• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • विश्व बैंकले नेपाल सरकारलाई दियो ५४ अर्ब रुपैयाँ ऋण

    काठमाडौँ । विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड-१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने परियोजनाका निम्ति बैंकले उक्त रकम आज स्वीकृत गरेको हो । नागढुङ्गा-नौबिसे-मुग्लिन सडकखण्डको सुधार तथा कमला-ढल्केवर-पथलैय ... read more...

  • दिपायल विमानस्थलमा सेनाको जहाजले गर्‍यो 'परीक्षण उडान'

    डोटी । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलट सुवर्ण बिष्टको टोलीले मङ्गलबार पहिलो पटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको राजपुर ब्यारेकले जनाएको छ । सेनाको जहाजले एयरपोर्टको पूर्वी तथा पश्चिमी मोहडाबाट दुईपटक परी ... read more...

  • सर्लाहीका ६० सञ्चारकर्मीहरुको कोरोना विमा

    सर्लाही । कोरोना भाईरस (कोभिड-१९) बाट नेपालमा पनि सञ्चारकर्मीहरु संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा सर्लाहीको मलङ्ग्वा नगरपालिकाले जिल्लाका ६० जना सञ्चारकर्मीहरुको कोरोना विमा गरिदिएको छ । नगरपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखामा आवद्ध रहेका ४१ जना सञ्चारकर्मी र सर्लाहीस्थित विभिन्न सञ्चार गृहमा कार्यरत रहेका १९ जना सञ्चारकर्मी गरि जम्मा ६० जना सञ्चारकर्मीहरुक ... read more...

  • साढे दुई महिनापछि एकैपटक सुनको मुल्य १० हजार ४ सयले बढ्यो

    काठमाडौं । नेपाल सुन चाँदी ब्यवसायी महासंघले साढे दुई महिनापछि तोकेको सुनको मुल्यमा एकैपटक तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । जारी 'लकडाउन' का कारण ठप्प सुन चाँदीको मुल्य आइतबार तोकिएको हो । आइतबार तोकिएको मुल्यमा सुनको प्रतितोला मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि चैत १० गते अर्थात ठिक 'लकडाउन' सुरु भएको अघिल्लो दिन सुनको मुल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो । साढे दुई महिनापछि ... read more...

  • स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित साह समातिए

    पर्सा । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिश्वाले स्रोत नखुलेको करिब साढे २२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । २२ लाख ४६ हजार स्रोत नखुलेको रुपैयाँसहित पक्राउ पर्ने पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर-५ भौराटारका २० वर्षीय प्रकाश साह हुन् । साहले चढेर आएको ना ४३ प २८०२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा छिपहरमाई गाउँपालिका-४ बञ्जारीबाट उक्त रकम बरामद भएको हो । उनले मोटसाइकलको ट्यांकीमा  & ... read more...

  • राजश्वको अर्को नाटक: मुलुक ठप्प, कर तिर्न पुनः ७ दिनको म्याद थप

    काठमाडौं । आन्तरिक राजश्व विभागले फेरि अर्को नाटकमञ्चन गरेको छ । विभागले पुनः सार्वजनिक सूचना निकाल्दै कर बुझाउने मिति असार ७ गतेसम्म थप गरेको जानकारी गराएको छ । यसअघि विभागले मंगलबार जेठ २५ गतेभित्र कर तिरी सक्नुपर्ने र नतिरे जरिवाना लाग्ने भन्दै सार्वजनिक सूचना निकालेपछि त्यसको सर्वत्र विरोध भएको थियो । यो दौरानमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कर नतिर्न भद्र अवज्ञा गर्नुपर्ने भन्दै सरका ... read more...

  • ब्यवसायीक घरानाका मालिकमा जुवाको लतः समातिए हाइप्रोफाइल ९ जना जुवाडे

    काठमाडौं । कमलादीस्थित एक बुटिक होटलमा जुवा खेलिरहेका 'हाइप्रोफाइल' जुवाडेलाई काठमाडौं प्रहरीले सोमबार राति पक्राउ गरेको छ । जुवा खालबाट नेपालकै चर्चित धनाड्य ब्यापारी घरानाका सञ्चालक तथा मालिक पक्राउ परेका छन् । कमलादास्थित 'गनगोर रिजेन्सी बुटिक होटल' मा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ छापा मार्न पुगेको थियो । सो क्रममा जुवा खालबाट 'हाइप्रोफाइल' ९ जना जुवाडे रंगेहात पक्राउ परेका ... read more...

  • अलपत्र परेका २३५ यात्रु बोकेर सिओल फर्कियो कोरियन एयर

    काठमाडौँ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ । उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात ... read more...

  • एनआईसी एसियाको एटिएम फुटाएर चोरी गर्न लाग्दा तामाङ समातिए

    भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले एटिएम फुटाएर नगद चोरी गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । उनलाई भक्तपुर प्रहरीले एनआईसी एसिया बैंकको एटिएम फुटाएर नगद चोरी गर्न लागेको अवस्थामा गएराति पक्राउ गरेको हो । एटिएम तोडफोड भइरहेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ... read more...

  • बजेटको आकार १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ

    काठमाडौं । सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका छन् । उनले संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्षको कुल बजेटको आकार १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ रहेका जानकारी गराए । उनले कुल विनियोजन बजेटमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४.४ प्रतिशत, पुँजीग तर्फ ३ खर्ब ... read more...

  • रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर विभिन्न रेगलमार्ग निर्माणका लागि उक्त रकम विनियोजन गरेको जानकारी गराए । चालु आर्थिक बर्षमा पनि रेल विभागले ७ अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व-पश्चिम रेलमार्गको डिपिआर तयार गरिसकेको छ ।  ... read more...

  • बिपद ब्यवस्थापन समितिलाई मेडिकल सामाग्री हस्तान्तरण

    सिन्धुपाल्चोक । उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले जिल्लाको बिपद ब्यवस्थापन समितिलाई अत्यावश्यक मेडिकल सामाग्री सहयोग गरेको छ । सिन्धुपाल्चोक संघले दुई हजार थान मास्क, स्यानिटाइजर ४०, दुई हजार वटा पञ्जा, डिस्पोजल मास्क २५०, पिपिइ ८ थान र एननाइटीफाइभ मास्क ४० पिस हस्तान्तरण गरेको हो । संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले महामारीको समयमा सबैले सकेको सहयोग गर्नुपर्ने बताए ।  ... read more...

  • तातोपानी नाका हुँदै भित्रियो १० कन्टेनर मेडिकल सामाग्री

    सिन्धुपाल्चोक । नेपाली सेनाले चीनबाट ल्याउने भनिएको मेडिकल समाग्रीमध्ये १० कन्टेनर समाग्री आज (शुक्रबार) तातोपानी नाकामा आइपुगेको छ । यसअघि सरकारले कोरोना रोकथामका लागि आवश्यक मेडिकल सामाग्री खरिद गरेर नेपाल ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोही अनुसार सेनाले ल्याएको १० कन्टेनर मेडिकल सामाग्री आज तातोपानी नाका आइपुगेको भन्सार कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । नाका सञ्चालनमा ... read more...

  • ‘लकडाउन’ पछि सुस्ताएको मेलम्चीको काम पहिलेकै गतिमा अघि बढ्यो

    काठमाडौँ । आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् । सरकारले निर्माणजन्य उद्योग खुलाउने निर्णय गरेसँगै अहिले निर्माणस्थलमा आवश्यक सामग्रीको समेत अभाव छैन । लक्ष्यअनुसार आगामी असारमा क ... read more...

  • शुक्रबारदेखि सञ्चालन गर्न पाउने उद्योग तथा ब्यवसाय (सूचीसहित)

    काठमाडौं । सरकारले बिकास निर्माणका काम तथा उद्योगहरुलाई सशर्त खुला गर्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई लम्ब्याउने निर्णय गरेता पनि उद्योग, ब्यवसाय र निर्माणका कामलाई भने सशर्त सुचारु गर्न दिने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार सञ्चालन हुन पाउने उद्योग तथा ब्यसायहरुको सूची निम्न लिखित रहेको छ ।  १. खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु२. दुध तथा ... read more...

  • स्रोत नखुलेको १७ लाख ९० हजार रुपैयाँसहित दुई समातिए

    सर्लाही । सशस्त्र सीमा सुरक्षा बल मलङ्ग्वाले स्रोत नखुलेको १७ लाख ९० हजार रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक रामललित मण्डल र सहचालक निरज कुमार रहेका छन् । भारतको बिहार राज्य, सितामढी जिल्लाको मुजेलियाबाट धान बोकेर सर्लाहीको सदरमुकाम मलङ्ग्वामा प्रवेश गर्नैलाग्दा ट्रक र अवैध रकमसहित उनीहरु पक्राउ पक्राउ परेका हुन् । सर्लाहीको भन्सार चेकपोष्टमा सशस्त्र प ... read more...

  • कोरियाबाट विदामा आएका नेपाली कामदारलाई विमान चार्टर्ड गरेर पठाइने

    काठमाडौं । दक्षिण कोरियाबाट विदामा आएका नेपाली कामदारलाई जहाज चार्टर्ड गरेर कोरिया पठाइने भएको छ । वैशाख ३० गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा चार्टर्ड उडान गर्न लागेको हो । आगामी १२ मेका लागि दक्षिण कोरियाको सउल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिपल्ट ८ः ४५ बजे काठमाडौं अवतरण हुनेछ । नेपाली कामदारलाई ... read more...

  • उद्योग सञ्चालनका लागि 'लकडाउन' खुकुलो बनाउने तयारी

    काठमाडौं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो बनाउने तयारी थालेको हो । आर्थिक क्रियाकलापमा केही खुकुलो बनाउने र विभिन्न तीन तहमा विभाजन गरी आवश्यक निर्णयको तयारीमा रहेको उद्योग वाणिज्य तथा ... read more...

  • १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना समातिए, रकम कसको थियो ?

    विराटनगर । मंगलबार भारतको सुपौलबाट आएको एउटा खाली ट्रक चेकजाँचका क्रममा विराटनगर भन्सार कार्यालयले १ करोढ ९ लाख ७९ हजार ५३० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बरामद ५ सय दरका २१ हजार ९५५ थान नोट बरामद गरेको एकीकृत भन्सार जाँच चौकी विराटनगरले जनाएको छ । सुपौलबाट आएको डब्लुबी ७३ ई ७६७५ नम्बर ट्रकको कार्टुनभित्र राखिएको अवस्थामा उक्त रकम बरामद भएको हो । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएर थ ... read more...

  • म्याद गुज्रेको खाद्य गोदाममा प्रहरीको छापा, समातिए पवन मन्धडा

    लहान । इलाका प्रहरी कार्यालय लहानलगायतको संयुक्त टोलीले सिरहाको लहान बजारमा म्याद गुज्रेको खाद्य सामाग्री विक्री गर्ने एक स्टोरमा छापा मारेको छ । मन्धडा इन्टरप्राइजेजको गोदाममा छापा मारेर ५० केजीका २८ बोरा म्याद गुज्रेको मैदा बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीसहितको एक टोली आइतबार उक्त खाद्य गोदाममा छापा मार्न पुगेको थियो । छापा मार्न पुगेको संयुक्त टोलीमा इलाका प्रशासन कार्यालय लहानका प ... read more...