• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • करोडौं अवैध रुपैयाँ टिटीमार्फत भारत पुर्याइयो, छानविनको घेरामा दुई बैंक

    काठमाडौं। अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेष ... read more...

  • १२ बर्षसम्म जीएमआरको कब्जामा माथिल्लो कर्णाली, खारेजीको माग

    काठमाडौं । नेपाल सरकारले तत्काल माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने विभिन्न पार्टी तथा अभियानहरुले माग गरेका छन् । त्यसरी माग गर्नेहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र जनसमाजवादी पार्टी, नेपाल तथा पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद, नेपाल, राष्ट्रिय पूनःजागरण अभियान, ... read more...

  • एनसेल लाभकर काण्ड: सडक-संसद हुँदै महाअभियोगसम्म

    काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर प्रकरणका कारण सरकार मात्र नभई न्यायालय समेत बिबादमा तानिएको छ । एनसेलको २० प्रतिशत सेयरहोल्डर भावनासिंह श्रेष्ठका श्रीमान् सतिशलाल आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा भएको उपचार खर्च ब्यहोरेकाले पनि २०७५ माघ २३ मा लाभकर तिनुपर्ने आदेशका बिरुद्ध रिट दर्ता गरिएको समाचार बाहिर आउँदा समेत प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छैन । जसका ... read more...

  • प्राकृतिक स्रोतमाथि काला ब्यापारी दुगडको दोहन

    ललितपुर । कालोबजारीको अभियोग लाग्दै आएका केएल दुगड समूहले राज्यको नियम कानुनलाई ठाडो चुनौती दिँदै सार्वजनिक वन क्षेत्र उत्खनन् गर्दै आएको छ । अदालतमा कालोबजारीको मुद्दा खेपिरहेको सो समूहले अहिले ललितपुर नल्लु खोलास्थित चुनढुंगा निकाल्न वन अतिक्रमण गर्दै आएको हो ।धादिङमा युनाईटेड सिमेन्ट उत्पादन गर्दै आएको दुगडले ललितपुरस्थित नल्लु खोलाबाट अवैध रुपमा चुनढुंगाको तस्करी गर्दै आएको छ । केही व्यक्तिको ... read more...

  • जब कर्मा तासीको गुद्धारबाट ३८० ग्राम अवैध सुन निस्कियो...

    काठमाडौं । सोमबार राति करिब ८ बजेतिर नेपाल एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । उक्त विमान बैंककबाट त्रिअवि अवतरण भएको थियो । विमान अवतरणसँगै यात्रुहरु हतार-हतार आफ्नो गन्तव्यतिर लागिरहेका थिए । त्यसैक्रममा प्रहरीको नजरमा एक जनामाथि पर्यो । जसको हिडाई अलि असहज थियो । भन्सार र प्रहरीले उनीमाथि शंका गर्दै नियन्त्रणमा लिए । उनलाई तत्काल काठमाडौं मेडिकल कलेज पुर्याइयो । त ... read more...

  • १४ सय ग्राम अवैध सुनसहित त्रिअविबाट तीन जना समातिए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ४ सय ग्राम सुनसहित तीन पक्राउ परेका छन् । हिमालयन एयरलायन्सबाट त्रिअविमा ओर्लिएका एक जना र उक्त अवैध सुन लिन आएका दुई जनालाई प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा होमबहादुर गुरुङ, सुन लिन बाहिर आएका अनिल लुईटेल र भोजराज घिमिरे पनि रहेका छन् । दोहाबाट हिमालयन एयर हुँदै ८ः३० बजे त्रिअवि ओर्लिएका गुरुङलाई चेकजाँच गर्दा ... read more...

  • बज्र एण्ड बज्राचार्यको नयाँ ग्राहक योजना:'एक खरिदमा अर्को सित्तैमा'

    काठमाडौं । नेपालीहरुको महान चार्ड बडादशैको उपलक्ष्यमा बज्र एण्ड् बज्राचार्य ईन्टरप्राइजेज्ले नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ । नयाँ ग्राहक योजना अन्तरगत कम्पनीले कुनै पनि ग्राहकले एक कमोडको खरिदमा अर्को कमोड सित्तैमा प्राप्त गर्ने नयाँ योजना ल्याएको हो । ग्राहकले कम्पनीको आउटलेटहरुबाट बाथरुपमा प्रयोग हुने सामानहरु खरिद गर्दा विभिन्न सेवा-सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । बज् ... read more...

  • एनसेलको कर निर्धारण सर्वोच्च कि कर कार्यालयले गर्ने ?

    काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेललाई अर्बौ कर उन्मुक्ति दिने सर्वोच्च अदालतको फैसलाबारे संसदमा कुरा उठेसँगै एनसेलको ठग्ने योजना उदाङ्गिएको छ । बुधवार पूर्वकानूनमन्त्री समेत रहेका सांसद शेरबहादुर तामाङले एनसेल कर विवादमा सर्वोच्च अदालतले दुई मुद्दामा फरक फरक फैसला गरेको भन्दै कडा प्रश्न उठाएका थिए । तामाङले भदौ ९ गतेको सर्वोच्चको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले आयकर ऐनको दफा १२० ... read more...

  • सुन तस्करी गर्ने अनेक कलाः अवैध सुनसहित दुई जना समातिए

    काठमाडौं । सुन तस्करहरुले अनेक उपाय लगाएर सुन तस्करी गरिरहेता पनि प्रहरीले तस्करहरुमाथि निगरानी भने छाडेको छैन् । तस्करहरुले सुन तस्करी गर्न के मात्र सोच्न सक्दैनन् ? त्यसका लागि आज विहान दोहाबाट काठमाडौं उडेको नेपाल एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सुन लिएर सन्तोष कुमार नेपालीलाई पक्राउ परेको घटनालाई हेरे पुग्छ । पोखरा घर भएका ५४ बर्षीय नेपालीलाई भन्सार, अपराध महाश ... read more...

  • एटीएम ह्याक काण्डः ५ चिनियाँ, ३ नेपाली र एक फ्रेन्च नागरिक समातिए

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले एटीएम ह्याक काण्डमा चिनियाँ ह्याकरलाई सघाउने ३ जना नेपालीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेलस्थित रहेका डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरका क्रमशः बेदनाथ लामिछाने र रोशन प्रधान रहेका छन् । उनीहरुले अनाधिकृत रुपमा चार जना चिनियाँको २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए । उनीहरुले सस्तोमा डलर किनेर महंगोमा सटही गर्ने गरेको ... read more...

  • एटीएम ह्याक काण्डः भाग्दा-भाग्दै त्रिअविबाट समातिय छैटौं ब्यक्ति

    काठमाडौं । एटीएम ह्याक काण्डमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भाग्ने तयारीमा रहेका थप एक जना चिनियाँ नागरिकलाई प्रहरीले आइतबार राति पक्राउ परेको छ । पक्राउ पर्नेमा बर्ष ३६ को सु लुसली रहेका छन् । जसले फ्रान्सको राहदानी बोक्ने गरेको प्रहरीले बरामद गरेको पासपोर्टबाट खुलेको छ । उनको साथबाट फ्रान्सेली पासपोर्ट भेटिएता पनि सक्कली वा नक्कली हो भन्ने विषयमा भने थप जाँच भइरहेको प्रहर ... read more...

  • 'भ्रमण बर्ष' को प्रचार गर्दै उद्यमी महिलाको टोली बर्मामा

    काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल (एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्यसहित वर्माको याङ्गनतर्फ प्रस्थान गरेको छ । वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसी नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित उक्त टोली वर्माको याङ्गन भ्रमणमा गएको हो । टोलीले याङ्गनको पाइनओ ओलीन शहरमा अवस्थित नेपाली दुताबासक ... read more...

  • सेजनको अध्यक्षमा गौतम निर्वाचित

    काठमाडौं । शनिबार भएको नेपाल आर्थिक पत्रकार समाज नेपाल (सेजन) को निर्वाचनमा भीमप्रसाद गौतम अध्यक्षमा निर्वाचित भएका छन् । १२० मत प्राप्त गरेका गौतम प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कूल मत २२३ मध्ये ढकालले ११० मत प्राप्त गरेका थिए भने ३ मत भने कसैका लागि पनि नखसको बुझिएको छ । त्यसैगरी, महासचिवमा सुजन ओली, उपाध्यक्षमा सरस्वती ढकाल र सचिवमा कृष्ण रिजाल निर ... read more...

  • माफियाको प्रभावमा मन्त्री-सचिवः ४० लाख पर्ने सामान करोडौंमा खरिद

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका अस्पतालहरुले सधैं एउटै कम्पनीबाट उपकरण खरिद गर्ने क्रममा ठूलो अनियमितता हुने गरेको छ । मन्त्रालय अन्तर्गतका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा करोडौं करोडका उपकरण आपूर्तिको ठेक्का सधैं विशाल पण्डित सञ्चालक रहेको हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड प्रालिले पाउँदै आएका छन् । पण्डितका यी दुई कम्पनीले भित्र्याउने उपकरण उत्पादक कम्पनी ... read more...

  • बार्गेनिङको अड्डा बन्दै शुद्धीकरण: किन राखियो ४ सय ५८ उजुरी तामेलीमा ?

    काठमाडौं । प्रधानमन्त्री कार्यालयमातहत ल्याइसकेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग झन् झन् पंगु हुँदै गएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री हुनासाथ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए । यी तीनवटै विभागलाई प्रभावकारी बनाएर सुशासन कायम गर्ने उद्देश्यले प्रधानमन्त्री मातहत ल्याइएको बताइएको थियो । तर, यत ... read more...

  • सल्बलाए तस्करः ८३ केजी रक्तचन्दनसहित दुई जना समातिए

    काठमाडौं । अवैध रक्तचन्दनसहित नेपाल प्रहरीले दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय बृत्त बौंद्धको संयुक्त प्रयासमा ८३ केजी रक्तचन्दन र १ सय ५० ग्राम यार्सा गुम्बासहित उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको ... read more...

  • 'राजश्व चुहावटलाई दुरुत्साहन गर्न जेल जानुपर्ने व्यवस्था गर्नुपर्छ'

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र आर्थिक अपचलनमा ब्यक्ति कसुरदार ठहरिए आर्थिक दण्डसहित जेल सजाय गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल गर्न मंगलबार बसेको अर्थ समितिको बैठकमा त्यस्तो बताएका हुन् । उनले भने,'राजश्वको चुहावट आर्थिक अपचलन राखेर गरिन्छ । राजश्व चुहावटलाई दुरुत्साहन गर ... read more...

  • एनसेलसँग ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने निर्णय सर्वोच्चद्धारा बदर

    काठमाडौं । एनसेलले ३९ अर्ब रुपैयाँ लाभकर बुझाउनुपर्ने ठूला करदाता कार्यालयको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु क्रमशः तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मलता माथेमा र डा. मनोजकुमार शर्माको बृहतपूर्ण इजलासले उक्त निर्णलाई बदर गरेको हो । गत वैशाख ३ गते ठूला करदाता कार्यालयले उक्त निर्णय गरेकोमा न्यायाधीशहरुको बृहतपूर्ण इजलासले उत्प्रेषणको आदेशबाट ... read more...

  • नक्कली र प्रतिबन्धित भारतीय नोटसहित तीन जना समातिए

    पर्सा । जिल्ला प्रहरी कार्यालय वीरगञ्जले प्रतिवन्धित दुई हजार दरका २ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज प्रहरीले भारतको बिहार वैशालीथाना लालगञ्जपोष्ट बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई पक्राउ गरेको हो । प्रहरीले मिथलेश कुमारलाई वीरगञ्ज महानगरपालिका-१६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रतिबन् ... read more...

  • सीटीइभीटीको करोडौं बजेट हिनामिनाः टुलुटुलु हेर्दै अख्तियार

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत कार्यालयहरुमा ठूलो मात्रामा बजेट हिनामिना भएको छ । (सीटीइभीटीका शिक्षालय र प्रदेश कार्यालयहरुले बजेट ब्यापक रुपमा दुरुपयोग गरेका हुन् । सीटीइभीटीको प्रदेश २ र वीपी पोलिटेक्नीक धनुषाको नाममा राष्ट्रिय बाणिज्य बंैक धनुषा शाखामा जम्मा भएको रकम दुबै तर्फ गरी ९३ लाख रकम मात्र झिकेको भनिएपनि यथार्थमा २ करोड झिकिएको सीटीइभीटी स्र ... read more...