• +977 9843987244
  • info@cpostnews.com

अदालत

  • 'नेपाली हिटलर' आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

    रौतहट । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बम विस्फोटबाट घाइते भएकाहरुलाई घटना लुकाउन जिउँदै ईंटा भट्टामा जलाएर हत्या गरेको आरोप अफतावमाथि लागेको थियो । अफतावको चार दिन लामो थुनछेक बहस आज सकिएपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले पछि ठहरे बमोजिम हुनेगरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको ... read more...

  • भ्रष्टाचारका मुद्दा सर्वोच्चमा अलपत्र: 'प्रतिवद्धता कागजमा सिमित'

    काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् । अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक् ... read more...

  • पुनः ७ दिनको म्याद थप, महराको तिहार अब नर्भिकको भीआइपी कोठामा

    काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न पयास तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महाराले दीपावली थुनामै वित्ने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरामाथि अनुसन्धान गर्न भन्दै पुनः सात दिनको म्याद थप गरेपछि महराको तिहार पनि हिसासतमै वित्ने भएको हो । उनलाई पक्राउ गरेको १८ दिन वितिसकेको छ । प्रहरीले २ ... read more...

  • फेरियो पीडितको बयानः 'पहिले बलात्कार अहिले सहमतिमा सम्वन्ध'

    ओखलढुंगा । गत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन् । १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बलात्कृत भएकी हुन् । पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँकै प्रहरी चौकीमा कार्यरत सप्तरीका करिब ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परे । घाँस काट्न गएकी किशोरीलाई यादवले जंगलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहे ... read more...

  • संवैधानिक इजलास नबस्दा ४५० मुद्दा अलपत्र

    काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन । न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन । संवैधानिक इजलासमा यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपक ... read more...

  • गृहमन्त्रीका भाइ नरेश धरौटीमा रिहा, अन्यलाई थुनामै राख्न आदेश

    काठमाडौं । जेलभित्रै बसेर असुली धन्दा चलाउने कुख्यात गुण्डा नाइके समीरमानसिंह बस्नेतको सम्पर्कमा देखिएका गृहमन्त्री रामबहादुर थापा 'बादल' का भाइ नरेशकुमार थापालाई मात्र जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको छ । दुई दर्जन बढी निर्माण ब्यवसायीहरुलाई फोन गरेर रकम माग्ने बस्नेतको गिरोहसँग उनको सम्पर्क देखिएपछि नरेशलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अद ... read more...

  • सुमार्गीलाई झट्का: कर विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

    काठमाडौं। सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले कर विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । ‘दूर सञ्चार ऐन २०५३ को दफा २८ (४) बमोजिम अनुमतिपत्र खारेज गरिएको अवस्थामा चित्त नबुझ्ने व्यक्तिले नेपाल सरकार समक्ष उजुरी गर्न पाउने अवस्थासमेत रहेको ... read more...

  • ठेकेदार मन्त्रीलाई ३ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    ललितपुर । ठेकेदार एवम् कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई तीनभित्र उपस्थित गराउन पाटन उच्च अदालतले प्रहरीलाई आदेश दिएको छ  । ठेकेदार मन्त्री खत्रीलगायतले किर्ते बैंक ग्यारेन्टी बनाएर कृषि विकास बैंकको रकम हिनामिना गरेको थिए । सोही अभियोगमा मन्त्री खत्रीलगायतलाई बैंकले दायर गरेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त ... read more...

  • सुन तस्करी काण्ड: उच्चको 'फैसला' सर्वोच्चको सदर, प्रहरीलाई राहत

    काठमाडौं । बहुचर्चित सनम हत्या तथा ३ हजार ८ सय केजी सुन तस्करी काण्डमा मुछिएका महावीर गोल्यानबाहेक सवैलाई सर्वोच्च अदालतले उच्च अदालत विराटनगरकै फैसलालाई सदर गरिदिएको छ । उक्त प्रकरणमा मुछिएका गोल्यानसँग भने न्यायाधीशद्धय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले १० लाख धरौटी माग गरेको छ । यद्यपि गोल्यानको हकमा फैसलामा पछि ठहरे बमोजिम हुने उल्लेख गरिएको छ । जसको मतलब हो-उनले पनि अब धरौ ... read more...

  • रुपज्योतीको ठगीः कारबाहीबाट बच्न उल्टै पीडक सर्वोच्चको शरणमा

    काठमाडौं । चर्चित व्यापारिक घराना रुपज्योती ग्रुपले घरजग्गा कारोबारमा गम्भिर ठगी गरेको प्रमाण फेला परेको छ । काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित आवासीय घरहरू बनाई बिक्री गर्दा बैना लिएर पनि हक हस्तान्तरण नगरेको भन्दै पीडितले अदालत गुहारेपछि रुपज्योती ग्रुपको ठगी प्रकरण फेला परेको हो ।  काठमाडौ महानगरपालिका वडा नम्बर-४ बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्ललाई आवासीय घरहरू बनाउने प्लट नम्बर-१ ... read more...

  • निताविरुद्ध विशेषमा मुद्धा दायर: ७० हजारको लोभ गर्दा जागिर, पद सबै चट्

    काठमाडौं । ७० हजार रुपैयाँ घुस सेवाग्राहीसँग लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेकी खरिदार निता शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । शर्मा घरेलु तथा साना उद्योग विकास समिति, रोल्पामा कार्यरत थिइन । खरिदार शर्माले कार्यालयमा खरिद भएको सामानको भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई ... read more...

  • सर्वोच्चको अन्तरिम आदेशः 'भर्ना प्रक्रिया नरोक्नू'

    काठमाडौं । लोकसेवा आयोगले स्थानिय तहमा थालेको कर्मचारी भर्ना प्रक्रिया रोक्न नपर्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदशे दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो । अदालतको आदेशसँगै लोकसेवा आयोगलाई स्थानिय तहका लागि आवश्यक कर्मचारी भर्ना गर्न बाँकी रहेका प्रक्रियाका लागि बाटो खुलेको छ । सर्वोच्चको उक्त आदेशसँगै आयोगले अ ... read more...

  • अवैध मुद्राको कारोबारी श्रेष्ठको 'शिलबन्दी बार' खुलाउन सर्वोच्चको साथ

    काठमाडौं । अवैध विदेशी मुद्रा तस्करीको आरोपमा पक्राउ परेका व्यापारी सुवास श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन गर्दै आएको बारमा सरकारले लगाएको शिलबन्दी तोडिने भएको छ । अवैध मुद्रा कारोबारी श्रेष्ठले मंगलबार सर्वोच्च अदालतबाट स्टे अर्डर लिएपछि यो संभव भएको हो । उनले त्रिअविमा सञ्चालन गर्दै आएको बारको सिलबन्दी खुलाउन कानुनी बाटो अपनाएका थिए । सर्वोच्चमा उनले दर्ता गरेको रिट ... read more...

  • 'कर नतिरे आन्दोलन: नेकपा भातृ संगठन, कर असुल्ने कार्य रोक्नु: सर्वोच्च'

    काठमाडौं । सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्म एनसेलबाट कर असुल्ने कार्य रोक्नु भन्दै आज अन्तरिम आदेश भएको छ । सर्वोच्चको उक्त अन्तरिम आदेशमा ठूला करदाता कार्यालयलाई एनसेलसँग कर लिने कार्य वैशाख २४ गतेसम्म रोक्न भनिएको छ । करको निर्णयविरुद्ध एनसेलकातर्फबाट कानुनी अधिकृत रमेश घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर तिर् ... read more...

  • गृहको 'परिपत्र' कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरकालीन आदेश

    काठमाडौं । वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै दायर गरेको रिटको सुनवाई गर्दै आज सर्वोच्च अदालतले परिपत्रलाई यथास्थितीमा राख्न आदेश दिएको छ । गृहले गत चैत १९ गते जन्मसिद्ध नागरिकका सन्तानलाई वशंजमा नागरिकता दिन ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको थियो । त्यसपछि बरिष्ठ अधिवक्ता न्यौपानेले जन्मका आधारमा नागरि ... read more...

  • उच्च अदालतका ८० न्यायाधीशको पद धरापमा

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उच्च अदालतमा ३ थरीका विशेषण भिराई न्यायाधीश नियुक्ति गरिएको पाइएको छ । पहिलो सामान्य नियुक्ति । दोस्रो निलम पौडेललाई साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश भनेर उल्लेख गरिएको छ । तेस्रो भविष्यका न्यायाधीशका रुपमा अन्जु उप्रेतीलाई नियुुक्ति गरिएको छ । खारेज भइसकेको पुनरावेदन अदालतको नाम उल्लेख हुनुको अर्थ सुुशीला कार्कीले नियुक्ति गरेका उच्च अदाल ... read more...

  • नक्कली भ्याट बिलमा मुछिएकादेखि ट्रेडमार्कको दलाली गर्नेसम्म न्यायाधीश

    काठमाडौं । बुधबारबाट राजधानीमा शुरु भएको न्यायाधीश सम्मेलनलाई बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाललगायतले बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अध्यक्ष रहेको न्यायपरिषद्ले विवादित र कनिष्ट कानुन व्यवसायीलाई सर्वोच्चदेखि उच्च अदालतसम्म न्यायाधीश नियुक्ति गरेपछि उनीहरु प्रतिकात्मक विरोध जनाउँदै न्यायाधीश सम्मेलनमा सहभागी नभएको समाचार छ । मंगलबार न्यायपरिष ... read more...

  • निर्मला काण्ड: डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    कञ्चनपुर । चर्चित निर्मला पन्त बलात्कारपछि हत्या प्रहरणमा मुछिएका डिएसपी अंगुर जिसीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरले सोमवार र मंगलबार बयान लिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । डिएसपी जिसीलाई यातना सम्बन्धी मुद्धामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैया धरौटी माग भएको बताइएको छ । उक्त प्रकरणमा मुछिएका जिसी जिसी न्यायिक हिरासतमा थिए ... read more...

  • न्यायालयबाटै अन्यायमा परेकी ७५ बर्षीया कान्छीमाया रुँदै मिडियामा

    काठमाडौं । चितवन भरतपुर-१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दै आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । आफुहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन अरुले हडपेको सुनाईन् । उनले भनिन्,‘तर, उल्टै हामीले त्यो जग्गा हडेपेको आरोप लागेको छ, हामीमाथि ठूलो अन्याय भएको छ, न्यायको लागि धेरै ठाउँमा ढक्ढकायौं । तर, कतैबाट पनि अहिलेसम्म न्याय प्र ... read more...

  • राउतलाई छाड्न आदेश दिएपछि देशभक्त नेपालीको भावनामा ठेस

    काठमाडौं । एक पटक नेकपाका युवा नेता तथा सांसद महेश बस्नेतले भाषणमै भनेका थिए-'अब न्यायालयमाथिको निष्पक्षतामाथि पनि प्रश्न गर्नुपर्ने बेला आएको छ । मुलुक विखण्डन गर्छु भन्ने सीके राउतलाई न्यायालयले किन छाड्छ ?' राज्य विप्लवको मुद्दामा थुनामा रहेका विखण्डनकारी सीके राउतलाई आज सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि अहिलेसम्म सर्वोच्चले पाएको हाइहाइमा ब्रेक लागेको छ । प्रधानन्यायाधीश चालेन्द्रशम् ... read more...