• +977 9841468702
  • info@cpostnews.com

प्रदेश

  • राजपा निर्वाचनमा सहभागी नभए आफैँलाई घाटा: गच्छदार

    विराटनगर, ८ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचनमा सबैको सहभागिता आवश्यक भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गच्छदारले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी नभएर आफैँलाई घाटामा पुर्‍याएको धारणा प्रकट गरे । सङ्घीय मामिला तथा स्था ... read more...

  • विराटनगर महानगरका यि १४ उम्मेदवार, मतदाता दुबिधामा

    मोरङ, ६ असार । पार्टीले टकट नदिएपछि विराटनगर महानगरका कतिपय वडामा काँग्रेस र एमालेका चर्चित कार्यकर्ता स्वतन्त्र बनेर उम्मेदवारी दिएका छन् । टिकट वितरण गर्दा आफूहरुलाई पाखा लगाइएको भन्दै ती उम्मेदवारले स्वतन्त्र उठेरै चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाबी गर्दै उम्मेदवारी दिएपछि पार्टी मुख्यालयसम्म हलचल भएको छ भने टिकट पाएका भने हार्ने डरका कारण चिन्तित बनेका छन् । दोस्रो चरणको स्थानीय च ... read more...

  • हत्यामा दोषीलाई कारबाही माग गर्दै मार्तडी बन्द

    बाजुरा, ६ असार । नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले  सदरमुकाम मार्तडी बन्द गराएको छ । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको झडपमा परी हंसबहादुर रावतको मृत्यु भएको थियो । उनीहरुले मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रे ... read more...

  • राजपा नेता महतोलाई पितृ शोक

    सर्लाही, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई आज पितृ शोक परेको छ । महतोका बुबा १०० वर्षिय खोभारी महतोको बिहान ५ बजेको समयमा ईश्वपुर नगरपालिको बयलवास स्थित महतोको जेठो दाई महेन्द्र महतोको घरमा निधन भएको हो । दिउँसो १ बजे बागमतीको कर्मैया घाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । आन्दोलनका क्रममा भैरहवामा रहेका नेता महतो बुबा बितेको खबर ... read more...

  • उद्योग विभागमा विद्युतीय हस्ताक्षर प्रणाली

    काठमाडौँ, ५ असार । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो । अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा ... read more...

  • वीरगंज लायन्समा भावी कार्ययोजनाका बारेमा चर्चा

    वीरगंज र असार ३ । वीरगंजका सम्पुर्ण लायन्स क्लबको आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको मकालु होटलमा आयोजित कार्यक्रममा लायन्सका गतिविधी र भावी कार्ययोजनाका बारेमा चर्चा भएको थियो । कार्यक्रममा लायन्सका इन्टरनेशनल निर्देशक सञ्जय खेतानले अन्तराष्ट्रिय जगतमा लायन्सको भुमिकाका बारेमा जानकारी गराएका थिए । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष बासु तिमिल्सिनाको स ... read more...

  • रेणुलाई गाली–बेइज्जती गर्नेविरुद्ध किटानी जाहेरी

    चितवन, ३ असार । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ । रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिनु भएको हो । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको आज जानकारी दिए । सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकि ... read more...

  • स्वतन्त्र महिला नेतृत्वको प्यानल भोट माग्न व्यस्त

    इनरुवा, १ असार । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् । इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने भएक ... read more...

  •  डेढ करोड ठगेर भारतीय व्यापारी फरार

    लमजुङ, ३० जेठ । सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगेर फरार भएका छन् । बेसीसहर बजारको किराना तथा खुद्रा व्यापार गर्दै आएका एकै परिवारका चार दाजुभाइले विभिन्न व्यक्ति तथा संस्थाबाट एक करोड ५० लाख ठगी गरी फरार भएको जिल्ला प्रहरी कर्यालय लमजुङले जनाएको छ । भारत रक्सौल घर भएका राजेशकुमार शाह, बालकृष्ण बानिया, नवीन बानिया र सतिश बानियाले रकम ठगी गरी फरा ... read more...

  • कार्यकर्ता जेलमा राखेर चुनावमा जान सकिन्न:यादव

    काठमाण्डौँ जेठ २७ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्‍याएका छन् । संसद्‍मा शुक्रबार बोल्दै यादवले सरकारले संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र सहिद घोषणालगायतका माग पूरा नगरेसम्म चुनावमा सहभागी नहुने बताएका हुन् । उनले भने,‘सरकारले अहिलेसम्म सहमति ... read more...

  • सञ्चारकर्मी दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

    पर्सा, २६ जेठ । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगन्जमा जलुस प्रदर्शन गरेको छ । शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गरी दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै वीरगन्जमा महासङ्घले जुलुस निकालेको हो । घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हँुदै पुनः घन्टाघर ... read more...

  • युनियनका केन्द्रिय सदस्य कुशवाहाले पाए सफाई

    काठमाण्डौ जेष्ठ २४ । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरिएको निलम्बन नेपाल प्रेस युनियनको केन्द्रिय समितिले खारेज गरेको छ । नेपाल प्रेस युनियन केन्द्रिय समितिको सोमबार काठमाण्डौमा सम्पन्न पुर्ण बैठकले केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरेको निलम्बन आजको मितिबाट खारेज गरेको हो । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षताम ... read more...

  • महोत्तरीका पैसा असुल्दै म्यादी प्रहरी

    महोत्तरी, १८ जेठ  । महोत्तरी जिल्लामा दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीले भने पैसा असुल्न थालेको गुनासो सुनिन थालेको छ । नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारण जिल्लावासीको आरोप रहेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, नगरपालिका ... read more...

  • झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवारको टुङ्गो

    काँकडभिट्टा, १७ जेठ । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे । गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगर ... read more...

  • ‘संवेदनशील’ मतदान केन्द्रमा थप ४ सय सुरक्षाकर्मी

    काकडभिट्टा, १६ जेठ । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ । झापामा कुल मतदान स्थान २८३ रहेका छन् । तिनमा ६५५ मतदान केन्द्र प्रस्तावित भएको छ । तीमध्ये १२७ केन्द्रलाई अति संवेदनशील र ५०१ केन्द्रलाई संवेदन ... read more...

  • सेनामा जागिर लगाउने भन्दै सुनुवारको ठगी

    चितवन, ११ जेठ । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउाका सोझासाझा युवासाग पैसा असुल्ने विष्णु सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका–८ का सुनुवारलाई दर्जनौं युवासँग रमक असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो । प्रहरीका अनुसार यही जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै प्रतिव्यक्ति दुई लाख रु ... read more...

  • देशको समृद्धिका लागि मतदान : महामन्त्री कोइराला

    नवलपरासी, २८ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेको छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासीमा रहेका कोइरालाले पार्टीको प्रचारप्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । सो अवसरमा कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताए । उनले तीव्र ... read more...

  • एक हजार थान सौर्य बत्ती हस्तान्तरण

    पोखरा, २४ वैशाख । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ । गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै पोखराका विभिन्न सडकमा सौर्य बत्ती जडान गरी सबैतिर झिलीमिली पारिएको छ । पोखराको विजयपुरदेखि हल्लनचोक, नयााबजार, पालिखेचोक, बुद्धचोकदेखि वन विज्ञान अध्ययन संस्थान तथा विभिन्न मठमन्दिरमा सौर्यबत्ती जडान गरी उज् ... read more...

  • मुग्लिन–नारायणगढ सडक आजदेखि खुला

    चितवन, २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै सोमबारदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका ईन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले आजदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो । यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजे ... read more...