• +977 9841468702
  • info@cpostnews.com

अर्थ

  • संरक्षक नै थुनिएपछि एनसेलले तिर्‍यो १३ अर्ब ६० करोड

    काठमाडौँ, २१ जेठ । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएकै दिन निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ । उनको गिरफ्तारीबाट आत्तिएको आइतबार नै एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजी ... read more...

  • महानिर्देशक शर्मालाई अनुसन्धान गर्न एक हप्ताको म्याद 

    काठमाडौँ, २१ जेठ । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान ... read more...

  • पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

    काठमाडौँ, २१ जेठ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका लागि दर्ता गर्न सो विभाग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्थालाई परिमार्जन गरी रु पाँच अर्बसम्मका उद्योगलाई विभागबाटै स्वीकृत हुने व्यवस्था गर ... read more...

  • प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

    काठमाडौँ, १९ जेठ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच आज विद्युत् खरिद सम्झौता भएको छ । लमजुङ, भुलभुलेमा अवस्थित ४०।२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाईंबीच हस्ताक्षर भएको हो । सम्झौतानु ... read more...

  • महानिर्देशक शर्माको पक्राउपछि वित्तिय माफियालाई तनाब

    काठमाडौं, जेठ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तारिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । विवादास्पद शर्माले काठमाडौं जिल्ला प्रशासनमा हुँदा राजधानीका कुख्यात डन, तस्कर र मेनपावर व्यवसायीलाई हतियार राख्ने ईजाजतपत्र दिएका थिए । सम्पत्ति शुद्धिकरणमा रहँदा हैसियत भन्दा बढि कमाउने अपराधिहरुको मुद्दा तामेलीमा राखेर रकम असुलेको उनीमाथि आरोप थियो । पछिल्लो समय आन्तरिक रा ... read more...

  • लुक्ला विमानस्थलबाट तानिए केन्द्र प्रमुख कुँवर

    सोलुखुम्बु, १७ जेठ । गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ । विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको हो । मौसम निकै खराब हुँदाहु ... read more...

  • ट्राफिकको रकम असुल्ने अभियानविरुद्ध सर्वसाधारण आक्रोशित

    काठमाडौं, १७ जेठ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रुलाई कारबाही गरेको खबर सार्वजनिक भएपछि पक्ष–विपक्षमा वहश सुरु भएको छ । ट्राफिक प्रहरीले जेव्राक्रसिङ नभएको ठाउँबाट बाटो काट्ने र सडकमा जथाभावी हिड्नेलाई कारवाही गर्ने पूर्वघोषित कार्यक्रमअनुसार कारवाही थालेपछि यो वहश सुरु भएको हो । सर्वसाधारण यात्रुसँग रकम असुल्ने अभियानको समर्थन र विरोधमा सामाजिक सञ्जाल फेसवुक ... read more...

  • विश्वसम्पदा ‘बौंद्ध स्तुप’ को अस्तित्व संकटमा

    काठमाडौं, १६ जेठ । विश्व सम्पदा ‘खतरा’ सूचिमा परेको ‘बौद्ध स्तुप’ को अस्तित्व संकटमा परेको छ । बौंद्धनाथ क्षेत्र विकास समिति र मेलम्ची घ्याङ गुठीको लापरबाहीका कारण सम्पदा संकटमा परेको हो । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको बौंद्ध स्तुपमा डिजिटल ‘रंगीन डिस्ल्पे स्क्रिन’ बोर्ड राखेपछि त्यसको ब्यापक विरोध भएको छ । ऐतिहासिक र पुरातात्विम महत्व राख् ... read more...

  • बेनीलाई पर्यटकीयस्थल बनाउने नगरप्रमुखको घोषणा

    म्याग्दी, १६ जेठ । बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहासिक र धार्मिकस्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने बताएका छन् । नगर प्रमुख हरिकुमार श्रेष्ठले महारानी, शिवालय, बेनी कोत, गलेश्वर, भगवती, लक्ष्मीनारायणलगायतका मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न प्राथमिकता दिने बताए । म्याग्दी र कालीग ... read more...

  • यस्तो छ सरकारद्धारा सार्वजनिक बजेट (पूर्णपाठ)

    काठमाडौँ, १५ जेठ । सरकारले आव २०७४/७५ का लागि रु १२ खर्र्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण बजेटमा विनियोजित रकममध्ये चालु खर्च आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ  तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर ... read more...

  • काठमाडौंदेखि भक्तपुरसम्म अब साझा यातायातको सेवा

    काठमाडौँ, १० जेठ । नीजिस्तरको एकाधिकार तोड्दै साझा यातायातले आफ्नो सेवा काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । यात्रुको सुविधालाई मध्यनजर गर्दै विस्तार गरिएको सेवाले सम्पूर्ण यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ । साझाले यसअघि काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ । स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम् ... read more...

  • छाडा चौपायाका कारण किशान भए हैरान

    कैलाली, ३ जेठ । कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् । दिनभर छाडा रूपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका खानेकुरा खाइदिनुका साथै किसानको बारीमा लगाएको तरकारी फलफूल खाएर सखाप पारीदिएको कृषकले गुनासो पोख्दै आएका छन् । तरकारी खेतीलाई प्रमुख व्यवसायका रूपमा खेती गर्दै आएका कृषकका तरकारीबारी ... read more...

  • तस्करीको सामान मीना बजारमा छ्यापछ्याप्ती

    वीरगन्ज, ३ जेठ । छुटकर तस्करको सञ्जाल बढदै गएपछि वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बढ्दै गएको छ । सुनदेखि नुनसम्म पाइने मीना बजारका व्यापारीको माग अनुसार तस्करले सीमा पारी भारतको रक्सौल बजारबाट दैनिक उपभोग्य समान ल्याउने गरेका छन् । तस्करले दैनिक रु १० लाख भन्दा बढी मूल्यका समान सााझ परेपछि व्यापारीलाई बुझाउने गरेकाले भन्सार समेत प्रभावित हुन पुगेको छ । नजिकै सामुदायिक प्रहरी बिट भए पनि तस्कर ... read more...

  • भारतीयलाई 'चालक इजाजतपत्र' छाप्न नदिन सर्वोच्चको आदेश

    काठमाडौं, २९ वैशाख । चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारले चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्न भारतीय कम्पनीलाई दिने तयारी गरिरहेकै बेलो सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीशद्धय केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिँदै ... read more...

  • मालपोतमा ८२ हजार सेवाग्राही अनलाइन सञ्जालमा

    काठमाडौँ, २९ वैशाख । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको छ । मन्त्रालयका अनुसार कलङ्की, डिल्लीबजार, चाबहिल तथा ललितपुर, भक्तपुर, धादिङ काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, मोरङ, पर्सा, कास्की, बाग्लुङ, बाँके, चनौली, खैरहनी ... read more...

  • 'एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता'

    काठमाडौँ, २५ वैशाख । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन्  । माले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नं २१ स्थित लगनमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बता ... read more...

  • ‘काँग्रेसले आर्थिक क्रान्ति गर्छ’

    काठमाडौं, २३ वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले काँग्रेसले अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने उद्घोष गरेका छन् । उनले भने,‘ काँग्रेसले राजनीतिक क्रान्तिको नेतृत्व मात्र गर्दैन, अब आर्थिक क्रान्तिको नेतृत्व पनि काँग्रेसले नै गर्छ ।’ नागार्जुन नगरपालिकामा काँग्रेसका उम्मेदवारहरुलाई भोट माग्ने क्रममा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताए ... read more...

  • प्रचण्डका प्यारा महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस

    काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणी शर्माको नाम महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरिएको छ । बुधबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो । परिषद्ले सचिव शर्माको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको छ । उमेर हदका कारण भानुप्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षकको पद लामो समयदेखि रित्त थियो । अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव लिएक ... read more...

  • पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

    खोटाङ, १७ वैशाख । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो । चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूप ... read more...

  • पदमार्ग निर्माण

      बाबियाचौर (म्याग्दी), १७ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने पदमार्ग निर्माण गरेको हो । ठेक्कामार्फत रु १२ लाखको लागतमा ४५० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको डिभिजन ... read more...