• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

प्रदेश

  • पत्रकार सिवाकोटीलाई 'सुरक्षा थ्रेट', सुरक्षा दिन महासंघको माग

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वसूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध सर्वप्रथम समाचार ब्रेक गरेपछि चर्चामा आएका पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा थ्रेट बढेको छ । हाम्रा कुरा डटकमका प्रधानसम्पादक समेत रहेका सिवाकोटीले आफू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघलाई जानकारी गराएपछि महासंघले उनको सुरक्षाको लागि सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले ... read more...

  • काठमाडौं कपन निवासी लुईंटेल डुंगा डुबेपछि फेवामा बेपत्ता, दुईको उद्धार

    कास्की । काठमाडौंबाट पर्यटकीय नगरी पोखरामा घुम्न आइपुगेका काठमाडौं कपन निवासी २७ बर्षीय सुमित भन्ने रामशरण लुईंटेल फेवा तालमा वेपत्ता भएका छन् । सोमबार दिउँसो १ बजे काठमाडौं स्थित कपन निवासी लुईंटेल, सुविन चालिसे र रुपेश अधिकारी चढेको डुंगा एक्कासी डुब्दा लुईंटेल भने बेपत्ता भएका हुन् । लुईंटेलसँगै डुंगामा सवार चालिसे र अधिकारीको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएक ... read more...

  • एकको मृत्यु, रागमार्ग अवरुद्ध, ठक्कर दिएर भाग्ने गाडी अझै भेटिएन

    खुर्कोट । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर-७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानियले विपी राजमार्ग अवरोध गरेका छन् । सोमार विहान गाडीले स्थानिय नन्दलाल श्रेष्ठले ठक्कर दिएर फरार भएपछि उनको मृत्यु भएको थियो । स्थानियले ठक्कर दिने गाडीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनेपर्ने माग राखेर राजमार्ग अवरुद्ध पारेका हुन् । प्रहरीले ... read more...

  • ६० बर्षीय श्रीमानको हत्यामा श्रीमतीको संलग्नता, समातिइन सम्झना

    तनहुँ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले आफ्नै ६० बर्षीय श्रीमानको हत्या अभियोगमा मृतककी ४० बर्षीय श्रीमतीलाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नम्बर-३ कृष्णमन्दिर बस्ने ६० बर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा श्रीमती सम्झाना कार्कीलाई पक्राउ गरेको हो । गत माघ १७ गते राति घटेको उक्त घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि ईप्रका आँबुखैरेनीले उनलाई पक्राउ गरिएको जानक ... read more...

  • ‘सबै ठूला-ठूला भ्रष्टाचारमा प्रधानमन्त्री ओलीको संलग्नता छ’

    काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताएका छन् । उनले त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे । उनले भने,‘प्रधानमन्त्रीको जानकारी बिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको क ... read more...

  • ७० बर्षीय बाबुको आफ्नै छोराबाट हत्या, माइलो छोरा समातिए

    रौतहट । दुई साताअघि रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर-३ देवीपर्साटोलमा भएको एक बृद्धको हत्यामा मृतकको आफ्नै माइलो छोरालाई जिल्ला प्रहरी कायाएलय रौतहतले पक्राउ गरेपछि सवैकोे होस उडेको छ । रौतहट प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै घरायसी झगडाको कारण मृतक फेकन पन्डितका माइलो छोरा राजकुमार पन्डितले बाबुको हत्यामा संलग्न गरेको अनुसन्धानबाट खुलुको भन्दै उनलाई सार्वजनिक गरेको हो । ७० बर्षीय ... read more...

  • बेसाहारा बृद्ध दम्पत्तीलाई सिन्धु उद्योग बाणिज्य संघको सहयोग

    सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-५ डाँडापारीका बेसाहारा एक बृद्ध दम्पत्तीलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले खाद्य, लत्ताकपडासहित नगद सहयोग गरेको छ । कान्तिपुर दैनिकमाम ‘बेसाहारा दम्पत्तीको दुख’ शिर्षकमा समाचार प्रकाशित भएलगत्तै उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले उनीहरुलाई आवश्यक नुन, तेल, चामल, साबुनजस्ता सामाग्रीसहित लत्ताकपडा र नगदा २५ हजार रुपैयाँ सहयोग गरे ... read more...

  • वाह ! छोरीको विमा गराउनेलाई निःशुल्क इन्टरनेट सेवा

    लहान । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभि ... read more...

  • जुम्लामा अघिल्लो पटक परेको हिउँ नपग्लिई पुनः हिमपात, डाडाँकाँडा सेताम्मे

    सिञ्जा । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक-पटक सूचनास ... read more...

  • असईमा जागिर लगाईदिन्छु भन्दै रकम ठग्ने नक्कली इन्स्पेक्टर समातिए

    झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नेपाल प्रहरीको असईमाम जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ बर्षीय विजय वाग्ले रहेका छन् । उनले नेपाल प्रहरीको इन्स्पेक्टर बनेर असईमा जागिर लगाईदिने भन्दै डेढ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित भनिएका दुई जनालाई नक्कली प्रहरी नि ... read more...

  • मोष्ट वान्टेड तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर सिंह समातिए

    रौतहट । मोष्ट वान्टेड सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर अभय सिंह कामेश्वर पटेल कुर्मी उर्फ 'अभय सिंह' लाई प्रहरी गोली हानेर पक्राउ गरेको छ । हत्या, लुटपाट, डकैती, अपहरण, फिरौतीलगायत दर्जनौं अपराधमा संलग्न रहेका अभय सिंहलाई विगत लामो समयदेखि मोष्ट वान्टेड सूचीमा राखेर प्रहरीले खोजी गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको स ... read more...

  • एक्लै घरमा भएकी महिलालाई जबरजस्ती करणी गर्ने थारु समातिए

    बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलले जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१८ का १९ वर्षीय रामकिशन थारुलाई पक्राउ गरेको छ । सोमबार मदिरा सेवन गरेर राति आफ्नै गाउँकी एक महिलाको घरमा प्रवेश गरी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई मंगलबार विहान पक्राउ गरेको हो । एक्लै घरमा भएको मौका पारेर घरमा प्रवेश गरी रामकिशन थारुले एक महिलालाई जबरजस्ती करणी गरेको उजुरी प ... read more...

  • ट्राफिक प्रहरीको सई हुँ भन्दै पैसा उठाउने यादव समातिए

    सिरहा । ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले ट्राफिक प्रहरीको सई हुँ भन्दै सवारी चालकसँग पैसा उठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपटी गाउँपालिका वडा नम्बर-५ का ३० बर्षीय शिवनाथ यादव रहेका छन् । यादवले बरियारपटीस्थित जिझौलमा सवारी साधन रोक्दै आफू ट्राफिक प्रहरीको सई भएको भन्दै पैसा उठाइरहेका थिए । सो क्रममा उनलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक अरविन्दकुमार साहले जानकारी द ... read more...

  • लोड गरेको भरुवा बन्दुकसहित तितिरबोटेबाट राईद्धय समातिए

    इलाम । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माङसेबुङ्ग गाउँपालिका वडा नम्बर-३ का ४१ बर्षीय शिवकुमार राई र सोही ठाउँका २२ बर्षीय विशाल राई रहेका छन् । राईद्धयलाई इलामको माङसेबुङ्ग गाउँपालिका वडा नम्बर-३ तितिरबोटेबाट लोड गरेको भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईद्धयलाई हातहतियार तथा खरखजाना मुद्धामा जिल्ला अदा ... read more...

  • बन्दुक देखाएर दलित बस्ती हटाउन खोज्ने जमिनदार तारेखमा छुटे

    सिरहा । सिरहाको मिर्चैया नगरपालिका(५ जिवा खोला किनारमा करिब तीन दशकदेखि बस्दै आएका दलित बस्ती हटाउन बन्दुक देखाएर तर्साउने जग्गा कारोबारी जिल्ला प्रशासन कार्यालयबाट तारेखमा छुटेका छन् । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार प्रहरीले नियन्त्रणमा लिएको जग्गा कारोबारी वीरेन्द्र साहलाई आइतबार नै तारेखमा रिहा छाडिएको हो । ‘हतियार राख्ने अनुमति भए पनि समुदायलाई तर्साउने साहलाई प्रहरीले ... read more...

  • ८ बर्षीया छोरीलाई बलात्कार गरी फरार भएका ४२ बर्षीय बाबु समातिए

    बुटवल । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले आफ्नै ८ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा ४२ बर्षीया बाबुलाई पक्राउ गरेको छ । रक्सी खाएको बेला बलात्कार गरेको भन्दै आफ्नै आमाले प्रहरीमा श्रीमान विरुद्ध किटानी जाहेरी दिएपछि बुटवल तिलोत्तमा नगरपालिका वडा नम्बर-१७ मा बसोबास गर्ने बलात्कारी बाबु फरार भएका थिए । भारतको विभिन्न ठाउँमा मजदुरी गर्दै आएका उनी नेपाल आएको विशेष सूचना पाएलगत् ... read more...

  • टिपर आतंक: टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, एक घाइते

    विराटनगर । तीन जना सवार मोटरसाइकल ओभर टेक गर्ने क्रममा दुर्घटनामा परेपछि दुई विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर-४ को विराटनगर धरान सडकखण्डमाम टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना विद्यार्थीको मृत्यु भएको हो । विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्र २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई महा ... read more...

  • दुई झोला अबैध लागूऔषधसहित दुई जना भारतीय नागरिक समातिए

    बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर-१० मटिअर्वास्थित सीमा नाकाबाट लागूऔषध बोकेर नेपाल आउँदै गरेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धिपोष्ट मुरारपुर वडा नम्बर-४ का चन्दनकुमार र मोतिहारीकै रामसिह छतौनी वडा नम्बर-३ का मुकेश साह तेली रहेका छन् । भारतको आदापुरबाट कलैया आउँदै गरेको ना २ ह ३६१४ नम्वरको अटोलाई सीमामा खटिएको प् ... read more...

  • बेतिथि: ७५ हजार घुससहित वडा सदस्य र इन्जिनियर समातिए

    तनहुँ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं-१३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस कार्य सम्पन्न प ... read more...

  • कोठीमा बेचिनबाट यसरी बचिन् कक्षा ९ मा अध्ययनरत किशोरी

    गोरखा । कक्षा ९ मा अध्ययनरत एक किशोरीलाई विक्री गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गोरखाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर-७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराज रहेका छन् । कक्षा ९ मा अध्ययरत किशोरीलाई उनीहरुले फकाउँदै उनको उचाइ पनि राम्रो भएको, हत्केला पनि राम्रो भएको तथा चितवन गयौैं भने भाग्य चम्कि ... read more...