• +977 9841468702
  • info@cpostnews.com

आर्थिक

  • 'तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु'

    काठमाडौं, १५ असार । महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिकोत्सवका अवसरमा कार्यालयले तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु रहेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखापरीक्षक टंकमणि शर्माकाअनुसार ५४ औं प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो, ५५ औं प्रतिवेदनका लागि पांच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ । महालेखा परीक्षकको कार्यालयका अनुसार वर्षौंदेखिको बेरुजु फछ्र् ... read more...

  • बहुउद्देश्यीय सेवासहित 'होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट' सञ्चालनमा

    पोखरा, १२ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । होटलका साथसाथै भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा हुने बताइएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालन सम्वन्धमा जानकारी दिने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ ... read more...

  • अब लामो तथा छोटो दूरीका सवारी साधनमा ईन्टरनेट सेवा

    काठमाडौँ, १२ असार । नेपालमा ट्याक्सीहरुमा ईन्टरनेट राख्नु पर्ने माग उठिरहेका बेला पहिलो पटक नेपालभर लागू हुने गरी सार्वजनिक यातायातमा ईन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा यो सेवा उपलब्ध भएको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले काअनुसार सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सञ्चालनमा आएको हो । उनकाअनुसार मुलुकभर सञ्चा ... read more...

  • केडियाको यति कार्पेट ईन्डस्ट्रिजमा आगलागी, करोडौंको क्षति

    भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । शनिबार मध्यरातिबाट लागेको आगलागी आइतबार बिहान मात्र नियन्त्रणमा आएको थियो । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रसहित उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरेका थिए । रातभर आगलागी निय ... read more...

  • मुख्यसचिव बन्ने दौडमा सञ्जन भन्दा खराब अगाडी

    काठमाडौँ, ३ असार । मुख्य सचिवको पदमा दुई व्यक्तिको प्रतिस्पर्धा प्रमुख हुने भएको छ । मुख्यसचिव सोमलाल सुवेदी आफ्नो एक वर्षे कार्यकाल बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक बनेर जाने भएपछि बरिष्ठताका आधारमा अन्य दुई जनाबीच भिडन्त हुने भएको हो । सुवेदीलाई सरकारले बर्षौसम्म कराडौं लगानी गरे पनि जिम्मेवारी छाडेर फरार हुन लाग्दा समेत उनलाई रोक्ने सम्वन्धित न ... read more...

  • इन्धनको मूल्य घट्यो

    काठमाडौँ, २ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १.५० घटाएको बताएका हुन् । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य  १०१.५० रुपैयाँ रहेको थियो । त्यस्तै, डिजेल र मट्टितेलको मूल ... read more...

  • मेलम्चीको पाइप राख्दा विद्युत् आपूर्तिमा समस्या

    काठमाडौँ, ३० जेठ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौँ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।  प्रवक्ता अधिकारीले भने, 'मेलम्ची आयोजनाको काम गराइले का ... read more...

  • आयोजनाले जथाभावी गर्न थालेपछि त्रासमा मेलम्चीवासी

    मेलम्ची, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयबासीका लागि भने पिडा भएको छ । आयोजनाले मनलाग्दी गर्न थालेपछि स्थानियबासीलाई पिडा थपिएको हो । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फालेपछि त्रसित भएका हुन् । सुरुङबाट निस ... read more...

  • ट्राफिक महाशाखाद्धारा ३० करोड राजश्व संकलन

    काठमाडौं, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेव्रा क्रसिङबाट बाटो नकाट्नेलाई ‘दुई सय जरिवाना’ अभियान विवादास्पद बनिरहेको बेला व्यापक राजश्व संकलन भएको छ । ट्राफिक महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मा ३० करोड ३० लाख ५२ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन गरेको बताएको छ । महाशाखाका अनुसार उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवार ... read more...

  • संरक्षक नै थुनिएपछि एनसेलले तिर्‍यो १३ अर्ब ६० करोड

    काठमाडौँ, २१ जेठ । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएकै दिन निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ । उनको गिरफ्तारीबाट आत्तिएको आइतबार नै एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजी ... read more...

  • महानिर्देशक शर्मालाई अनुसन्धान गर्न एक हप्ताको म्याद 

    काठमाडौँ, २१ जेठ । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान ... read more...

  • पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

    काठमाडौँ, २१ जेठ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका लागि दर्ता गर्न सो विभाग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्थालाई परिमार्जन गरी रु पाँच अर्बसम्मका उद्योगलाई विभागबाटै स्वीकृत हुने व्यवस्था गर ... read more...

  • प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

    काठमाडौँ, १९ जेठ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच आज विद्युत् खरिद सम्झौता भएको छ । लमजुङ, भुलभुलेमा अवस्थित ४०।२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाईंबीच हस्ताक्षर भएको हो । सम्झौतानु ... read more...

  • महानिर्देशक शर्माको पक्राउपछि वित्तिय माफियालाई तनाब

    काठमाडौं, जेठ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तारिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । विवादास्पद शर्माले काठमाडौं जिल्ला प्रशासनमा हुँदा राजधानीका कुख्यात डन, तस्कर र मेनपावर व्यवसायीलाई हतियार राख्ने ईजाजतपत्र दिएका थिए । सम्पत्ति शुद्धिकरणमा रहँदा हैसियत भन्दा बढि कमाउने अपराधिहरुको मुद्दा तामेलीमा राखेर रकम असुलेको उनीमाथि आरोप थियो । पछिल्लो समय आन्तरिक रा ... read more...

  • लुक्ला विमानस्थलबाट तानिए केन्द्र प्रमुख कुँवर

    सोलुखुम्बु, १७ जेठ । गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ । विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको हो । मौसम निकै खराब हुँदाहु ... read more...

  • ट्राफिकको रकम असुल्ने अभियानविरुद्ध सर्वसाधारण आक्रोशित

    काठमाडौं, १७ जेठ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रुलाई कारबाही गरेको खबर सार्वजनिक भएपछि पक्ष–विपक्षमा वहश सुरु भएको छ । ट्राफिक प्रहरीले जेव्राक्रसिङ नभएको ठाउँबाट बाटो काट्ने र सडकमा जथाभावी हिड्नेलाई कारवाही गर्ने पूर्वघोषित कार्यक्रमअनुसार कारवाही थालेपछि यो वहश सुरु भएको हो । सर्वसाधारण यात्रुसँग रकम असुल्ने अभियानको समर्थन र विरोधमा सामाजिक सञ्जाल फेसवुक ... read more...

  • विश्वसम्पदा ‘बौंद्ध स्तुप’ को अस्तित्व संकटमा

    काठमाडौं, १६ जेठ । विश्व सम्पदा ‘खतरा’ सूचिमा परेको ‘बौद्ध स्तुप’ को अस्तित्व संकटमा परेको छ । बौंद्धनाथ क्षेत्र विकास समिति र मेलम्ची घ्याङ गुठीको लापरबाहीका कारण सम्पदा संकटमा परेको हो । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको बौंद्ध स्तुपमा डिजिटल ‘रंगीन डिस्ल्पे स्क्रिन’ बोर्ड राखेपछि त्यसको ब्यापक विरोध भएको छ । ऐतिहासिक र पुरातात्विम महत्व राख् ... read more...

  • बेनीलाई पर्यटकीयस्थल बनाउने नगरप्रमुखको घोषणा

    म्याग्दी, १६ जेठ । बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहासिक र धार्मिकस्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने बताएका छन् । नगर प्रमुख हरिकुमार श्रेष्ठले महारानी, शिवालय, बेनी कोत, गलेश्वर, भगवती, लक्ष्मीनारायणलगायतका मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न प्राथमिकता दिने बताए । म्याग्दी र कालीग ... read more...

  • यस्तो छ सरकारद्धारा सार्वजनिक बजेट (पूर्णपाठ)

    काठमाडौँ, १५ जेठ । सरकारले आव २०७४/७५ का लागि रु १२ खर्र्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण बजेटमा विनियोजित रकममध्ये चालु खर्च आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ  तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर ... read more...

  • काठमाडौंदेखि भक्तपुरसम्म अब साझा यातायातको सेवा

    काठमाडौँ, १० जेठ । नीजिस्तरको एकाधिकार तोड्दै साझा यातायातले आफ्नो सेवा काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । यात्रुको सुविधालाई मध्यनजर गर्दै विस्तार गरिएको सेवाले सम्पूर्ण यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ । साझाले यसअघि काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ । स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम् ... read more...