• +977 9841468702
  • info@cpostnews.com

प्रदेश

  • ‘फोरमसँग एकता हुनको लागि उपेन्द्र यादव सडकमा आउनुपर्छ’

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको ... read more...

  • बसपार्क निर्माणमा ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सको चरम लापरबाही

    बाँके । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ म ... read more...

  • ३६ लाख घुससहित शहरी बिकास कार्यालयका इन्जिनियर समातिए

    बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर ठाकुरलाई ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए । नगद १२ लाख पचास हजार र २४ लाखको बैंक भौचरसहित प ... read more...

  • लुम्बिनी विकास कोषमा मन्त्रीको स्वार्थले ओलीको सचिवालय चकित

    काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिव पदका लागि बद्नाम व्यक्तिहरुको दौडधुप शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले क्याबिनेटमार्फत हटाएका निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सोही पदमा पुनःनियुक्तिका लागि चलखेल शुरु गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पर्यटन, नागरिक तथा उडड्यनमन्त्री जितेन्द्र देवको पालामा त्रिपाठीले उपाध्यक्षमा निय ... read more...

  • आत्मरक्षा भन्दै प्रहरीले छाड्यो १० राउण्ड हवाईफाएर र अश्रुग्यास

    चितवन । भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीनपाङ्ग्रे सवारी साधन चालकहरु ढुंगामुढामा उत्रिएपछि दुई पक्षबीच झडप भएको हो । सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका ... read more...

  • प्रधानाध्यापकले नै बालिकाहरुलाई अप्राकृतिक मैथुन गराएपछि...

    पर्वत । बालबालिकालाई जवरजस्ती अप्राकृतिक मैथुन गराउने प्राधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जवरजस्ती करणीको आरोपमा पर्वतको फलेवास नगरपालिका वडा नम्वर-६ स्थित रहेको माझीगाउ प्राविका प्राधानाध्यापक खिलप्रसाद पौडेललाई पक्राउ गरेको हो । ५१ बर्षीय पौडेलमाथि माझीगाउ प्राविमा अध्ययनरत ३ जना (७-१२ बर्ष विचका वालिका ) तथा अर्को विद्यालयमा अध्ययनरत सोहि उमेरकी अर्की एक जना बालिकालाई अप्राकृति ... read more...

  • गाउँपालिकाका शाहसी अध्यक्ष, ४५ विघा सरकारी जग्गा फिर्ता

    सर्लाही । चन्द्रनगर गाउँपालिकामा भइरहेको विकासको कार्यलाई विपक्षीहरुले रोकेपछि गाउँपालिकाको सर्मथनमा शनिवार हजारौं किसानहरुले प्रदर्शन गरेका छन् । गाउँपालिकामा रहेको ऐलानी जग्गा गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबै पार्टी सम्मिलित समिति गठन गरी अमिन समेतलाई राखेर छुट्याउन थालेपछि विरोधीले विरोध गर्दे आएका थिए । तर शनिवार हजारौ किसान तथा सर्वसधारणहरुले गाउँपालिकाका अध्यक्षको पक्षमा प्रदर्शन गरेका ... read more...

  • दमनको कडा रुपमा निन्दा, भोली ७७ जिल्लामै तरुण दलको प्रर्दशन

    काठमाडौं । शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली काँग्रेसले कडा रुपमा निन्दा गरेको छ । नेपाल तरुण दलको नेतृत्वमा मार्इतिघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि प्रहरीले एकाएक गरेको आक्रमणको काँग्रेसले विरोध जनाएको हो । प्रहरीको आक्रमणमा परी नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवा ... read more...

  • टेण्डर हत्याउन नसकेपछि ठेकेदारहरु नै उत्रिए ढुङ्गा मुडामा, ५ जना घाईते

    सिन्धुपाल्चोक । मध्य भोटेकोशी हाइड्रोपावरमा टेण्डर दर्ता गर्ने क्रममा झडप भएको छ । करिब ४ करोड बराबर टेण्डरको फारम बुझाउने अन्तिमा मिति आज थियो । बामपन्थी निकट मानिएका ठेकेदारहरुले एकलौटी गर्दै लोकतान्त्रिक ठेकेदारहरुमाथि आक्रमणमा उत्रिएपछि टेण्डर प्रक्रिया नै स्थगित भएको छ । मध्य भोटेकोशी हाइड्रोपावरले बाह्रबिसे नगरपालिका खोराङमा टेण्डर फारम दर्ता गर्न आज अन्तिम मिति तोकेको थियो । एकलौटी गर्न नसक ... read more...

  • सट्टेबाजी धन्दा चलाउने नथमल अग्रवाल उर्फ 'नागराज' जेल चलान

    काठमाडौं । र्इण्डियन प्रिमियर लिग आईपीएल खेलमा सट्टेबाजीको धन्दा चलाउने नथमल अग्रवाल उर्फ 'नागराज' जेल चलान भएका छन् । उनलाई जिल्ला अदालतको काठमाडौंले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । विश्वभर हुने क्रिकेट, फुटबलजस्ता ठूला-ठूला प्रतियोगितामा नेपालमै बसेर अवैध बुकीको धन्दा चलाउने नागराजलाई पीडितहरुले उजुरी गरेपपछि महानगरीय अपराध महाशाखाको टोलीले तीन हप्ताअघि पक्राउ गरेको थियो । नागराजले ... read more...

  • विद्यालयको पक्की भवन भाडामा, विद्यार्थीको पठनपाठन टहरामा

      दोलखा । 'मान्छेमा लोभ, लालच र मोह' जागेपछि के हुन्न र ? त्यसैको उदाहरण यतिखेर दोलखाको मेलुङस्थित रहेको एक विद्यालयमा देखिएको छ । विद्यालयका प्रधानाध्यापक, ब्यवस्थापन समितिका अध्यक्ष र स्थानीय जनप्रतिनिधिले विद्यालयका विद्यार्थीलाई टहरामा राख्दै आफ्नो भवन बैंकलाई भाडामा लगाएका छन् । महाभूकम्पपछि भत्किएको विद्यालय पुर्ननिर्माणपछि विद्यार्थीहरुलाई टहरामै राखेर पक्की भवन सानिमा बैंकलाई भाडामा ल ... read more...

  • ६ दिनदेखि बेपत्ता युवतीको अम्खैया खोला नजिक लास फेला

    कञ्चनपुर । ६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुर कृष्णपुर नगरपालिका-८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्पर्कमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए । खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्य ... read more...

  • खुला सिमानाको फाइदा उठाउँदै सिर्सिया नाकाबाट दालको तस्करी

    वीरगञ्ज । नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दालको आयातमा समे ... read more...

  • सलमानको नाममा करोडौं ठगीः नेपाल ल्याउन नपाउँदै गुरुङ समातिए

    काठमाडौं । ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै टिकट विक्री गरी करोडौं ठगी गरेको गुरुङमाथि प्रहरीले आरोप लगाएको छ । गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो । महाशाखाका अनुसार सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै पाँच हजारभन्दा बढी टिकट विक्री गरे ... read more...

  • बाजुरामा ४ रिक्टरको भूकम्प

    बाजुरा । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।  ... read more...

  • स्वतन्त्रता सेनानी पुरस्कारबाट दाहाल सम्मानित

    पाँचथर । यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले फिदिममा आयोजना गरेको समारोहमा दाहाललाई सो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि २२ हजार २२२ तथा सम्मान पत्र रहेको छ । पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पुर्याउने पत्रकारहरुमध्ये महासंघ पाँचथ ... read more...

  • सुनसहित फरार तेम्बो कोरियामा, खोजी गर्दै चिनियाँ नागरिक लिस्तीमा

    सिन्धुपाल्चोक । ३३ केजी सुन काण्डले मुलुक तातिरहेको बेला ०७१ सालमा १३ केजी सुन गायब बनाउने मान्छे खोज्दै चिनियाँ नागरिक सिन्धुपाल्चोकको लिस्ती आएका छन् । सुन तस्करीमा संलग्न हुँदै आएको लिस्तीका तेम्बो लामा यतिखेर चिनिँया नागरिकको सर्वाधिक खोजी सूचीमा परेका हुन् । सुनमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको सुन गायब बनाएर फरार भएपछि चिनियाँ नागरिकले उनलाई ब्यापक खोजी गर्दै आएका छन् । लामा ... read more...

  • सम्मरीमाई गाउँपालिका अध्यक्षद्धारा पत्रकार चौधरीलाई ज्यानमार्ने धम्की

    रुपन्देही । सञ्चारकर्मी तथा सूचनाको अधिकारकर्मी राम विकास चौधरीलाई सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले ज्यानमार्ने धम्की दिएका छन् । भ्रष्टाचारका विषयमा समाचार लेख्दै आएका सञ्चारकर्मी चौधरीले सूचना माग गर्दै निवेदन हालेकोमा सूचना लिनका लागि कार्यालय पुगेका चौधरीलाई गाउँपालिका अध्यक्ष शुक्लले गालीगलौज गर्दै धम्क्याएका हुन् । शुक्लले ज्यानमार्ने दिएपछि पत्रकार चौधरीले नेपाल पत्रकार महा ... read more...

  • स्याङ्बोचेमा टिपर दुर्घटना, १७ घाइते, पन्ध्र मजदूरको मृत्यु

    मुस्ताङ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १९ मजदूरको मृत्यु भएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । 'दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ', उनले भने । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् ।  घटन ... read more...

  • एकको मृत्यु, एकको अवस्था गम्भीर, दुर्घटनामा घाइतेको संख्या १८ पुग्यो

    चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा घाइते हुनेहरुको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका&ndas ... read more...