• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • 'विप्लव' का प्यारा माइलालाई मध्यराति सुटुक्क मामाघर लगियो

    काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच अनौपचारिक वार्ता चर्चा चलिरहेका बेला उनका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा समातिएका छन् । माइला लामासँगै रेशम तामाङ पनि विशेष सूचनाका आधारमा शनिबार मध्यराति काँडाघारीबाट पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पुष्टि गरेको छ ।  गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटको मुख्य योजना ... read more...

  • शैक्षिक शुल्क वृद्धि विरुद्ध नेविसंघको चरणबद्ध आन्दोलन

    काठमाडौं । शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्कको विरुद्व नेपाल विद्यार्थी संघलेले चरणबद्व आन्दोलन गर्ने घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिक्षण संस्थाहरुले शुल्क वृद्धि कुन कलेजले के–को आधारमा बढाईएको हो ? तथ्याङ्कसहित कलेजहरुको भण्डाफोर गर्ने जनाएको छ । यस्तो छ आन्दोलका कार्यक्रमः  श्रावण ६ गते शिक्षा मन्त्रीलाई ज्ञापनपत्र, श्रावण ८ गते विज्ञहरुसँग अन्तरक्रिय ... read more...

  • धनगढी बिस्फोटनका घाइते सिंहको मृत्यु, मृतक आफैले बम बोकेको आशंका

    कैलाली । धनगढी बिस्फोटनमा परी गम्भिर घाइते भएका राम सिंहको मृत्यु भएको छ । विस्फोटपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा पुर्याइएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । प्रहरीले मृतक सिंहले नै बोकेको बम बिस्फोट भएको आशंका गरेको छ । बिस्फोटमा परी घाईते भएकाहरुको अहिले उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले जनाए । बिहिबार साँझ भएको ... read more...

  • कारको डिक्कीमा लागूऔषधः चालकसहित ४ जना समातिए

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर-१७ बस्ने २१ बर्षीय रमेश लामिछाने कार चालक, पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका-४ बस्ने बर्ष ४२ को प्रेम दास, पर्सा सुखुवाप्रसौनी गाउँपालिका वडा नम्बर-६ बस्ने बर्ष ३५ को राजेश खवास र सर्लाही लालबन्दी-१७ का २० बर्षीय डम्मरमणी घिमिरे रहेका छन् । उनी ... read more...

  • भारतीय 'सुपारी किलर' मगाएर आफ्नै श्रीमतीको हत्या, यसरी समातिए हत्यारा

    पोखरा । आफ्नै श्रीमतीको हत्या गरी जंगलमा फाल्ने घटनाका मुख्य योजनाकार अर्थात मृतक महिलाका श्रीमानसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । मकवानपुर घर भई हाल पोखरा महानगरपालिका-१० रामबजारमा मोवाइल पसल गरी बस्ने मृतक महिलाका श्रीमान ३५ बर्षीय रमेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै पत्नी २८ बर्षीया लक्ष्मी नेपालीलाई असार १ गते भारतबाट 'सुपारी किलर' झिकाएर हत्या गर्न लगाएक ... read more...

  • अवैध हातहतियारसहित राई र लिम्बु समातिए

    ईलाम । जिल्ला प्रहरी कार्यालय ईलामले हतियारसहित दुई जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा ईलामको सन्दकपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय रामकुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बु रहेका छन् । उनीहरुलाई ३ नाल भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालयत इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ईलाम नगरपालिका-३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त सहित लु ... read more...

  • उता किक्रेट खेल, यता अवैध सट्टेबाजी

    पर्सा । उता विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत इंग्ल्याण्ड न्यूजील्याण्डबीच निकै रमाइलो फाइनल खेल चलिरहेको थियो । आइतबार यता वीरगञ्ज महानगरपालिका वडा नम्बर-८ स्थित भने प्रतियोगिता कसले हार्छ र जित्छ  ? भन्ने बोलकबोल चलिरहेको थियो । यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्सालाई क्रिकेटको सट्टाबाजी चलिरहेको सूचना आइपुग्छ । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट एउटा टोली तत्काल घटनास्थल पुगेर दुई जनालाई ... read more...

  • सप्तकोशी बाँधको ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्न सुरु

    इटहरी । भारतीय दबाबका बाबजुद अन्नतः सप्तकोशी बाँधको ५६ वटै ढोका शनिबार रातिबाट खोलिएको छ । सप्त कोशीमा बाँधमा अहिलेसम्मकै पानीको उच्च अर्थात बहाव तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव देखिएपछि सवै ढोका खोलिएको हो । उच्च पानीको बहावका कारण बाँधनै जोखिममा पर्ने देखिएपछि बाँधको ५६ वटै ढोका खोल्नुपरेको त्यहाँ कार्यारत प्रहरी निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । जबकि यो बाँधको आयु ५० ... read more...

  • अविरल बर्षाको वितण्डाः ३२ जनाको मृत्यु, पूर्वमा थप खतरा बढ्दै

    काठमाडौं । केही दिन यतादेखि निरन्तर परिरहेको बर्षाका कारण शनिबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी दुई दर्जन बढी बेपत्ता तथा २६ जना घाइते भएका छन् । केन्द्रले दिएको सूचना अनुसार बाढी पहिरोमा परी ललितपुरमा मात्र ६ जनाको मृत्यु भएको छ । त्यसैगरी, भोजपुर जिल्लामा ५ जनाको मृत्यु भएको छ ... read more...

  • 'सरकारले बाढी-पहिरो पीडितलाई विशेष राहत प्याकेजको घोषणा गर्छ'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी-पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले केन्द्रिय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’ सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको ... read more...

  • मृत्यु हुनेको संख्या २६ पुग्यो, आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । अविरल बर्षाका कारण आएको बाढी, पहिरोमा परेर मर्नेको संख्या दुई दर्जन बढी पुगेको नेपाल प्रहरीको पछिल्लो तथ्यांकले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म मर्नेको संख्या २६ पुगेको छ भने १५ जना हराइरहेका छन् । नेपाल प्रहरीको सार्वजनिक गरेको यो तथ्यांक शनिबार विहान १० बजेसम्मको हो । प्रहरीको सार्वजनिक गरेको तथ्यांक अनुसार खोटाङ, काठमाडौं, ललितपुर र काभ्रे प्रत्येक जिल्लामा ३-३ जना, मकवानपु ... read more...

  • आठ लाख काण्ड सेलाउन नपाउँदै ४ लाख घुससहित डीएफओ पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको २४ घण्टा नवित्दै अर्का सरकारी कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख वन अधिकृत (डीएफओं) भक्तबहादुर लामा रहेको अख्तियारले जनाएको छ । डीएफओ लामालाई अख्तियारले सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिँदै ... read more...

  • ओलीले माफी मागे, 'नियत कि भूलवस त्यसो गरियो छानविन हुन्छ'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतासामु पहिलो पटक सार्वजनिक रुपमै माफी मागेका छन् । विषादी प्रकरणमा उनले माफी मागेका हुन् । उनले आफूलाई पनि झुक्याइएको भन्दै नियतवस वा भुलवस त्यसो गरियो ? छानविन थालेको बताएका छन् । भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराइएको कारण आफू नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै त्यसका उनले माफी मागेका हुन् । भारतीय दूता ... read more...

  • भोजपुर भीडन्तः एकछिन अघि सँगै चियापान, पछि गोली हानाहान

    भोजपुर । सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए । प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दि ... read more...

  • प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुई जनाको मृत्यु

    भोजपुर । भोजपुर सदरमुकाममा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । उक्त गोली हानाहानमा एक जना प्रहरी र एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । उक्त घटनामा प्रहरी जवान सञ्जीव राई र विप्लव जिल्ला नेता नीरकुमार राईको मृत्यु भएको  छ । भोजपुर हटियाबजारको पानधारे होटल अगाडि ड्युटीमा रहेका प्रहरी जवान राई र विप्लव कार्यकर्ता राईबीच दोहोरो गोली हानाहान भएको हो । प्रह ... read more...

  • ओखलढुङ्गाको मानेभञ्ज्याङमा बस दुर्घटना, तीनको मृत्यु, डेढ दर्जन घाइते

    ओखलढुंगा । आज एकाविहानै (करिब ३ बजे) ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा दुर्घटना बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर डेढ दर्जन ब्यक्ति घाइते भएका छन् । दुर्घटनामा परेको मे १ ख १८९१ नम्बरको बस काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको थियो । सोही बस आज विहान सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा दुर्घटना भएको हो । दुर्घटनामा दुुई पुरुष र ए ... read more...

  • सौतनी आमालाई दाउराले हानेर हत्या, हत्याका अभियुक्त छिनमै पक्राउ

    पर्सा । आफ्नै कान्छी आमालाई धारिलो हतियार प्रहार गर्ने गुड्डु यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित बस्ने भुलन यादका छोरा बर्ष १८ को गुड्डुले आफ्नै सौतनी आमा अर्थात कान्छी आमालाई आज धारिलो हतियार दाउराले हानेर हत्या गरी फरार भएका थिए । प्रहरीले सूचना पाउने वित्तिकै घटनास्थल पुगेर हत्यापछि फरार भएका गुड्डुलाई तत्काल पक्राउ गरी ... read more...

  • अनेमकी सोडारीको अडियो सुनेपछि बालुवाटारमा खैलाबैला

    अनेमकी सोडारीको अडियो सुनेपछि बालुवाटारमा खैलाबैला काठमाडौं । पश्चिमतिर चलेको भाषा रहेछ ‘जोई पोई’ । साधारण व्यक्तिले मात्र होइन, नेता कार्यकर्ताले पनि यो भाषाको अचाक्ली प्रयोग गर्ने गरेका छन् । यो एउटा अडियोमा नेकपा आवद्ध स्थानिय नेतृको भाषाले पुष्टि गर्छ । जुन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुनिसकेका छन् । अखिल नेपाल महिला (अनेम) संघ कैलालीकी अध्यक्ष गीता दिर्घ सोडारीले अश्लिल गाल ... read more...

  • ल्यापटप, आइप्याड र मोबाइल धरौटी राखेर आगूऔषध

    ललितपुर । ललितपुर उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि आगूऔषध कारोबारी सम्वन्धी नयाँ रहस्य खुलेको छ । त्यो हो-लागूओषधका कारोबारीहरुले राजधानीमा आफ्नो अवैध लागूऔषधको धन्दा अर्थात सञ्जाल विस्तार गर्न कूलतमा लागेका युवायुवतीको मोबाइल, ल्यापटप, आईप्याड, पावरबैंकजस्ता सामान धरौटी राखेर लागूऔषध दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शुक्रबार ... read more...

  • श्रीमती फौजिया माननीय, श्रीमान खाँ जघज्य अपराधमा 'मोष्ट वान्टेड'

    काठमाडौं । आठ व्यक्तिको हत्या, अपहरण र डकैतीमा अदालतबाट १ सय १७ वर्षको जेल सजाय पाएर फरार रहँदै आएका कपिलवस्तु मायादेवी गाउँपालिकाका नसिम खाँ मुसलमान शनिबार पक्राउ परे । नेकपाका संगठित सदस्य जाबेद बादशाह उपनामका मुसलमान राजनीतिकै आडमा जोगिँदै आएका थिए । कपिलवस्तुमा व्यक्ति हत्यासहित लुटपाट र अपहरणका घटनाका अपराधीका रूपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। उनी राजधानीको बानेश्वरबाट ... read more...