक्राउ गरेको छ । नेता आलम रौतहट क्षेत्र नम्बर २ का निर्वाचित सांसद हुन् । नेता आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले आज बिहान गौरबाट पक्राउ गरेको हो । गत ०६४ चैत २७ गते राति हालको राजपुर नगरपालिका फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो । बम बनाउँदै गर्दा ... read more...

  • ठूलो मात्रामा अवैध लागूऔषधसहित पासवान समातिए

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी चौकी ईनर्वा हेक्काबाट खटिएको संयुक्त टोलीले ठूलो मात्रामा लागूऔषध ईन्जेक्सनसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मुलगेट अगाडि सडकखण्डमा चेकजाँच गर्ने क्रममा जितेन्द्र पासवान पक्राउ परेका हुन् । भारतको रक्सौलबाट बीरगञ्जतर्फ पैदल आउँदै गरेका २० बर्षीय पासवानको साथबाट लागूऔषध ईन्जेक्सन डाईजेपाम २००, नुर्फिन ... read more...

  • मिटरमा जान नमान्ने ५३ ट्याक्सी कास्की प्रहरीको फन्दामा

    कास्की । नेपालीहरुको महान चाड बडादशैंको मौका पारेर यात्रुहरुलाई ठग्न खोज्ने ५३ वटा ट्याक्सीलाई प्रहरीले कारबाही गरेको छ । पोखरा महानगरपालिकास्थित बिभिन्न स्थानहरुमा मिटरमा नजाने तथा आफूखुसी भाडा असुल्ने ४८ वटा र मिटर नै जडान नगरी स्वईच्छाले चलाउने ५ ट्याक्सीलाई कारबाहीका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअधि बिभिन्न तहबाट पटकपटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनो ... read more...

  • दुर्घटना भएको बसमा तेब्बर लोड: चालकसहित ११ को मृत्यृ, १ सय १ घाइते

    सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका वडा नम्बर १० तिखुमोडको राताटार सडकमा आज भएको भयानक बस दुर्घटजामा परी ११ जनाको मृत्यु भएको छ भने १ सय १ जना घाइते भएका छन् । विहान करिव ९ः३० बजे ना २ ख २७१५ नम्बरको हेलम्बु यातायात उक्त सडकबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यृ भएको थियो भने दुई जना घाइतेलाई एम्बुलेन्सबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा ब ... read more...

  • चिनियाँ राष्ट्रपति 'सी' को सम्मानमा आइतबार सार्वजनिक विदा

    काठमाठौं । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सार्वजनिक विदा दिने घोषणा गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै छन् । विहिबार बसेको मन्त्रिपरिषद्को बैंठकले राष्ट्रपति सीको सम्मानमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ ।  सीको सम्मान तथा स्वागतका लागि भन्दै गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरि ... read more...

  • युवती अपहरण गर्ने तीन जना समातिए, आठ राउण्ड गोली पनि बरामद

    सिरहा । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका-९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको बिआर ३२ प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका-९ बाट तीन जनालाई पक्राउ गरेको हो । लहान ... read more...

  • छुरा प्रहार गरी हत्या गरेको अभियोगमा आईतराज समातिए

    पाँचथर । याङवरक गाउँपालिका-६ खाल्ले बस्ने ४० वर्षीय अर्जुन माबोको धारिलो हतियार छुरा प्रहार गरी हत्या भएको छ । माबोलाई हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँपालिका बस्ने १९ वर्षीय आईतराज योङहाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । एक आपसमा बादबिवाद हुँदा आईतराजले अर्जुन माबोलाई छुरा प्रहार गरेर फरार भएका थिए । घाइते माबोको पछि मृत्यु भएको थियो । फरार आईतराजलाई जिल्ला प्रहरी कार्यालय पाँचथर र ... read more...