• +977 9843987244
  • info@cpostnews.com

प्रदेश

  • यसरी पक्राउ परिन् मानव बेचविखन मुद्दामा फरार अभियुक्त मिना

    सिन्धुपाल्चोक । मानव बेचविखन तथा ओसारपसार कार्यमा संलग्न फरार अभियुक्त मिना लामालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला ठुलोपाखर गाउँ विकास समिति वडा नम्ब-५ की ३१ बर्षीय मिनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । मिनासहित सिन्धुपाल्चोक दुवाचौर गाउँ विकास समिति वडा नम्बर-८ स्थायी घर भइ गोकर्णेश्वर-४ बस्ने विजय भन्ने लवाङ तामाङ, र श्याम भन्ने श्यामकुमार लामालगायतका व्यक्तिहरुले वैदे ... read more...

  • यस कारण १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाइयो

    सिन्धुली । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिपी राजमार्गमा दुई हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रु ... read more...

  • एआइजी फिर्ता बोलाएर डीआईजी पठाउने तयारी

    काठमाडौं । गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका एसएसपीहरुले शनिबारसम्म डीआईजीको फूली लगाउने भएका छन् । उनीहरु मध्येबाटै रिक्त रहेका प्रदेशको प्रहरी प्रमुखमा खटाउने गृहको तयारी छ । एआईजीले अवकाश पाएपछि कतिपय प्रदेशमा एसएसपीले कमान्ड सम्हाल्दै आएका छन् । गृह मन्त्रालयले प्रहरीलाई संघिय संरचनामा लैजाने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । जसको आधारमा प्रदेश प्रहरी प्रमुखमा डीआईजीलाई खटाउने ... read more...

  • नगरप्रमुखमाथि आक्रमण गर्ने विप्लवका जिल्ला सेक्रेटरी समातिए

    काठमाडौं । मध्यपुर थिमीका नगरप्रमुख मदनसुन्दर जुगलु श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आक्रमणकारी कुशल बोगटीलाई पक्राउ गरेको हो । मुख्य योजनाकार बोगटी नेत्रविक्रम चन्द विप्लव नेतृत्व माओवादीका भक्तपुर जिल्ला सेक्रेटरी भएको अपराध महाशाखाले जनाएको छ । कालिकोट रुप्सा गोविस-५ स्थायी घर भएका बोगटी हाल भक्तपुर सल्लाघारी बस्दै आएका थिए । ... read more...

  • अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री बितरण

    रौतहट । रौतहटको चन्द्रपुर–५ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री बितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग बाल सहायता संघ काठमाडौंको आयोजनामा तीन जनालाई ट्राईसाईकल, दश जनालाई बैसाखी, दश जनालाई वाईट क्यान र ८ जनालाई स्टीक बितरण गरिएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र काठमाडौं महानगरपालिकाको आर्थीक सहयोगमा संघले चन्द्रपुर–५ स्थित राधाकृष्ण मंदिरमा उक्त सहायक सामग्री बितर ... read more...

  • नगरप्रमुख भन्दा शक्तिशाली वडाध्यक्ष बन्न खोजेपछि बबाल

    रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष विगु व्यास र कार्यपालिका सदस्य ग्रिशनन्दन सिंह लगायतकाले मनोमानी गर्न थालेपछि नगरपालिकाका मेयर सन्तोष मेहताले कडा रुपमा प्रस्तुत हुने संकेत देखाएका छन् । वडास्तरमा जारी विकास निर्माणको कामहरु प्रक्रिया भन्दा बाहिर गएर वडाध्यक्ष विगु व्यासले जथाभावी गर्न थालेपछि नगरप्रमुख मेहता आक्रोसित बनेका हुन् । निर्वाचित प्रतिनिधिसँग स्थानीयको ... read more...

  • अभियुक्त छुटाउन गाउँलेले गरे प्रहरी कार्यालयमै आक्रमण, पाँच प्रहरी घाईते

    बिरगञ्ज । विभिन्न अपराधमा संलग्न अभियुक्त छुटाउन ईलाका प्रहरी कार्यालयमै गाउँलेले आक्रमण गरेका छन् । पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झड्प हुँदा गोली नै चलाउनु परेको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरीक र दुई जना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवामा आक्रमण भएको हो । उनीहरुलाई छुटाउन जिराभवानी ... read more...

  • अवैध उत्खननमा जिल्ला प्रमुखकै संरक्षण, धरापमा चार बालबालिकाको मृत्यु

    मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनाधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् । मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको भएपन ... read more...

  • ललिपुरका अवैध ढुंगाखानी र क्रसर उद्योगलाई प्रहरीको संरक्षण

    ललितपुर । ललितपुर जिल्लामा रहेका अवैध ढुंगाखानी र क्रसर उद्योग स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलोमतोमा हुन थालेको छ । मापदण्ड विपरित चल्दै आएका त्यस्ता अवैध उद्योगले नियम कानुनको धोती लगाउँदै गोदावरी नगरपालिकाको लेले, छम्पी, देवीचौर र नल्लु क्षेत्रमा मात्र तीन वटा खानी र पन्ध्र वटा क्रसर सञ्चालन भइरहेका छन् । मामदण्ड बिपरित उद्योग सञ्चालन गर्न स्वयम् स्थानीय जनप्रतिनिधि र प्रशासन कार्यालक ... read more...

  • 'हामी मुद्दामा आधारित पार्टी हौं, सबै मधेसी मधेसी पार्टीमै लाग्नुपर्छ'

    सर्लाही । बैशाख महिनाको मध्य समय चलिरहेको छ । न कुनै अवसर न कुनै निर्वाचनको बेला । तर पनि सवै भन्दा बुढो पार्टी नेपाली काँग्रेसलाई त्याग्दै धमाधम राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गर्नुलाई यहाँहरु के भन्नुहुन्छ ? पक्कै पनि नेपाली काँग्रेसको नेतृत्वले गलत बाटो हिँडिरहेको छ या त जनलहर अन्तै बढ्दो छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-२ मा पनि यस्तै भएको छ । सो क्षेत्रका प्रतिनिधि सभा सदस ... read more...

  • महिला शसक्तिकरणको लागि सामुदायिक मेला

    सिन्धुपाल्चोक । महिला शसक्तिकरणका लागि ‘सहि हो’ अभियानले सामुदायिक मेला आयोजना गरेको छ । महिला हिंसा अन्त्य र लैंङ्गिक समानताका लागि ‘सहि हो’ अभियानमा मेरो समर्थन उनलाई भन्ने मुल नारासाथ आएको सामुदायिक सारथीको आयोजनमा मेला सम्पन्न भएको हो । मेलाको कानुन न्याय तथा संसदिय मामिला मन्त्री शेरवहादुर तामाङले उद्रघाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री तामाङले पैतृक सम्पत्तिमा ... read more...

  • दुई दिने पत्रकारिता तालिम सकियो

    सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । सुरक्षा र न्याय मामिलाका मुद्दामा आधारित पत्रकारिता तालिम यूकेएडको आर्थिक सहयोग र सर्च फोर कमन ग्राउण्डको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । तालिममा पत्रकारको आधारभुत गुण, क्षमता विकास, पत्रकारिकताको मापदण्ड, मिडियाको परिभाषा, भूमिका, खोजपत्रकारिता, फिचर लेखन, द्वन्द र हिंसा, शान्ति तथा द्वन्द, संवेद ... read more...

  • मध्यपुर थिमीका मेयरमाथि सांघातिक आक्रमण

    भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण भएको छ । वडा नम्बर ३ स्थित मेयर श्रेष्ठको निवास अगाडि नै आरवानफाइभ बाइकबाट आएका अज्ञात ब्यक्तिले रडले हानेर घाइते बनाएको बताइएको छ । घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनको हात र खुट्टामा चोट लागेको पारिवारिक सदस्यले बताएका छन् । उनी सवार हरियो रंगको फोर्ड गाडिसमेत तोडफोड भएको छ । प्रहरीले घटनाको अनुसन् ... read more...

  • मोष्ट वान्टेड सांसद दीपक मनाङे स्वयम्भुबाट समातिए

    काठमाडौं । इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गरिएका फरार प्रदेशसभा सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आज स्वयम्भुबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतबाट चक्रे मिलनको ज्यान मुद्दामा दोषी ठहर भएपछि उनी फरार भएका थिए । मनाङ प्रदेश सभाबाट स्वतन्त्र उम्मेदवारमा उनी निर्वाचित भएका थिए । काठमाडौं प्रहरी परिसरले उनी पक्राउ परेको पुष्टि ... read more...

  • 'तरुणको काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको छ'

    हेटौडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तरुणको हातमा पार्टीको महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । सोमवार ३ नम्बर प्रदेशको तरुण भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने,‘पार्टीलाई बलियो बनाउन पार्टी निकट भातृ सगंठनहरुको महत्वपुर्ण भुमिका हुन्छ । सवैले आ– आफ्नो ठाउँबाट पार्टीलाइ अगाडि बढाउन प्रयास गर्नुपर्छ ।’  उनले बाम गठबन्धन सरकारले जनताको हितमा कहिल्यै ... read more...

  • यसरी मनाइयो नेपालगञ्जमा नेपाली झण्डा महोत्सव

    नेपालगञ्ज । अन्तराल नामक गैरसरकारी संस्थाको व्यवस्थापन तथा विभिन्न सामाजिक संस्थाको सहकार्यमा यहाँ नेपाली झण्डा महोत्सव मनाइएको छ । महोत्सवमा सहभागीहरुले नेपाली झण्डा फरफराएका थिए । त्यस अवसरमा नेपाली राष्ट्रियता झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली झण्डा महोत्सव आयोजनाका परिकल्पनाकार एवं अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपाली राष्ट्रिय झण्डा बुद्ध ... read more...

  • एकाविहानै बम आतंक: क्रसर उद्योगमा विप्लव समूहको आगजनी

    काभ्रे । नयाँ बर्षको पहिलो दिन सुरु हुन नपाउँदै काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर-६ स्थित रहेको एक क्रसरमा विहान २ बजे नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहले आगजनी गरेको छ । नेपाल काँग्रेसका नेता एवं ब्यवसायी कुनसाङ लामाले सञ्चालन गरेको ब्लु साइन स्टोन क्रसर उद्योगमा भएको आगजनीमा चार वटा ट्रिपर, दुई वटा स्काभेटर र एक जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट विहान ... read more...

  • प्रशासनको आँखा छलेर यसरी हुन्छ नदीजन्य वस्तुको अबैध उत्खनन 

    म्याग्दी । बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र ... read more...

  • अहिलेसम्मकै हाईप्रोफाइल बाल यौन दुराचारी पिटर काभ्रेमा समातिए

    काठमाडौं । बाल यौन दुराचारको आरोपमा एक हाईप्रोफाइल क्यानेडियन नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली बालबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरेको विशेष सूचना पाएसँगै ब्यूरोको टोली अनुसन्धानमा खटिएको थियो । सोही क्रममा ब्यूरोको टोलीले शनिबार विहान काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर-१ स्थित चिलकाजी महर्जनको घरबाट क्यानेडियन नागरि ... read more...

  • बल्ल नियन्त्रणमा आयो भाटभटेनी सुपरमार्केटमा लागेका आगो

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिएका छन्। सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार ... read more...