• +977 9841468702
  • info@cpostnews.com

प्रदेश

  • नमोबुद्ध नगरपालिका र ब्यवसायीबीच इँटा भट्टा हटाउन आठबुँदे सम्झौता

    भकुण्डेवेँशी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालित इँटा भट्टा उद्योग हटाउने सम्झौंता भएको छ । सो विषयमा छलफल हुँदा आगामी २०७६ असार मसान्तभित्रमा त्यहाँबाट उद्योग हटाउने सम्झौता भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच शनिबार धुलिखेलमा भएको छलफलपछि त्यहाँबाट इँटाभट्टा हटाउने विषयमा आठबुँदे सम्झौता भएको छ । यसअघि नगरपालिकाले वा ... read more...

  • 'स्वतन्त्र र सार्वभौम राष्ट्र आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई'

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । २९७ औँ पृथ्वीजयन्तिका अवसरमा दिएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श ... read more...

  • राहाप गुम्बाको बुद्ध मूर्ति चोरी अभियोगमा वडाध्यक्ष गुरुङ समातिए

    डोल्पा । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे-फोक्सुण्डो गाउँपालिका-४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठ ... read more...

  • आश्रमबाट महात्मागुरु भनिने 'स्याङ्तान' समातिए, बम्जन गायब

    सिन्धुली । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ... read more...

  • मनाङ्गेले प्रहरीलाई 'आफूजस्तै' देखेपछि प्रहरी मुख्यालयमा हलचल

    काठमाडौं । गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गेले नेपाल प्रहरीको मानमर्दन गर्दै हिँड्न थालेका छन् । गुण्डा नाइके मनाङ्गेले प्रहरीलाई आफू जस्तै गुण्डा देख्न थालेका छन् । उनले नेपाली प्रहरीको उच्च अधिकारीहरूको नामै लिएर देशका गुण्डाहरू समेत भन्न भ्याएका छन् । गुण्डा नाइके मनाङ्गेको यो चर्तिकलाबाट प्रहरी मुख्यालय रिसाएको छ । मनाङे सुध्रिएनन् भने प्रहरीले फेरि खोरमा थुन्ने पक्का छ । प्रहरीलाई न ... read more...

  • उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

    कञ्चनपुर । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएकी थिइनन् । जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भनिन्, 'सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, ... read more...

  • सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

    कावासोती । सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् । सेनकालीन समयमा निर्माण भएको गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेका हुन् । किंवदन्तीअनुसार कैलाश सन्न्यास आश्रममा पाल्पाका राजा मणिमुकुन् ... read more...

  • तेमालमा ‘घरदैलो’ अभियान, दुई हजारलाई घरमै सेवा

    काभ्रे । तेमाल गाउँपालिका–७ नं वडा कार्यालयले सञ्चालन गरेको ‘घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिएका छन् । अभियानमा वडा कार्यालयबाट दिने सेवासुविधा स्थानीयवासीको घरदैलोमै गएर दिइएको वडाध्यक्ष ज्ञानबहादुर मोक्तानले बताए । चारदिने अभियानको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सोमबार कालधारमा उद्घाटन गरेकी थिइन् । अभियानअन्तर्गत मङ्गलबार कुरुबास, बुधबार चापाख ... read more...

  • विवादास्पद बम्जनको बाँडेगाउँस्थित आश्रममा प्रहरीको अनुसन्धान

    मेलम्ची । तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ । बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो । अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान थालेको हो । आश्रममा खान तलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो । प्रहर ... read more...

  • अवैध मदिरा उत्पदान गर्ने भट्टीहरुमा बौंद्ध प्रहरीको छापा

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बौंद्धले अवैध मदिरा उत्पादन तथा विक्री-वितरण गर्ने भट्टीहरुमा फेरी आज छापा मारेको छ । बृत्तले गोकर्णेश्वर-६, नयाँबस्ती र कामनपा-६ नागेश्वरगल्लीमा रहेका अवैध मदिरा उत्पादन तथा विक्री-वितरण गर्ने भट्टीहरुमा छापा मारेका हो । यसअघि पनि बृत्तले आफ्नो क्षेत्रमा पर्ने विभिन्न स्थानहरुमा दुई पटक छापा मारिसकेको छ । छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पद ... read more...

  • नगरप्रमुखको तलबबाट ४६ जना विद्यार्थीलाई न्यानो कपडा

    पर्वत । आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गरेका छन् । नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका-२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका-५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरे ... read more...

  • लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु

    रुपन्देही । लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ । गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको हो । सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गरेको गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर ... read more...

  • मेयरको भ्रष्टाचार विरुद्ध उपमेयर, छानविन गर्न अख्तियारलाई गुहार

    रौतहट । रौतहत जिल्लाको गरुडा नगरपालिकाका मेयर इन्दुराय यादवले कामै नगरी कागजको भरमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै उपमेयरले आरोप लगाएकी छन् । गरुडा नगरपालिकाको वडा नम्बर १ र ६ मा कागज मात्र तीन वटा पुल निर्माण गरेको देखाएर ९० लाख रुपैयाँ मेयर यादवले निकासा गरेपछि उपमेयर रंगिलाकुमारी जयसवाल विरोध गरेकी हुन् । उनले बिहिवार पत्रकार सम्मेलन गरेर आर्थिक बर्ष २०७४/०७५ मा वडा नम्वर १ र ६ को तीन स्थ ... read more...

  • सर्लाहीका शिक्षक महतोको हत्यामा संलग्न दुई जना समातिए

    सर्लाही । प्रहरीले निजि विद्यालय सञ्चालक मालिक महतोको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बरहथवा नगरपालिका-५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिकको गत शुक्रबार राति हत्या भएको थियो । उक्त हत्या काण्डमा संलग्न भएको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मृतक नातामा भिनाजु पर्ने स्थानीय ३० वर्षीय ... read more...

  • पूर्वराजा जनताको घरदैलोमा, छोरी प्रेरणा अदालतको शरणमा

    काठमाडौं । सुन्दर पोखराको अति नै प्रख्यात मन्दिर बिन्ध्यबासीनिको दर्शनका लागि आफैं सवारी चलाएर निस्किएका थिए, पूर्वराजा ज्ञानेन्द्र शाह । पोखरा बसाईको पाँचौ दिन विन्ध्यबासिनी निस्किँदा सर्वसाधारणको न्यानो स्वागत पाए । कमिज र सुरुवालमा देखिएका उनी रातो ज्याकेटमा सजिएका थिए । त्यसैले उनलाई कतिपयले लाल ‘महाराज’ समेत भन्न भ्याए । धार्मिक भ्रमणमा सक्रिय हुने उनले जनतासँग संवाद गरेका थिए । स ... read more...

  • चरेश तस्करीमा महिला: पाँच किलो चरेशसहित महिला पक्राउ

    रोल्पा । रोल्पा प्रहरीले पाँच किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद भएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान प्रक्रिया अगाडि बढाएको छ । रोल्पा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० ... read more...

  • सर्लाहीमा अज्ञात समुहद्वारा शिक्षक महतोको विभत्स हत्या

    सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-५ मा एक शिक्षकको विभत्स हत्या भएको छ । हत्या हुनेमा स्थानीय रामबिलास महतोका छोरा मालिक महतो रहेका छन् । ३० वर्षीय महतोको टाउको क्षतविक्षत हुने गरी हत्या गरिएको अवस्थामा आज बिहान उनको शव घरभन्दा एक किलोमिटर टाढा रहेको सडकमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । स्थानीय अशोकसिंह कोइरीका अनुसार शुक्रबार साँझ फोन आएपछि बाहिर गएका महतो राती अबेरसम्म प ... read more...

  • बहुविवाह अभियोगमा १७ सत्र वर्षपछि समातिए ढकाल दम्पत्ति

    वालिङ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई एक जोडीलाई १७ बर्षपछि विहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिका-६ घर भई पोखरा महानगरपालिका-७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाल रहेका छन् । ढकाल दम्पतिद्धयलाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जामा पेश गरिएको जि ... read more...

  • सुनचाँदी व्यवसायीको प्रहरीलाई साइकल सहयोग

    दमौली । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहलाई साइकल हस्तान्तरण गरेका हुन् । व्यवसायी सामाजिक ... read more...

  • पुरुष धन कमाउन ‘कालापहाड’ लागेपछि गाउँ महिलामय

    सिञ्जा । यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । कोइरेली गाउँका हरेक बस्तीमा ... read more...