• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • काँग्रेसका नेता घिमिरे ओलीलाई ५ बर्ष नै चलाउन दिनुपर्ने पक्षमा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक जना केन्द्रीयले बर्तमान सरकारलाई जनताले दिएको मान्डेट अनुसार नै काम गर्न दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका सभापतिदेखि अधिकांश केन्द्रीय नेताहरुले प्रधानमन्त्री केपी ओली नेतृत्व सरकार नालायक भएको ढाल्ने चेतावनी दिइरहेका बेला केन्द्रीय सदस्य श्याम घिमिरेले भने वर्तमान सरकारलाई नै पाँच वर्ष चलाउन दिनुपर्ने धारणा राखेका छन् । राजधानीमा भएको ए ... read more...

  • प्रदेश नम्बर-५ मा चिनियाँ प्रभाव बढ्दा भारतलाई चिन्ता

    बुटवल । नेपालमा चीनको प्रभाव बढ्दै गएको खबर सार्वजनिक भइरहेका बेला दुई जना मुख्यमन्त्रीहरू चीनमा डेरा जमाएर बसेका छन् । दलबलसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीन पुगेका छन् । उनीहरूको टोलीमा मेयर, नेकपा निकटका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरू समेत छन् । चीनले फुटको संघारमा पुगेको सिचुवान प्रान्तमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई घुमाएको छ । पो ... read more...

  • राजधानीबाटै समातिए पाकिस्तानी नामुद दुई चोर, सावधान !

    काठमाडौं । नेपालीभूमीमा पहिलो पटक विदेशी चोर पक्राउ परेका छन् । त्यो पनि सुन, चाँदी, गरगहना वा लत्ताकपडा नभई डलर चोरी गरेको अभियोगमा पाकिस्तानी दुई चोरलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाकिस्तान इस्लामावादका ३२ बर्षीय मोहसिन खान र ३१ बर्षीया पूजा मोहसिन खान रहेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर-२३, झोँछेस्थित राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको ... read more...

  • रक्सी काण्डमा मुछिए एसपी रावल: मुख्यालयले थाल्यो छानविन

    गोर्खा । रक्सी काण्डमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी भोला रावल विवादमा तानिएका छन् । उक्त काण्डको छानविन थालिएको छ भने उनलाई जिम्मेवारीबाट हटाउने संभावना बढेको छ । एसपी रावलले गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद शर्मा घिमिरेलाई नै मदिरामा मात्तिएर फोनबाट मनपरि गालीगलौज गरेपछि यो काण्ड बाहिर आएको हो । डिआइजी शर्मा घिमिरेले प्रदेश प्रहरी कार्यालयमा गोर्खाका एसप ... read more...

  • मनाङ ‘ख’ का स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ मनाङे नेकपामा प्रवेश

    कास्की । चर्चित पूर्व डन अर्थात गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे विहिबार नेकपा पार्टीमा प्रवेश गरेका छन् । कहिले राप्रपा, कहिले राजावादी त कहिले माओवादी हुँदै सांसद बनेपछि भने उनी नेकपामा प्रवेश गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार पोखरास्थिति नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच टीका, खादा लगाएर पार्टीमा प्रवे ... read more...

  • १० जना समातिए: 'विचौलीया' सफाई अभियानमा पर्सा प्रहरी

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले विचौलीयाको काम गरी सर्वसाधारणलाई ठग्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनयकुमार गुप्ता, शिव शम्भु यादव र श्यामसुन्दर साह रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विरगञ्ज महानगरपालिका वडा नम्बर-१३ स्थित रहेको यातायात ब्यवस्था कार्यालय, विरगञ्जको सवारी शाखाबाट पक्राउ गरेको हो । उनीहरुले कार्यालयमा लाग्ने रकम भन्दा बढी रकम ... read more...

  • 'प्रधानमन्त्री र मन्त्री फेर्न जरुरी छैन, पाँच वर्ष पूरा गर्न दिनुपर्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’ खड्काले वर्तमान सरकारसँग पाँच ... read more...

  • एक नियन्त्रणमा, सिसुवाखोला हेयाङलामा विप्लवका लडाकु खोज्दै प्रहरी

    संखुवासभा । संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व (नेकपा) विच गोली हानाहान भएको घटना सार्वजनिक भएलगत्तै उक्त क्षेत्रमा अहिले करिब १ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लवका कार्यकर्ता नियन्त्रण लिने उदेश्यले काठमाडौंबाट आएको नेपाली सेनाका दुई र ईटहरीबाट आएको एक हेलिकोप्टर १ः१० बजे घटनास्थल नजिक अवतरण गरेका थिए । जसमा थप मद्दत पठाइएको थियो । बिहान संखुवासभाको सिलिचोङ गाउँपालिका-१ को ... read more...

  • सहनवादलाई बचाउन खोज्दा थप ३ जनाको ज्यान गयो

    मोरङ । सुनबर्षी नगरपालिका वडा नम्बर ९ स्थित एक मस्जिदको कम्पायण्डमा निर्माणाधिन सेफ्टी ट्यांकीमामा छिरेका एक जना ट्यांकीभित्र वेहोस भएपछि एकपछि अर्को गर्दै बचाउन जाने अन्य तीन जनाको पनि मृत्यु भएको छ । शनिबार ३ः३० बजे भएको उक्त घटनाका बारेमा प्रहरी चौकी डायनिया र ईलाका प्रहरी कार्यालय रंगेली र स्थानियबासीले जानकारी पाउनेवित्तिकै तत्काल चिकित्सकसहितको टोली पुगेर उद्दार गरिएको थियो । ट्यांकीभित्र वे ... read more...

  • डरलाग्दो कार दुर्घटना: ईन्जिन नै निस्कियो तर सवै सकुशल

    काठमाडौं । राजधानीस्थित जमलको ज्योती भवन अगाडि एकाविहानै कार दुर्घटना परेको छ । विहान करिब ६ बजे भएको उक्त कार दुर्घटनामा कारको इन्जिन नै बाहिर निस्किएको छ । बा ११ च ३६०४ नम्बरको उक्त कार के कति कारणले दुर्घटनामा पर्यो ? त्यसको कारण भने खुलेको छैन । इन्जिन निस्किएको कार सडकको रेलिङ भाँच्दै केही पर पुगेर उत्तानो परेको थियो । इन्जिन नै टुक्राटुुक्रा हुने गरी बाहिर निक्लिदा पनि कुनै मानविय क्षति ... read more...

  • भदौ १ को अल्टिमेटम: माग पुरा नगरे सिसडोल डम्पिङ सदाका लागि बन्द

    काठमाडौं । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नभएको भन्दै संघर्षमा उत्रने चेतावनी दिएको छ । समितिले सिसडोलस्थित फोहोरको दुर्गन्ध सधैंका लागि बन्द गर्नुपर्ने तथा डम्पिङबाट सिर्जित समस्याहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तत्काल व्यवस्थापन गर्नुपर्ने माग अघि सारेको छ ।  जायज माग समयमै सम्बोधन नभए जस्तोसुकै कदम चाल्न पनि ... read more...

  • कार्यालय प्रमुख श्रीवास्तव पक्राउ, दुई लाख घुस घामलको बोराबाट बरामद

    कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले श्रीवास्तवले सेवाग्राहीबाट लिएको दुई लाख घूसबापतको रकम समेत बरामद गरेको छ । अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो । अख्तियारका अनुसार उनले भीमदत्त नगरपालिकामा निर्मित चौधर नदीको तटबन्ध निर्माण भुक्त ... read more...

  • 'फ्रि तिब्बत' को वकालत र समर्थन गर्ने सांसद यादव निलम्वित

    काठमाडौं । जतिबेला सामाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव यूरोपेली मुलुक लाटभियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ नामक कार्यक्रममा सहभागि भएको खबर सार्वजनिक भयो । त्यतिबेला नै खबर फैलिएसँगै छिमेकी मुलुक चीनले परराष्ट्र मन्त्रालय र समाजवादी पार्टीका शीर्ष नेतामार्फत असन्तुष्टि जाहेर गरिसकेको थियो । चीनले उक्त घटनालाई कूटनीतिकमा नै चासो ... read more...

  • उता बोले योगी, यता तर्सिए ढोंगी

    काठमाडौं । धार्मिक संख्याका आधारमा नेपालमा बहुसंख्यक हिन्दू धर्मावलम्बी छन् । त्यसपछि बौद्ध धर्म र मुस्लिम समुदाय छन् । अनिमात्र क्रिश्चियनको संख्या गणनामा आउँछ । नेपाल हिन्दू राज्य हुनुपर्छ भन्दा अरुलाई चस्का पस्दैन, बरु क्रिश्चियनको मुटु फुट्छ । यस्तै भएको छ, अहिले नेपालमा । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री अजयसिंह विष्ट उर्फ योगी आदित्यनाथले नेपाल हिन्दु राज्य बन्नुपर्ने र सवा दुई करोड ... read more...

  • 'पत्रकारको नाममा 'आतंकाकारी' लाई तुरुन्त कारबाही गरियोस्'

    काठमाडौं । सञ्चारकर्मी योगेशकुमार खपाङ्गीले दश घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा कालभैरवको फोटोसहित स्टाटस लेखे-'चाहे काठमाडौंका भए भरका रैथाने एक किन नहुन्, हिन्दू मन्दिरलाई कुनै हालतमा सम्पदा मानिदैन । यी भेदभाव, अन्याय र अन्धविश्वासका प्रतीक हुन् । म दुई तिहाइ बहुमत प्राप्त सरकार प्रमुख भएको भए बम पड्काएर मटियामेट पार्दिन्थे । कुरा भनेको साफ !' त्यसपछि समाजमा द्धन्द्ध मच्चाउने, उदण्ड तथा भड्काउ ... read more...

  • राष्ट्रिय 'पाककला' प्रतियोगितामा सुनसरी नेपाली उत्कृष्ट

    पोखरा । नेपालमै पहिलो पटक आयोजना गरीएको राष्ट्रिय पाककला प्रतियोगिता शुक्रबार पोखरामा सम्पन्न भएको छ । शुक्रबार साँझ पोखरा ग्राण्डमा १४ जना बिच भएको फाइनल चरणमा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भएकी छिन् । नेपालीले २ सय ४१.५ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । विजेता नेपालीले उपाधिको साथमा नगद एक लाख रुपैया पुरस्कार प्राप्त गरेकी छिन् । प्रदेश नम्बर ३ कै रमेश थापाले दोश्रो स्थान ... read more...

  • अन्नपूर्ण गाउँपालिकाका विकास योजना अनुगमन

    पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको जिल्ला समन्वय समितिको एक टोलीले स्थलगत अनुगमन गरेको छ । टोलीले संङघ, प्रदेश र स्थानीय सरकारबाट आर्थिक बर्ष २०७५।०७६ मा बजेट विनियोजन गरि निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्म एक दर्जनभन्दा बढी विकास निर्माण योजनाको अनुगमन गरेको हो । सो अवसरमा नाउँडाँडा, अधिकारीडाँडा हुँदै कार्कीतहरा सडक, नागडाँडा सेराचौ ... read more...

  • मानव सेवा आश्रममा एसओएस आमा समूहको सहयोग

    पोखरा । समाजका असहाय, अपाङ्ग एवम् मनोरोगीको उद्धारका साथै पालनपोषण गर्दै आएको मानव सेवा आश्रमलाई एसओएस आमा समूह राम बजारले आर्थिक सहयोग गरेको छ । एसओएस बालग्रामका स्थापक डा. हर्मनमाईनको सयौं जन्म दिवस एवम् बालग्रामको ७० औं स्थापना दिवसको अवसरमा आश्रमका बुबाआमालाई समूहले एक छाक खाना बराबरको १७ हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेको हो । पोखरा १५ रामबजारस्थित एओएस बालग्राम गण्डकीमा कार्यरत २५ जना आम ... read more...

  • गुठी विद्येयक विरुद्ध राजधानीबासी आज ११ बजे मण्डलामा उत्रदै

    काठमाडौं । सरकाले जनआक्रोश थेग्न नसकेपछि गुठी विद्येयक फिर्ता लिएको घोषणा गर्यो । तर पनि त्यसका विरुद्धमा आन्दोलन जारी रेहेको अभियन्ता पवित्र बज्राचार्यले पत्रकार सम्मेलन गरेरै मंगलबार जानकारी दिए । उनले विद्येयक फिर्ता होइन, अब खारेजी गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने बताए । हुन पनि काठमाडौंबासीलाई होच्याउने, तुच्छ बोलीले गाली गर्ने सरकारका मन्त्री र प्रधानमन्त्रीकै कारण आन्दोलन भड्किएको हो । ... read more...

  • देउवासँग लाभ, कोइरालासँग विलाप

    काठमाडौं । नेपाली कांग्रेसभित्र लाभ र विलापको राजनीति गर्ने एक जना डाक्टर छन्–गोविन्द पोखरेल । प्युठान जिल्लाबाट प्रतिनिधिसभाको टिकट लिनका लागि सभापति शेरबहादुर देउवाको दैलो धाउन कुनै कसर बाँकी नराखेका पोखरेल आजभोली कोइराला परिवारका सदस्यसँग विलाप गर्न थालेका छन् । कांग्रेसको सरकार हुँदा लिनुसम्म मुनाफा लिएका पोखरेल तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमु ... read more...