• +977 9843987244
  • info@cpostnews.com

अर्थ

  • आइएमएस केयरको न्यूरोडस्थित सेवा केन्द्र पुनःसञ्चालनमा

    काठमाडौं । आइएमएस केयरले न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा आफ्नो सेवा केन्द्र पुनः सुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न उक्त सेवा केन्द्रले विश्वस्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य अनुरुप पुनः सञ्चालनमा ल्याएको जनाएको छ । उक्त सेवा केन्द्र युविएम वोन, आइएमएसका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ ईलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक प्रणयरत्न स्थापित र आइएमएसकै सिइओ दिकेश मलह ... read more...

  • कमिशनतन्त्रः वाइडबडी पाल्न गाह्रो भएपछि फेरि विक्री गर्ने षड्यन्त्र

    काठमाडौं । हवाई माफियाहरु नेपाल वायुसेवा निगमलाई टाट पल्टाउन लागिपरेको विभिन्न घटनाक्रमबाट पुष्टि भएको छ । उनीहरुले त्यसका लागि पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीको नाम समेत विवादमा ल्याउन थालेका छन् । हवाइ माफियाको डिजाइन अनुसार पर्यटन सचिवमा ल्याइएका मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको नाम लिंदै निगमका सबै जहाज बिक्री गरेर ऋण तिर्ने प्रस्ताव अर्थसमितिको बैठकमा राखेका छन् । संस्कृति, पर्यटन तथा न ... read more...

  • प्रधानमन्त्री ओलीलाई यसरी फसाए ब्यवसायी बैद्यले

    काठमामडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य प्रधानमन्त्री केपी शर्मा ओलीका अघोषित सल्लाहकार जस्तै छन् । विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले ... read more...

  • त्रिअविमा यतिको विमान चिप्लियो, दुई घाईते, बाँकी सवैको सकुशल उद्धार

    काठमाडौं । यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेपछि अहिले उडान-अवतरण ठप्प भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको फ्लाइट नं. एनवाइटी, ४२२ एटीआर ७२-५०० जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु रहेका थिए । चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिअविबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छन् । नेपाल आइरहेका ... read more...

  • ३० हजार बढी अवैध डलरसहित पासाङ त्रिअविबाट समातिए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) बाट ठूलो मात्रामा डलरसहित हङकङ निवासी एक जना नेपाली पक्राउ परेका छन् । त्रिअवि प्रहरी सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्ने ब्यक्ति नेपाल एयरलायन्सबाट हङकङ जान लाग्दै गरेका थिए भने उनी मोरङ जिल्ला मृगौलिया ९ का निवासी पासाङ याल्मो तामाङ हुन् । उनले लुकाएर अवैध रुपमा डलर विदेश लैजान लागेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तामाङको साथम ... read more...

  • धनाड्य ब्यवसायीको कचकचमा फेरियो 'क्यासिनो कानून'

    काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेपाल-भारत सीमा नजिक रहेको नेपालगञ्जस्थित स्नेहा होटलमा अवैध क्यासिनो चलाउन कानुनी प्रावधान नै परिवर्तन गराएकी छन् । त्यसका लागि सत्तारुढ दल र संसदमा रहेका कतिपय दललाई उनले प्रभावमा पारेकी हुन् । यसअघिको कानुनअनुसार उनको होटलमा रहेको अवैध क्यासिनो बन्द हुने अवस्थामा पुगेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चल्दै आएको होटल स्नेहाको क ... read more...

  • संसद सचिवालयभित्र आधा करोड फजुल खर्चको अर्को काण्ड

    काठमाडौं । संघीय संसद सचिवालयभित्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका राजनीतिक नेतृत्वले आर्थिक अराजकता मच्चाएको आरोप लाग्दै आएको छ । त्यही आरोपलाई पुष्टि हुने गरेर फेरि संसद सचिवालयले टेण्डर निस्काशन नै नगरी महँगो लिफ्ट हाल्न शुरु गरिएको छ । संसद भवनको २ नं.भवनमा धमाधम लिफ्ट हाल्ने काम भइरहेको छ । एउटा निजी कम्पनीमार्फत चोरबाटोबाट लिफ्ट हाल्न लागिएको हो । स्रोतका अनुसार लिफ्टको मूल्य ... read more...

  • अब हप्ताको दुई पटक काठमाडौँ-छाङ्सा सिधा उडान हुने

    काठमाडौँ । काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सिधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप-महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ-छाङ्सा सिधा उडान हुने भएको हो । यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वाअन्य एयरपोर्ट प्रयोग गर्नुपर्ने वाध्यता थियो । सीधा उठान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन ... read more...

  • उपत्यकामा इसुजु 'एक्सचेन्ज' अफर सुरु

    काठमाडौं । इसुजु मोटर्सले उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्स प्रालिले एक्सचेन्ज अफर सुरु गरेको छ । असार १२ गतेबाट सुरु भएको उक्त अफर १५ गते आइतबारसम्म टाइम्स मोटर्स बल्खुमा चल्ने छ । उक्त आयोजना अन्तर्गत जुनसुकै ब्राण्डका गाडीहरु इसुजु भिक्रससँग साट्न सकिने कम्पनी निर्देशक दिपकराज गिरीले बताए । इसुजुका पिकअपहरु सवैभन्दा बढी मन पराइएको र सवैभन्दा बढी विक्री हुने लाइफ स्टायल पिकअपका रुपम ... read more...

  • क्लिन फिड विद्येयकप्रति नागरिकको समर्थन सरकारलाई, व्यवसायी चिन्तित

    काठमाडौं । सरकारले राम्रो काम गर्यो भने जनमत सरकारप्रति रहन्छ भन्ने उदाहरण भने 'क्लिन फिड' विद्येयकबाट देखिएको छ । सरकारले ल्याएको क्लिन फिड विद्येयकप्रति सामाजिक सञ्जालभर स्वागत र समर्थन भइरहेको छ । तर सरोकारवाला भने उक्त विद्येयकबाट निकै चिन्तित देखिएका छन् ।क्लि फिड विद्येयक ठिक रहेको भन्दै सरकारले ल्याएको सर्वसाधारण, पेशाकर्मी, कलाकार, सञ्चारकर्मी र विज्ञापन ब्यवसायी सवैले समर्थन जनाइसकेका छन् ... read more...

  • मन्त्रीकै स्वकीयले खोसे ज्ञापनपत्र: सिंहदरबार पुगेका कपास उद्योगी जिल्ल

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएको छ । आक्रोशित उनीहरुले मागको बेवास्ता गरेकाले आफूहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरी महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरुले अवैधानिक कार्यविरुद्ध प्रतिकारमा उत्रन वाध्य हु ... read more...

  • भोलीदेखि इटहरीमा टाटाको कार मेला

    इटहरी । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता ग्लोबल अटो प्रालिको सहकार्यमा सुन्दर नगरी इटहरीमा भोलीदेखि सुरु हुँदै छ । आयोजकका अनुसार उक्त मेला असार ५, ६ र ७ गतेसम्म हुनेछ भने मेला विहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । उक्त कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना हुन लागेको हो ... read more...

  • केरुङ-रसुवागढी नाकामा पुनः सिण्डिकेटः 'तत्काल नहटाए आन्दोलन'  

    काठमाडौं । केरुङ-रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पुनः सिण्डिकेट प्रणाली लागु गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । नेपाल-चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रालि, मिनि गोसाईकुण्ड यातायात प्रालि, पासाङ ल्हामु यातायात प्रालि, मैत्री यातायात प्रालि, सिल्क ट्रान्सपोर्ट प्रालि, ... read more...

  • चलखेल: 'निगमकै लापरवाहीको कारण नेपाल-जापान उडान स्थगित'

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवम् नेपाल वायुसेवा निगम जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाएका छन् । उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनी ... read more...

  • प्राइम र कन्काईबीच सम्झौता

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले दमक-६, थानारोड, झापास्थित केन्द्रीय कार्यालय रहेको 'ख' वर्गको वित्तीय संस्था कन्काई विकास बैंक लिमिटेडबीच एक्विजिसन गर्ने सम्झौता भएको छ । विहिबार विशेष कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले एक हस्त ... read more...

  • नेपाल टेलिकमलाई धरायशी बनाउने सरकारी निर्णय

    काठमाडौं । नेपाल टेलिकममा क्रियाशिल ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषद्को यही जेठ १० गतेको निर्णयप्रति गम्भिर ध्यानाकार्षण गराएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (आधिकारिक ट्रेड युनियन), नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारको उक्त निर्णय ... read more...

  • रकम भ्रष्टाचार हुने जोखिम: सांसदलाई ६ करोडको सर्वत्र बिरोध

    काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट छिरेका सांसदका लागि बार्षिक ६ करोड रकम बिनियोजन भएपछि त्यसको सर्वत्र बिरोध भएको छ । अर्थमन्त्री युवराज खतिवडाले ४ करोडबाट बढाएर उक्त रकम ६ करोड बनाएका हुन्, जुन रकम भ्रष्टाचार हुने जोखिम त्यत्तिकै रहेको छ । संसदबाटै यसको बिरोध हुन थालेको छ । केही सत्ताधारी सांसदले भने बिरोधको अर्थ नभएको बताएका छन् । नेकपाका सांसद योगेश भट्टराईले ... read more...

  • झण्डै ५० अर्बको साम्राज्य सम्हाल्दै चन्दा शेर्पा

    काठमाडौं । यति एयरलायन्सले नयाँ प्रवन्ध निर्देशक (एमड) का रुपमा चन्दा शेर्पालाई पाएको छ । चन्दा शेर्पा स्वर्गीय आङछिरिङ शेर्पाकी धर्म पत्नी हुन् । एयरलायन्सले केही दिनअघि मात्र स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो । यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पाको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि अब उनले बनाएको झण्डै ५० अर्बको ब्यवसायीक साम्राज्यको नेतृत्व ... read more...

  • 'सांसदलाई ६ करोडले पुग्दैन, दश करोड नै चाहिन्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता रहेको औंल्याएका छन् । उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’ अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा क ... read more...

  • 'अबको ६-७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ'

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् । बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । उनले भने,‘अर्को ६-७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ ।’ उनले भने,‘अहिलेको बजेटमा खर्च वृद्धि भएको छ । यो बजेटले खर्चलाई काबुमा राख्न सकेको छैन् । बजेटमा आम्दानीको कुरा जो छ, त्यो बढेको छैन ... read more...