• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • व्यवसायी साह हत्याका प्रमुख योजनाकार पासवान प्रहरीको खोरमा

    सर्लाही । कविलासी नगरपालिकाको वडा नं. २ पिपरियाका नागेन्द्र साहको २७ वर्षिय छोरा सुनिल साहलाई गोली प्रहार गरी हत्या गर्ने प्रमुख योजनाकार पक्राउ परेका छन् । प्रमुख योजनाकार राजु भनिने उमेश पासवानलाई सर्लाही प्रहरीले पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी नगरपालिका वडा नम्बर-२ बाट मंगलवार पक्राउ गरेको हो । मृतक साह सुनचाँदी व्यापारी रहेका थिए भने उनले हरिपुर नगरपालिकाको पिराडी बजारमा &l ... read more...

  • ब्रह्मभूमीमा छापा, अनुगमन टोली र पत्रकारमाथि अभद्र व्यवहार

    सर्लाही । सर्लाहीको मलंगवा-८ मा रहेको ब्रह्मभूमी हेल्थ रिसर्च सेन्टर प्रालिका डाक्टर राकेश सिंहले अनुगमनमा आएका जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीलगायत अनुगमन टोलीसित गएका सञ्चारकर्मीमाथि अभद्र व्यवहार गरेका छन् । अनुगमनका क्रममा डा सिंहको रिसर्च सेन्टर पुगेका जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रंजितकुमार साह र जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत शंकरप्रसाद ... read more...

  • नेपाल प्रहरी र सशस्त्रले आँखा चिम्लिदा सर्लाहीमा मौलायो तस्करी

    सर्लाही । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएलगत्तै सर्लाही जिल्लास्थित विभिन्न नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो । सर्लाही जिल्लास्थित पर्सा, त्रिभुवननगर, मलङ्ग्वा, भाँडसर, फेन्हारा र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुन थालेको छ । भन्सार छ ... read more...

  • गृहमन्त्री र आईजीपीबीच तित्तता बढ्दै, प्रहरीमा बढुवा अलपत्र

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरी भित्रको समस्या बुझ्न नसक्दा प्रहरीको बढुवामा अन्यौल बढ्न थालेको छ । केही समय अघि प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीलाई अहिलेसम्म प्रहरीभित्रको अवस्थाको बारेमा कुनै पनि रिपोटिङ गरेका छैनन् । अबकाशको मुखमा रहेका आईजीपी प्रकाश अर्याल र गृहमन्त्रीबीचको तित्तता ... read more...

  • रोकिएन तस्करी, प्रहरीकै संरक्षणमा नारायणी नदीमा अवैध दोहन

    नवलपरासी । नेपाली बजारमा भन्दा भारतमा नदीजन्य पदार्थ दोब्बर मुल्यमा विक्री हुने भएका कारण नारायणी नदीमा अवैध उत्खनन र चोरी निकासी ब्यापक भइरहेको छ । स्थानीय प्रशासन र प्रहरीले आँखा चिम्लिएका कारण बर्दघाट–सुस्ता पश्चिम नारायणी नदीबाट नदीजन्य पदार्थको (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन र चोरी निकासीमा बृद्धि भएको हो । तस्करहरुले ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन गरी विभिन्न स्थानमा संक ... read more...

  • तराई-मधेशमा होली पर्व आज धुमधामका साथ मनाईंदै

    काठमाडौं । रंगहरुको पर्व फागु अर्थात होली पर्व आज तराई-मधेशमा धुमधामका साथ मनार्इँदैछ । तराई मधेशमा भने होली पर्व फागुन शुक्ल पूर्णिमाको भोलीपल्ट मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङहरु एक आपसमा दलेर खेलिन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । विभिन्न जातजाती, धर्मालम्बीले समेत यो पर्व आफ्नै तरिकाले म ... read more...

  • वीरगञ्ज गोली काण्ड नयाँ मोडमा, हत्या षड्यन्त्रमा श्रीमती नै पक्राउ

    पर्सा । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले दावी गरेका छन् । पत्रकार सम्मेलन गर्दै चौरसियामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका प्रियंकासहित चार अभियुक्तलाई सार्वज ... read more...

  • भारतले फेरी देखायो मिचाहा प्रवृत्ति, महाकालीमा चार अवैध पुल

    दार्चुला । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ । भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने ... read more...

  • कालीगण्डकी नदीमा भईरहेको अवैध दोहन नियन्त्रणमा उत्रियो पर्वत प्रहरी

    पर्बत । कालीगण्डकी नदीमा भईरहेको अवैध दोहनलाई रोक्न जिल्ला प्रहरी कार्यालय पर्वत सक्रिए भएको छ । जिप्रका पर्बतले अबैध तस्करी गर्नेहरुलाई निगरानी र कारबाहीमा उत्रिएपछि उनीहरु तितरबितर हुन थालेका हुन् । विगतमा कालीगण्डकी नदीबाट अवैध रुपमा गिट्टी र बालुवा चोरी निकासी ब्यापक हुँदै आएको थियो । प्रहरीले फागुन १२ गते पर्वत कुश्मा नगरपालिका-१ राजको वगरस्थित कालीगण्डकी नदीको किनारमा अवैधरुपमा वालुवा चोरी न ... read more...

  • पोखरीमा डुबेर मृत्युु भएका राउतको खल्तीमा भेटियो सुसाइट नोट

    सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्ग्वाको वडा नम्बर-१० स्थित रहेको मुल्ही पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मलङ्ग्वा नगरपालिका वडा नं-१० का स्थानीय गौरी राउतको २४ वर्षिय छोरा अजयकुमार राउतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा शाखाका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार मृतक राउत बिगत केही समय अघिदेखि कुलतमा लागेको र उनको मानसिक सन्तुलन समेत ठिक थिएन । मृतक राउत उपचारको क्र ... read more...

  • अज्ञात समूहले राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय

    बागलुङ । बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराज ... read more...

  • गुण्डाको संरक्षणमा ईंटा भट्टा, धुलो र धुँवाको चपेटामा सर्वसाधरण

    काभ्रे । नमोबुद्ध नगरपालिकामा मापदण्ड विपरित सञ्चालित ईंटा उद्योगका कारण स्थानीयबासीको जनजिवन अस्तव्यस्त भएको छ । हरियाली र निकै सुन्दर देखिने चौडा फाट ( खेती योग्य जमिन) यतिखेर धुँलो र धुँवामा परिणत भएको हो । नमोबुद्ध नगरपालिकामा मात्र ८ वटा ईंटा उद्योग वैध र अवैध रुपमा सञ्चालित छन् । ईंटा उद्योगबाट निस्किएको धुलो र धुँका कारण विद्यायल पढ्न जाने बालबालिकादेखि खेतीपातीमा समेत समस्या देखिएको छ । जत ... read more...

  • दुर्घटनामा ३ को मृत्युः ट्रक खस्यो १६० मिटर तल भोटेकोसी नदिमा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तातोपानीबाट बाह्रविसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको उक्त ट्रक बाह्रविसेको कोदारी सडकखण्डमा दुर्घटना भएको थियोे । उक्त दुर्घटनामा बाह्रविसे नगरपालिका ८ निबासी शेखर अधिकारी चालकको मृत्यु भएको छ । त्यस्तै, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारीको पनि घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफ ... read more...

  • भक्तजनको भीडभाड: पशुपतिमा गाँजा, भाङ, धतुरो निषेध

    काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका दिन पशुपतिमा भक्तजनहरुका लागि गाँजा, भाङ, धतुरोलगायत पदार्थ निषेध गरिएको छ । अन्य बेलामा झैं आज शिवरात्रिको दिन पनि गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएपछि भक्तजनहरु भने रुष्ट भएका छन् । त्यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्न सक्ने अधिकार दिइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । पशुपति ... read more...

  • वडाध्यक्षले बजेट मनपरी खर्च गर्न थालेपछि बन्यो संघर्ष समिति

    सिन्धुपाल्चोक । बलेफि गाउँपालिकाका–८ ले वजेट हिनामिना गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । वडाले लामसाँघु तोप्का बसेरी पहरी बस्तीको सडकमा मर्मतको लागि छुट्याएको बजेटमा हिनामिना गरेपछि स्थानीयले संर्घष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् । वडा अध्यक्ष चरिबहादुर तामाङले लामोसाघुँ तोप्का सडक मर्मतका लागि २५ लाख र तोप्का बसेरी पहरी बस्ती जाने सडकको लागि १० लाख छुट्याएका थिए । तर बजे ... read more...

  • 'हिँडौंँ साथ साथ' नारासहित प्रतिष्ठानले मनायो २६ औं वार्षिकोत्सव

    काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले पुनर्मिलन, भातृत्व र सहकार्यको नारासहित ‘हिँडौंँ साथ साथ ’कार्यक्रम आयोजना गरेको थियो । संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले संयुक्त रुपमा बेलुनमा बाँधिएको 'हिँडौंँ साथ साथ' लेखिएको ब्यानर उडाएर ... read more...

  • स्वयम्भूबाट इतिहास बोकेको नमोबुद्धसम्म साइकल यात्रा हुने

    काठमाडौँ । चारुमती बुद्धिष्ट मिसन नेपालले यही माघ २० गते काठमाडौँको स्वयम्भूबाट काभ्रेको नमो बुद्धसम्म साइकल यात्रा गर्ने भएको छ । उक्त मिसनले स्वयम्भूबाट नमोबुद्धसम्म बुद्ध पथ (सर्किट) निर्माण गर्न सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले उक्त यात्रा गर्न लागेको हो । आज आयोजित पत्रकार सम्मेलनमा भिक्षु तपस्सी धम्मले बुद्ध जन्मेको देश नेपालमा बौद्ध सम्पदा, शिक्षा र साहित्यको प्रवद्र्धन हुन नसकेको अवस ... read more...

  • सर्लाहीको सदरमुकाममै पेशेवर चोरको आतंक, एकैदिन पाँच पसलमा चोरी

    सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्ग्वास्थित बाल मन्दिर चौकमा सोमबार राती एकैपल्ट ५ वटा पसलमा चोरी भएको छ । मलङ्ग्वाका स्थानीय पीडित ब्यापारी मन्जर हुसैन मिकरानीका अनुसार विभिन्न व्यापारीहरुले सञ्चालन गर्दै आएका हार्डवेयर, कस्मेटिक, इलेक्ट्रोनिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो । उनले भने, मेरो कपडा पसलको गोदामको सटर फुटाएर १० थान कम्बल र अन्य लुगा कपडा समेत चोरिएको छ । सदरमुकाम मलङ्ग्वाको ... read more...

  • स्थानीय विकास निर्माणको अनुगमन गर्दै सुनकोसी गाउँपालिका

    सिन्धुपाल्चोक । स्थानीय निर्वाचनपछि स्थानीय सरकारको अधिकार पाएको गाउँपालिकाले विभिन्न वडामा भैरहेको विकास निर्माण र पुनर्निमाणको कामको अनुगमन थालेको छ । सुनकोसी गाउँपालिकाले विकास निर्माण, पुनर्निमाण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायको अनुगमन गरेको हो । पालिकाले स्थानीयको गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने उद्दश्यले वडाका कामको समेत अनुगमन गर्ने गरेको गाउँपालिका प्रमुख श्रवणकुमार जिसी ... read more...

  • फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

    पोखरा । पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प् ... read more...