• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • मन्त्री अर्याललाई साँखुबासीको कालो झण्डा

    काठमाडौं । मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा राख्ने उद्घाटन कार्यक्रमका लागि साँखु पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई स्थानियले युवाले कालो झन्डा देखाएका छन् । स्थानिय युवाहरुले गुठी विद्येयकको विषयलाई लिएर आक्रोश पोख्दै उनको राजीनामा माग्दै कालो झण्डा देखाएका हुन् । अकस्मात कालो झण्डा देखाएपछि प्रहरीले स्थानियले युवाहरुलाई लखेटेको थियो । यद्यपि कालो झण्ड ... read more...

  • १३ लाख ५० हजार चोरी गर्ने कामत समातिए

    विराटनगर । १३ लाख ५० हजार रुपैयाँ चोरी गर्ने एक चोरलाई प्रहरीले पक्राउ गरेको छ । उक्त नगद चोरी गर्ने चोर सुरज कामतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । मोरङ जिल्ला कटहरी गाउँपालिका १ बस्ने बर्ष २० को कामतले विराटनगर महानगरपालिका १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरेका थिए । उनलाई प्रहरीले विराटनगर महानगरपालिका वडा मब्र १ बाट पक्राउ गरी खानतलासी गर्ने क्रममा उनको साथबाट ... read more...

  • विप्लवका लडाकु सुजन लेकसाइडबाट सुटुक्क समातिए

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहका कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मालाई पक्राउ गरेको छ । सरकारले विप्लव माओवादीलाई प्रतिबन्धि लगाएपछि एकपछि अर्को गर्दै विप्लव समूहका कार्यकर्ता पक्राउ परिरहेका छन् । यद्यपि अदालतले भने गैरकानुनी थुनामा राख्न नमिल्ने भन्दै छाड्दै आएको छ । उनलाई शनिबार बेलुका पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी ... read more...

  • बसमा छुटेको दुई लाख रुपैयाँ धनीलाई नै फिर्ता

    कास्की । कास्की प्रहरीले बसमा छुटेको नगद दुई लाख रुपैयाँ सम्वन्धित ब्यक्तिलाई नै फिर्ता गरेको छ । पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट बागमारातर्फ गईरहेको ना ६ ख ८४१२ नम्बरको यात्रुबाहक बसमा कसैले झोला छाडेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी तत्काल पुगेर खानतलास गर्नेक्रममा उक्त नगदसहितको झोला भेटिएको थियो । प्रहरीले खाततलासी गर्दा उक्त रकम र झोला प्रहरीलाई पोखरा महानगरपालिका-३३ बस्ने शान्ति पा ... read more...

  • पर्यटन मन्त्रालय ताक्ने यी नेता, कसलाई पर्ला चिट्ठा ?

    काठमाडौं । पर्यटन मन्त्रालय भदौदेखि नेतृत्वविहीन छ । राज्यमन्त्रीको भरमा पर्यटन मन्त्रालय चल्दै आएको छ । हेलिकप्टर दुर्घटनामा भदौ १५ गते पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि यो मन्त्रालय नेतृत्व विहीन बनेको हो । यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पासँग पाथीभरा पुगेका बेला मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेर हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको थियो । पाथीभरा मन्दिरसम्म केवुल ... read more...

  • दोर्दीखोलामा एक्कासी आएको बाढीले बगाएर ५ को मृत्यु, थुप्रै बेपत्ता

    लमजुङ । लमजुङको दोर्दीखोलामा अचानक आएको बाढीका कारणले बगाउँदा ५ जनाको मृत्यु भएको छ । उक्त बाढीमा परेर करिब दुई दर्जन बढी मानिस सम्पर्कविहीन भएका छन् । बुधबार अपरान्ह एक्कासी दोर्दीखोलाको माथिल्लो भाग ताँजेबाट आएको पहिरोसहितको बाढीले मान्छेहरुलाई बगाएको थियो । दोर्दीखोलामा एक्कासी आएको बाढीका कारण निर्माणाधिन पपिल्स हाइड्रोको सुपर दोर्दीको सुरुङमा बाढी पसेकाले कामदारहरुलाई बगाएको थियो । ... read more...

  • हिरासतबाट थुनुवा फरार भएपछि डिउटीमा खटिएका प्रहरीमाथि कारबाही

    कलैया । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट एक जना थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालय बाराले डिउटीमा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरेको छ । निलम्बन पर्नेमा प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरुलाई दुई महिनाका लागि निलम्बन गरिएको हो । फरार हुनेमा भारत मोतिहारी लिपनी–४ का १९ वर्षीय फिरोज मियाँलाई प्रहरीले ... read more...

  • हत्याका फरार अभियुक्तलाई प्रहरीले २० बर्षपछि यसरी समात्यो

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले २० वर्ष अगाडि हत्या गरेर फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । उक्त घटनाबाट पनि अपराध गरेर जति नै फरार भएता पनि अपराधीलाई क्षम्य हुन्न भन्ने सन्देश गएको छ । अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस-७ बस्ने ३१ वर्षीय मनप्रसाद गुरुङको हत्या गरी फरार भएका सोही ठाउँका ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो  मनप्रसाद र कुमारबीच २०५६ मा ... read more...

  • अवैध १ सय केजी बुद्धचित्तको दानासहित ४ जना भक्तपुरबाट समातिए

    भक्तपुर । अवैध रुपमा ल्याएको बुद्धचित्तको दानासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ स्थित बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा करिब १ सय केजी बुद्धचित्तको दाना फेला परेपछि ट्याक्सी चालकसहित ४ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपाल ... read more...

  • सामुदायिक वनमाथि जनप्रतिनिधिको कुदृष्टिः चरणवद्ध आन्दोलनको घोषणा

    पोखरा । सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उपभोक्ताको हक अधिकार सुनिश्चितताको माग गर्दै आगामी भदौ महिनादेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित केन्द्रीय पदाधिकारी तथा प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष तथा सचिवहरूको भेलाले आन्दोलन गर्ने निर्णय गरेको हो । सरकारले ल्याएको बन विधेयक प्रस्तावनामा सामुदायिक बन हुनुपर्ने, बन पैदावारको समूहले ... read more...

  • 'विप्लव' का प्यारा माइलालाई मध्यराति सुटुक्क मामाघर लगियो

    काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच अनौपचारिक वार्ता चर्चा चलिरहेका बेला उनका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा समातिएका छन् । माइला लामासँगै रेशम तामाङ पनि विशेष सूचनाका आधारमा शनिबार मध्यराति काँडाघारीबाट पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पुष्टि गरेको छ ।  गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटको मुख्य योजना ... read more...

  • शैक्षिक शुल्क वृद्धि विरुद्ध नेविसंघको चरणबद्ध आन्दोलन

    काठमाडौं । शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्कको विरुद्व नेपाल विद्यार्थी संघलेले चरणबद्व आन्दोलन गर्ने घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिक्षण संस्थाहरुले शुल्क वृद्धि कुन कलेजले के–को आधारमा बढाईएको हो ? तथ्याङ्कसहित कलेजहरुको भण्डाफोर गर्ने जनाएको छ । यस्तो छ आन्दोलका कार्यक्रमः  श्रावण ६ गते शिक्षा मन्त्रीलाई ज्ञापनपत्र, श्रावण ८ गते विज्ञहरुसँग अन्तरक्रिय ... read more...

  • धनगढी बिस्फोटनका घाइते सिंहको मृत्यु, मृतक आफैले बम बोकेको आशंका

    कैलाली । धनगढी बिस्फोटनमा परी गम्भिर घाइते भएका राम सिंहको मृत्यु भएको छ । विस्फोटपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा पुर्याइएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । प्रहरीले मृतक सिंहले नै बोकेको बम बिस्फोट भएको आशंका गरेको छ । बिस्फोटमा परी घाईते भएकाहरुको अहिले उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले जनाए । बिहिबार साँझ भएको ... read more...

  • कारको डिक्कीमा लागूऔषधः चालकसहित ४ जना समातिए

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर-१७ बस्ने २१ बर्षीय रमेश लामिछाने कार चालक, पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका-४ बस्ने बर्ष ४२ को प्रेम दास, पर्सा सुखुवाप्रसौनी गाउँपालिका वडा नम्बर-६ बस्ने बर्ष ३५ को राजेश खवास र सर्लाही लालबन्दी-१७ का २० बर्षीय डम्मरमणी घिमिरे रहेका छन् । उनी ... read more...

  • भारतीय 'सुपारी किलर' मगाएर आफ्नै श्रीमतीको हत्या, यसरी समातिए हत्यारा

    पोखरा । आफ्नै श्रीमतीको हत्या गरी जंगलमा फाल्ने घटनाका मुख्य योजनाकार अर्थात मृतक महिलाका श्रीमानसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । मकवानपुर घर भई हाल पोखरा महानगरपालिका-१० रामबजारमा मोवाइल पसल गरी बस्ने मृतक महिलाका श्रीमान ३५ बर्षीय रमेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै पत्नी २८ बर्षीया लक्ष्मी नेपालीलाई असार १ गते भारतबाट 'सुपारी किलर' झिकाएर हत्या गर्न लगाएक ... read more...

  • अवैध हातहतियारसहित राई र लिम्बु समातिए

    ईलाम । जिल्ला प्रहरी कार्यालय ईलामले हतियारसहित दुई जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा ईलामको सन्दकपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय रामकुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बु रहेका छन् । उनीहरुलाई ३ नाल भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालयत इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ईलाम नगरपालिका-३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त सहित लु ... read more...

  • उता किक्रेट खेल, यता अवैध सट्टेबाजी

    पर्सा । उता विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत इंग्ल्याण्ड न्यूजील्याण्डबीच निकै रमाइलो फाइनल खेल चलिरहेको थियो । आइतबार यता वीरगञ्ज महानगरपालिका वडा नम्बर-८ स्थित भने प्रतियोगिता कसले हार्छ र जित्छ  ? भन्ने बोलकबोल चलिरहेको थियो । यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्सालाई क्रिकेटको सट्टाबाजी चलिरहेको सूचना आइपुग्छ । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट एउटा टोली तत्काल घटनास्थल पुगेर दुई जनालाई ... read more...

  • सप्तकोशी बाँधको ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्न सुरु

    इटहरी । भारतीय दबाबका बाबजुद अन्नतः सप्तकोशी बाँधको ५६ वटै ढोका शनिबार रातिबाट खोलिएको छ । सप्त कोशीमा बाँधमा अहिलेसम्मकै पानीको उच्च अर्थात बहाव तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव देखिएपछि सवै ढोका खोलिएको हो । उच्च पानीको बहावका कारण बाँधनै जोखिममा पर्ने देखिएपछि बाँधको ५६ वटै ढोका खोल्नुपरेको त्यहाँ कार्यारत प्रहरी निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । जबकि यो बाँधको आयु ५० ... read more...

  • अविरल बर्षाको वितण्डाः ३२ जनाको मृत्यु, पूर्वमा थप खतरा बढ्दै

    काठमाडौं । केही दिन यतादेखि निरन्तर परिरहेको बर्षाका कारण शनिबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी दुई दर्जन बढी बेपत्ता तथा २६ जना घाइते भएका छन् । केन्द्रले दिएको सूचना अनुसार बाढी पहिरोमा परी ललितपुरमा मात्र ६ जनाको मृत्यु भएको छ । त्यसैगरी, भोजपुर जिल्लामा ५ जनाको मृत्यु भएको छ ... read more...

  • 'सरकारले बाढी-पहिरो पीडितलाई विशेष राहत प्याकेजको घोषणा गर्छ'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी-पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले केन्द्रिय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’ सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको ... read more...