• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • प्रतिमृतक परिवारलाई ३ लाख राहत, घाइतेलाई निःशुल्क उपचार

    पर्सा । दुई नम्बर प्रदेश सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेपछि पहिलो पटक पीडित सर्वसाधारणले प्रदेश सरकार भएको अनुभव गरेका छन् । आज वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका घाइतेलाई हेर्न पुगेका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी गराएका थिए । उनले घाइतेहरुसँग कुराकानी गर्दै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व ... read more...

  • आइतबार साँझ आएको हावाहुरीबाट बारा-पर्सामा २७ जनाको मृत्यु

    वीरगञ्ज । आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बार ... read more...

  • गोली प्रहारबाट पुरीको हत्या

    तौलिहवा । कपिलवस्तुको कृष्णनगर नगरपालिका-१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर ... read more...

  • प्रदेश २ को विकासमा इन्जिनियरहरूको चासो

    जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक ममिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले इन्जिनियरहरू विकासको मेरुदण्ड भएको बताएका छन्। जनकपुरमा आयोजित वर्कशप क्वालिटी कन्सट्रक्सन समारोहमा उनले भने, ‘इन्जिनियरहरूलाई मैले विकास निर्माणको ब्याक बोन मानेको छु । कुनै पनि विकासमा कुशल इन्जिनियरको महत्वपूर्ण हात रहन्छ।’ कार्यक्रममा विकास निर्माणमा हुने क्वालिटीबारे व्यापक छलफल भएकोे थियो। मन्त्री ... read more...

  • धनुषाका डन 'टक्ला' सहित ७ जनालाई जम्मकैदको सजाय

    धनुषा । जनकपुर बम विस्फोटका मुख्य योजनाकार पूर्वराज्यमन्त्री संजयकुमार साह 'टक्ला' सहित ७ जनालाई जन्मकैदको सजाय भएको छ । पाँच जनाको ज्यान जाने गरी भएको उक्त विस्फोटमा 'टक्ला' प्रमुख योजनाकार थिए । उनीसहित मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई पनि जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको हो । सोही काण्डमा पक्राउ परेका ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपे ... read more...

  • बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

    गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद ... read more...

  • प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच जना समातिए

    कञ्चनपुर । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । 'गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले ... read more...

  • 'राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाटै सेना परिचालन हुन्छ'

    विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रति ... read more...

  • दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या, कारण खोतल्दै प्रहरी

    गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका-४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका-९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका हुन् । साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर ... read more...

  • फूलबारीबाट २ लाख ९८ हजार रुपैयाँसहित सात जुवाडे समातिए

    साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट २ लाख ९८ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्प ... read more...

  • 'सांसद कोष' दुरुपयोग गरेको भन्दै पूर्व कानुनमन्त्री तामाङ विरुद्ध मुद्दा

    काठमाडौैं । पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले सांसद पूर्वाधार विकास कोषको रकम दुरुपयोग गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएपछि कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालतका न्यायाधीश नरेन्द्रकुमार सिवाकोटीको एकल इजलासले मुद्दाको सुनवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो । उच्च अदालत पाटनले पूर्व कानुनमन्त्री तामाङलाई चैत ११ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्ब ... read more...

  • विप्लव माओवादीमा पहिरो, विश्वासिला नेता ओली नै समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र ... read more...

  • प्रधानमन्त्रीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण

    बुटवल । द्रुत गतिमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् । रुपन्देहीको भैरहवास्थित निर्माणाधिन उक्त विमानस्थल बहुप्रतिक्षित योजना हो । अवलोकनका क्रममा विमानस्थलको कार्यप्रगतिबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले निर्माण कार्यलाई तीब्र बनाउन निर्देशन दिए । सो विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनको ... read more...

  • १७ दिनपछि अपहरणमुक्त, यसरी समातिए दुई अपहरणकारी

    गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका-८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका-८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । फागुन २२ गत ... read more...

  • तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

    जनकपुरधाम । समानता र निष्छलताको पर्व होली तराई-मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइन ... read more...

  • एक दिने दन्त शिविर सम्पन्न: दुई सयले लाभ लिए

    जनकपुर । विश्व मुख दिवसको अवसर पारेर भएको एक दिने दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । द डेण्टल होमका सञ्चालक डा. सञ्जन ठाकुरको नेतृत्वमा भएको उक्त कार्यक्रममा विशेष अतितिका रुपमा प्रदेश नम्बर-२ का सुरक्षा सल्लाहकार विजयलाल कायस्थ र अतिथिका रुपमा विद्यालयका प्रधानाध्यापक श्याम साहको उपस्थिति थियो । उक्त शिविरबाट दुई सय बढीले सेवा-सुविधा लिएको आयोजकले जनाएको छ । कार्यक्रममा ब्रसिङ सिद्धान्तको ... read more...

  • ज्ञानेन्द्र गतिः 'पहाड-मधेशमा सोचेभन्दा बढी लोकप्रिय'

    काठमाडौं । आगामी दुईमहिनाभित्र भारतमा नयाँ सरकारका लागि लोक सभाको चुनाव सकिनासाथ नेपालमा राजतन्त्र र हिन्दु धर्म स्थापनाको निर्णायक आन्दोलनको तयारी भएको छ । राजसंस्था र हिन्दु धर्मको रुझान बुझ्नका लागि पूर्वराजाको देशाटन भएको थियो । उनी केही समयअघि पोखराको भ्रमण सकी मधेस भ्रमणमा निस्किएका थिए । सो भ्रमण पनि उनले सकेका छन् । यस्तै, राजतन्त्र र हिन्दु धर्म स्थापनका लागि राप्रपा कमल थापा, राप्रपा संय ... read more...

  • विखण्डनकारी राउतले गरे नयाँ पार्टी गठन, पार्टीको नाम 'जनमत'

    लहान, सिराहा । स्वतन्त्र मभेश गठबन्धनका संयोजक सीके राउत र सरकारबीच ११ बूँदे सहमति भएपछि एकाएक चर्चामा आएका राउतले नयाँ पार्टी गठन गरेका छन् । विखण्डनकारी गतिविधि छाडेर राजनीतिमा आएका राउतले गठन गरेको पार्टीको नाम जनमत राखिएको छ । दुई दिनदेखि सिरहाको लाहनमा चलिरहेको केन्द्रिय परिषद्को बैठकले नयाँ पार्टी गठन गरेको हो । बैठकले ३५ सदस्यीय कार्य समिति पनि गठनगरेको छ । बैठकमा विभिन्न जिल्लाबाट आएका १५० ... read more...

  • 'लाल' आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न राजपाको माग

    काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसदले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक आज चौथोपटक अवरोध पुगेको छ । राजपाले तराई-मधेशमा आन्दोलनका क्रममा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अवरोध गरेका हुन् । यसअघि पनि सोही माग राख्दै उनीहरुले विरोध गरेपछि तीन वटा बैठक प्रभावित भइसकेको थियो । बैठक सु ... read more...

  • 'दिलबहादुर स्मृति' अक्षयकोष स्थापना, एकैदिन लाखौं उठ्यो

    सिन्धुपाल्चोक । नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाले यस बर्षको नियमित घुम्ती बैठक सकाएको छ । स्थानीय निर्वाचनपछि गरिएको उक्त नियमित घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रम हरेक महिनाको पहिलो शनिबार गर्ने गरिएको थियो । १२ वडा रहेको इन्द्रावती गाउँपालिकामा शनिबार घुम्ती बैठक कार्यक्रम सम्पन्न भएको हो । घुम्ती बैठकमा शहीद दिलबहादुर दनुवारको सम्झनामा 'दिलबहादुर स्मृति' अक्षयकोष स्थापना गरिएको छ । शही ... read more...