• +977 9841468702
  • info@cpostnews.com

अर्थ

  • नेपाली बजारमा टाटाको ‘टाटा टिगोर’ कार 

    काठमाडौं, साउन २५ । टाटा मोटर्स् एवं नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ पुस्ताको मागलाई सम्वोधन हुने गरी नयाँ ‘स्टाइलब्याक’ टाटा टिगोर कार लञ्च गरेको छ । उत्पादक कम्पनीले चुस्त र अत्याधुनिक मोडलका कारण टाटा टिगोरले प्यासेन्सजर कार सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरि नयाँ पुस्ताका बढ्दै गएका मागहरुलाई पूरा गर्ने विश्वास लिएको छ । टाटा टिगोर कार १.२ लिटर पेट ... read more...

  • पूर्व अर्थमन्त्री र सभामुखसंगै झुल्किए बैंकिङ कसुरका फरार अभियुक्त

    काठमाडौं, २४ साउन । बैंकिङ कसुरमा फरार रहेका अभियुक्त लक्ष्मीबहादुर श्रेष्ठ पूर्वअर्थमन्त्री बर्षमान पुन र सभामुख ओनसरी घर्ती मगरका साथ देखिएका छन् । बैकिङ कसुरमा फरार रहेका अभियुक्त श्रेष्ठले केही दिन पहिले सामाजिक सञ्जाल फेसवुकमा पूर्वअर्थमन्त्री  र सभामुखसंगै बसेको तस्बिर सार्वजनिक गरेका थिए । विगत लामो समयदेखि उनलाई खोजी गरिरहेको बताएता पनि प्रहरीले उनलाई भेट्न नसकेको बताउं ... read more...

  • सिजन–५ कार मेला भब्यताका साथ सम्पन्न

    काठमाडौं, २२ साउन । ३ दिने टाटा मोटर्स् कार मेला सिजन–५ भब्यताका साथ सम्पन्न भएको छ । मेलामा २५ सय भन्दा बढिले अवलोकन गरेको आयोजकले बताएको छ । मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न कारहरुबारे जानकारी लिई टेस्ट ड्राइभलगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएर मजा लिएका थिए । मेला नेपालका लागि टाटा मोटसर््को आधिकारिक विक्रेता सिप्रदी टेडिङ्गले आयोजना गरेको हो । आयोजकका अनुसार मेलामा ६८० भन्दा ब ... read more...

  • हाइड्रोको अवैध एजीएमविरुद्ध कम्पनी रजिष्टारमा उजुरी, जवाफ पठाउन आनाकानी

    काठमाडौं, २१ साउन । सर्वसाधारण लगानीकर्तालाई टाट पार्न पल्केको एनबी समूहको स्वामित्वमा रहेको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले अवैध बार्षिक साधारणसभा बोलाएको छ । ८ जना रहेका सञ्चालक समितिमा चार जनालाई बाईपास गर्दै संस्था हत्याउने उदेश्यले एजीएम बोलाएपछि कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा उजुरी परेको हो । चार जना सञ्चालकले नेपाल धितोपत्र बोर्डमा समेत नेशनल हाईड्रो पावर कम्पनीका अवैध कार्यव ... read more...

  • बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको योग्यता तोकियो

    काठमाडौँ, २० साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दैे बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा का ... read more...

  • टेलिकमको ग्राहकलाई विशेष छुट योजना

    काठमाडौं, १६ साउन । नेपाल टेलिकमले सोमबारबाट लागूहुने गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट योजना ल्याएको छ । टेलिकमले जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ सेवा समेत उपलब्ध गराएको छ । टेलिकमका अनुसार अब विदेशबाट आएको कल उठाउंदा पनि बोनस प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद् ... read more...

  • सेयर कारोबारमा यो साता १२ दशमलव ७२ प्रतिशत बृद्धि

    काठमाडौं, ७ साउन । धितोपत्र बजारमा यस साता चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार रुपैयां बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका थिए । सात ... read more...

  • नवलपरासीमा ४९ करोड ४५ लाख ९५ हजार बजेट फ्रिज

    नवलपरासी, ४ साउन । आर्थिक वर्ष २०७३/०७४ मा प्राप्त सरकारी बजेटमध्ये ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ । जिल्लाका ५८ वटा सरकारी कार्यालयबाट सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले जानकारी दिएका छन् । चालुतर्फ २९ करोड ८९ लाख २६ हजार तथा पुँजीगततर्फ १९ करोड ५६ लाख ६९ हजार फ्रिज भएको छ । असार महिनामा मात्र चालुतर्फ निकासा भएको ८५ करोड ९७ लाख ५३ हजारको १३/६ ... read more...

  • स्वार्थपूर्ति नभएपछि महानगरले दियो ‘काठमाडौं भ्यू टावर’ को ठेक्का तोड्ने धम्की

    काठमाडौं, २८ असार । पुरानो वसपार्कस्थित निर्माणाधिन ‘काठमाडौं भ्यू टावर’ निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले कम्पनी नभागेको र साइटमा नियमित काम भइरहेको जनाएको छ । कम्पनीका सञ्चालक मनोज भेडवालले कम्पनी भाग्यो, सञ्चालक सम्पर्कमा छैन र सम्झौता तोड्छु भन्ने विषय लाजमर्दो र षड्यन्त्रपूर्वक आएको बताएका छन् । उनले भने,‘हरेक दिनको प्रगती विवरण महानगरपालिकाको हाकिमहरुकोमा जाने गरेको ... read more...

  • सर्वसाधारणका लागि सिटी सेन्टर असुरक्षित

    काठमाडौं, २५ असार । कमलपोखरीस्थित रहेका व्यवसायिक भवन सिटी सेन्टर सवै भन्दा असुरक्षित रहेको खुल्न आएको छ । उक्त भवनमा अहिलेसम्म दुई पटक लागो लागिसकेको छ । यसअघि सिटी सेन्टरको पार्किङमा लागो लागेको थियो । आइतबार पनि सिटी सेन्टरको फिल्म हल ‘विग मुभिजमा एक्कासी आगो लागेपछि भागदौड नै मच्चियो । तर स्थानीय प्रहरी, दमकल र सिटी सेन्टर व्यवस्थापनको सर्तकताका कारण कुनै अप्रिय घटना भएन । दमकलको सहयोगमा ... read more...

  • करोडको बोधिचित्त फलसहित चिनियां नागरिक प्रहरी नियन्त्रणमा

    काठमाडौं, १६ असार । राजधानीको पर्यटकीय स्थल ठमेलबाट एक चिनियां नागरिक पक्राउ परेका छन् । पक्राउ परेका चिनियां नागरिक वाङ वेएको साथबाट भारी मात्रामा अवैध बोधिचित्त फल (माला) बरामद भएको छ । महानगरीय प्रहरी बृत्त लौनचौरकाअनुसार उनको साथबाट ४८.५ केजी वोधिचित्त फल बरामद भएको हो । जसको बजार मुल्य करिब एक करोड पर्ने बताइएको छ । बृत्तको डीएसपी सोमेन्द्रसिंह राठोरकाअनुसार चिनियां नागरिक वाङले उक्त बोधिचित् ... read more...

  • 'तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु'

    काठमाडौं, १५ असार । महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिकोत्सवका अवसरमा कार्यालयले तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु रहेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखापरीक्षक टंकमणि शर्माकाअनुसार ५४ औं प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो, ५५ औं प्रतिवेदनका लागि पांच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ । महालेखा परीक्षकको कार्यालयका अनुसार वर्षौंदेखिको बेरुजु फछ्र् ... read more...

  • बहुउद्देश्यीय सेवासहित 'होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट' सञ्चालनमा

    पोखरा, १२ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । होटलका साथसाथै भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा हुने बताइएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालन सम्वन्धमा जानकारी दिने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ ... read more...

  • अब लामो तथा छोटो दूरीका सवारी साधनमा ईन्टरनेट सेवा

    काठमाडौँ, १२ असार । नेपालमा ट्याक्सीहरुमा ईन्टरनेट राख्नु पर्ने माग उठिरहेका बेला पहिलो पटक नेपालभर लागू हुने गरी सार्वजनिक यातायातमा ईन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा यो सेवा उपलब्ध भएको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले काअनुसार सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सञ्चालनमा आएको हो । उनकाअनुसार मुलुकभर सञ्चा ... read more...

  • केडियाको यति कार्पेट ईन्डस्ट्रिजमा आगलागी, करोडौंको क्षति

    भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । शनिबार मध्यरातिबाट लागेको आगलागी आइतबार बिहान मात्र नियन्त्रणमा आएको थियो । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रसहित उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरेका थिए । रातभर आगलागी निय ... read more...

  • मुख्यसचिव बन्ने दौडमा सञ्जन भन्दा खराब अगाडी

    काठमाडौँ, ३ असार । मुख्य सचिवको पदमा दुई व्यक्तिको प्रतिस्पर्धा प्रमुख हुने भएको छ । मुख्यसचिव सोमलाल सुवेदी आफ्नो एक वर्षे कार्यकाल बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक बनेर जाने भएपछि बरिष्ठताका आधारमा अन्य दुई जनाबीच भिडन्त हुने भएको हो । सुवेदीलाई सरकारले बर्षौसम्म कराडौं लगानी गरे पनि जिम्मेवारी छाडेर फरार हुन लाग्दा समेत उनलाई रोक्ने सम्वन्धित न ... read more...

  • इन्धनको मूल्य घट्यो

    काठमाडौँ, २ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १.५० घटाएको बताएका हुन् । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य  १०१.५० रुपैयाँ रहेको थियो । त्यस्तै, डिजेल र मट्टितेलको मूल ... read more...

  • मेलम्चीको पाइप राख्दा विद्युत् आपूर्तिमा समस्या

    काठमाडौँ, ३० जेठ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौँ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।  प्रवक्ता अधिकारीले भने, 'मेलम्ची आयोजनाको काम गराइले का ... read more...

  • आयोजनाले जथाभावी गर्न थालेपछि त्रासमा मेलम्चीवासी

    मेलम्ची, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयबासीका लागि भने पिडा भएको छ । आयोजनाले मनलाग्दी गर्न थालेपछि स्थानियबासीलाई पिडा थपिएको हो । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फालेपछि त्रसित भएका हुन् । सुरुङबाट निस ... read more...

  • ट्राफिक महाशाखाद्धारा ३० करोड राजश्व संकलन

    काठमाडौं, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेव्रा क्रसिङबाट बाटो नकाट्नेलाई ‘दुई सय जरिवाना’ अभियान विवादास्पद बनिरहेको बेला व्यापक राजश्व संकलन भएको छ । ट्राफिक महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मा ३० करोड ३० लाख ५२ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन गरेको बताएको छ । महाशाखाका अनुसार उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवार ... read more...