• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • ईंटा भट्टाले नगर नै कुरुपः नगरपालिकाले डोजर लगाएर भट्टा भत्कायो

    काभ्रे । भकुण्डेवेशी आसपासका क्षेत्रमा मापदण्ड विपरीत सञ्चालित आधा दर्जन बढी ईंटा भट्टाहरुलाई नमोबुद्ध नगरपालिकाले डोजर लगाएर भत्काएको छ । नगरपालिकाले अवैध रुपमा सञ्चालित ५ ईंटा भट्टाहरुलाई आइतबार भत्काएको थियो भने बाँकी भट्टाहरुलाई भने सोमबार भत्काउने काम भइरहेको छ । ईंटा ब्यवसायीले भने आफूहरुलाई नगरपालिकाले अन्याय गरेको भन्दै सर्वोच्चमा रिट निवेदन बोकेर पुगेका छन् । संभवतः आज रिट निवेदन दर्ता हु ... read more...

  • सिडियोलाई नै गालीगलौज गर्ने गुप्तालाई प्रहरीले समात्यो

    पर्सा । सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खनाजी घर भई श्रीकंकाली अटो ट्रेडर्सका सञ्चालक २५ बर्षीय सन्नीकुमार गुप्ता रहेका छन् । प्रहरीले पर्साका जिल्ला प्रमुख अधिकारी (सिडियो) लाई मानमर्दन हुनेगरी फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ । ... read more...

  • नेताको घर र एनसेल टावरमा विष्फोट गराउने विप्लवका बृद्ध लडाकु समातिए

    रुपन्देही । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको घर तथा एनसेल टावरमा विष्फोट गराउने तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरु क्रमशः बिक्रम यादव, रुदल यादव र विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् । प्रहरीका अनुसार विप्लव माओवादीमा आवद्ध विक्रम यादव रुपन्देही ... read more...

  • ठूलो मात्रामा लागूऔषधसहित भारतीय नागरिक चौधरी समातिए

    कास्की । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको प्रहरी टोलीले एक भारतीय नागरिकलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ । पोखराको नागढुङगाबाट पक्राउ परेका भारतीय नागरिक प्रेम चौधरी भारतको महाराजगञ्ज जिल्ला सेखुआनी ग्रामका हुन् । २१ बर्षीय चौधरीले विभिन्न लागूऔषध खरिद गरी पोखराका विभिन्न स्थानमा विक्रिवितरण, ओसारपसार र सञ्चय समेत गरिरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाख ... read more...

  • 'सांसद प्रभु साह भ्रष्ट र कम्यूनिष्ट विरोधी' (भिडियोसहित)

    रौतहट । रौटहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रभु साहलाई कारबाही गर्न पार्टीकै कार्यकर्ता तथा नेताले माग गरेका छन् । प्रभु साहलाई विधि र प्रक्रिया विरुद्ध हिँडेको तथा गुटगत राजनीतिकमा रमाएर निषेधको राजनितिक गरेको भन्दै पूर्वसांसद अशोक जैसवालले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका हुन् । निषेधको राजनीति र भिन्न मत राख्नेलाई निर्वाचनामा हराउने उनले रणनीति लिएकै कारण स्थानिय निर्वाचनम ... read more...

  • लागूऔषध गाँजा ५९ किलो ५८० ग्रामसहित दुई जना समातिए

    हेटौंडा । आगूऔषध गाँजा तस्करीका लागि मुख्य ट्रान्जिट मानिएको हेटौंडाबाट लागूऔषध गाँजा ५९ किलो ५८० ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २० को भिमसेन मोक्तान र बर्ष २६ को रोशन लामा रहेका छन् । गाँजा तस्करीमा प्रयोग भएको बा ५ ख १८२५ नम्बरको मिनी ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई हेटौंडा महानगरपालिका वडा नम्बर १० ... read more...

  • नेपाल-चीन 'सिमा चौकी कोदारी'को नयाँ भवन बन्ने

    सिन्धुपाल्चोक । नेपाल-चीन सिमानामा रहेको प्रहरी चौकी कोदारीको नयाँ भवन बन्ने भएको छ । मंगलबार नयाँ भवन निर्माण्का लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनीले भवनको सिलान्यास गरेका हु्न् । गत ०७२ सालमा आएको महाभूकम्पबाट कोदारी प्रहरी चौकीको भवन भत्किएको थियो । ... read more...

  • 'एसपी-डिएसपी चिनेको छु, मुद्दा मिलाउन ३ लाख ५० रुपैयाँ लाग्छ'

    क‍ास्की । 'मैले एसपी अनि डिएसपी चिनेको छु' भन्दै मुद्दा मिलाउन पीडितसँग रकम माग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनोदबहादुर भट्टराई रहेका छन् । पीडित परिवारले दिएको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । भट्टराईले कुटपिट मुद्दामा पक्राउ परेका केही ब्यक्तिहरुको मुद्दा मिलाउन '३ लाख ५० हजार रुपैयाँ लाग्ने, नत्र ३ बर्ष जेल बस्नुपर्छ' भन्दै पीड ... read more...

  • धातुको बुद्ध मूर्तिलाई सुन भन्दै लाखौंमा विक्री, समातिए ३ जना ठग

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्हाल्न आएका एसपी दानबहादुर कार्कीको आगमनसँँगै कास्की जिल्लाको शान्ति सुरक्षाको अवस्था सुध्रिएको छ । कास्की जिल्लाको कमाण्ड एसपी कार्कीले सम्हालेसँगै भटाभट अभियुक्तहरु पक्राउ पर्न थालेका हुन् । यसैबीच, गत साउन १९ गते धातुको मुर्तिलाई सुनको भन्दै १३ लाखमा विक्री गर्ने तीन जना फरार अभियुक्तहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको अनुसन्धा ... read more...

  • करिब ११ लाख रुपैयाँको अवैध चाँदीसहित भारतीय नागरिक समातिए

    धनुषा । सशस्त्र प्रहरी बल-८ नम्बर गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको टोलीले १५ केजी चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत-२ भेलवाचोक घर बताउने अन्दाजी २८ बर्षीय बन्धुकुमार सिंह रहेका छन् । उनलाई एपीएफको टोलीले धनुषा जिल्लाको औरही गाउँपालिका-२ देउरी भन्ने स्थानबाट पक्राउ गरेको हो । एपी ... read more...

  • कडा सुरक्षाकासाथ मध्यराति पत्रकार रविलाई चितवन ल्याइयो

    चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका चर्चित युवा पत्रकार रवि लामिछानेलाई चितवन ल्याइएको छ । चितवन प्रहरीले उनलाई छानविनका लागि नियन्त्रणमा लिएको जनाउँदै उनीसहित तीन जना पक्राउ परेको जनाएको छ । बिहीबार काठमाडौंमा पक्राउ परेका तीनै जनालाई कडा सुरक्षाकासाथ बिहिबार मध्यराति चितवन ल्याइएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय ल ... read more...

  • ११ वटा वडा कार्यालयमा चोरी: सामानसहित चोर यसरी समातिए

    कास्की । केही महिना यतादेखि पर्यटकीय नगरी पोखरामा रहेका सरकारी कार्यालय नै चोरको निशानामा परिरहेका थिए । यसैक्रममा ११ वडा कार्यालयबाट चोरी भयो । सरकारी वडा कार्यालयहरुलाई नै चोरले निशाना बनाउँदा तथा चोर पक्राउ गर्न नसक्दा जिल्ला प्रहरी कास्की र मातहतका प्रहरीलाई निकै दबाब र तनाब परिरहेको थियो । चोरीका घटनामा एक्कासी बृद्धि भएपछि कास्की प्रहरीले अनुसन्धान गर्न प्रहरीको विशेष समूह नै बनाएर सुक्ष्म अ ... read more...

  • राईका पिए मकरध्वजको मनपरीः कमिशन माग, कर्मचारी आजित

    काठमाडौं । महाभारतमा धृतराष्ट्र ‘अन्धो’ हुनुको फाइदा उनका छोरा कौरबहरू, खासगरी दुर्योधनले फाइदा लिए । पाण्डवहरूलाई वनबास जान बाध्य पारिदिए । छोरा नै नभए पनि सोही सरह विश्वास गर्दा एक जना मुख्यमन्त्री विवादमा तानिने भएका छन् । स्वकीय सचिवका अगाडी धृतराष्ट्र बनिदिँदा ति मुख्यमन्त्रीको शुन्य सहनशीलताको नारा रछ्यानमा पुग्ला कि भन्ने चिन्ता बढेको छ । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईका प्र ... read more...

  • एमबीएसको प्रश्नपत्र म्यासेन्जरबाटै आउट, फोटोकपी गर्दैगर्दा विद्यार्थी पक्राउ

    धनुषा । एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ४ का ३० वर्षीय लिलाराज शिवभक्तिलगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्क शाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरिएको थियो ... read more...

  • तिब्बतियन नातिनीलाई नागरिकता दिलाउँदा 'हजुरबा' प्रहरीको खोरमा

    कास्की । तिब्बतियनसँग विवाह गरेकी छोरीका सन्तानलाई आफ्नै भएको भन्दै झुटा विवरण पेश गरेर नेपाली नागरिकता दिलाउने र साक्षी बस्नेहरुसमेत गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर-१८ सराङकोटका लेखबहादुर थापाले छोरी पट्टीका सन्तान अर्थात तिब्बतियन नागरिक तासी आङ्‍मो थापामगर र सरु थापामगरलाई आफ्नै छोरी भएको भन्दै नेपाली नागरिकता दिलाएका थिए । उनले आफ्नो छोरीका ... read more...

  • लागूऔषधको ब्यापार: अवैध लागूऔषधसहित ५ जना पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट ठूलो मात्रामा लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका थानकोट बस्ने ३५ वर्षीय पूर्णदास गोपालीसहित ५ जना रहेका छन् । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२ एम्पुलसहित शनिबार दिउँसो पक्राउ गरे ... read more...

  • छाती र ढाडमा चक्कु प्रहारः श्रीमानको मृत्युपछि श्रीमती शिला पक्राउ

    काठमाडौं । आफ्नै श्रीमानलाई चक्कु प्रहार गरेर हत्या गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा पक्राउ पर्नेमा गोकर्णेश्वर नगपालिका-६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घले रहेकी छन् । प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो । शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई पारिवारिक सामान्य विवाद हुँदा तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्र ... read more...

  • बाघको छालासहित पक्राउ परे सशस्त्र प्रहरी दिपकसिंह

    दार्चुला । प्रहरीले दुहुँ गाउँपालिका-३ तिमुरपाटाबाट चरीबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिकाका वडा नम्बर २ बस्ने २९ वर्षीय दिपकसिंह वडाल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । प्रहरी चौकी ब्रहमदेव दार्चुलाबाट खटिएको प्रहरीले उनलाई हिँडिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्नेक्रममा बाघको छाला फेला परेपछि उनल ... read more...

  • प्रहरीलाई ठूलो सफलताः नक्कली नोट छाप्ने मेसिनसहित गिरोह नै पक्राउ

    लाली । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट र नोट छाप्ने मेसिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर-१ घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर-१ वस्ने बर्ष २५ को खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, सोही ठाउँ बस्ने बर्ष २२ को भोजबहादुर बम, चुरे वडा नम्बर-२ भई धनगढी उपमहानगरपालिका वडा नम्बर-३ बस्ने बर्ष २४ को पल्लपराज भट्टराई र महोतरी जिल्ला सा ... read more...

  • नियम विपरित होटल सञ्चालन गर्ने महिलाको हातमा हत्कडी

    कास्की । पर्यटकीय नगरी पोखरामा आएका कुनै पनि आगन्तुक पाहुनाको होटलमा स्पष्ट विवरण राख्नुपर्ने नियम छ । तर त्यसको विपरित होटल ब्यवसाय सञ्चालन गरेको भन्दै एक जना महिलालाई प्रहरीले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय, पोखरालाई बुझाएको छ । त्यसरी होटल सञ्चालन गर्ने पोखरा महानगरपालिका, ८ पृथ्वीचोकस्थित कोशी एण्ड रितिक रेष्टुरेन्टकी संचालिका ममता देवी महतो हुन् । ममतादेवीले होटलमा बास बस्न आएका ग्राहकको ... read more...