• +977 9841468702
  • info@cpostnews.com

अर्थ

  • गौचनका हत्यारा तत्काल पक्राउ नपरे मुलुक ठप्प पार्ने महासचिवको चेतावनी

    भक्तपुर, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेका छन् । महासचिव देउजाले भने.'अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर आन्दोलनको घोषणा हुनेछ ।' महासचिव देउजाले सरकारलाई चेतावनी दिंदै बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरे महासंघले मुलुकभर आन्दोलन गर्ने र विकास निर्माणलगायत क ... read more...

  • भ्रष्टाचार रोक्ने अचुकमन्त्र: सांसद गुरुङद्धारा 'सार्वजनिक महत्वको प्रस्ताव' दर्ता

    काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका चर्चित नेता तथा सांसद धनराज गुरुङले व्यवस्थापिका संसदमा मुलुकको भ्रष्टाचार न्यून गर्न विद्युतीय मुद्रा प्रणाली हुनुपर्ने भन्दै 'सार्वजनिक महत्वको प्रस्ताव' दर्ता गएका छन् । भ्रष्टाचार विरोधी अभियानमा निरन्तर रहेका सांसद गुरुङले मुलुकमा विद्यमान भ्रष्टाचार रोक्न सो प्रस्ताव 'अचुकमन्त्र' हुने भन्दै प्रस्ताव दर्ता गरेका हुन् । उनले मुलुकमा जताततै भ्रष्टाचार मौलाए ... read more...

  • दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आठ अर्बको सवारीसाधन नेपाल भित्रियो

    वीरगञ्ज, ९ असोज । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार चालु आवको साउन, भदौ महिना ... read more...

  • मासिक ८० लाख मूल्य बराबरका छुर्पी संकलनपछि अमेरिका निर्यात

    इलाम, ७ असोज । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिका निकासी गर्दै आएका छन् । छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा ... read more...

  • सिप्रदी ट्रेडिङमा कार्यरत महर्जनको गाडी सुन तस्करीमा प्रयोग

    काठमाडौं, ४ असोज । महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुनका थप आरोपीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँच जनामध्ये भारतीय नागरिक पनि रहेका छन् । पक्राउ पर्नेमा दार्चुला जिल्लाको काँटे गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौंको न्यूरोडस्थित रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गरी बस्ने ४२ वर्षीय गणेशदत्त वडु रहेका छन् । उनको पसलबाट १० लाख ८२ हजार नेपाली रुपैयाँ, ८ हज ... read more...

  • २० अर्बको सरकारी सम्पत्ति हडप्न राधेश्याम सराफ सक्रिय

    काठमाडौं, ४ असोज। । मुलुककै ठूलो पाँचतारे होटल हायात को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोजेको खुलेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो । कुल लगानीमध्ये निजी साझ ... read more...

  • टेलिकमले ल्यायो मोबाइलमै फिल्म र टिभी हेर्न सकिने सुविधा

    काठमाडौं, ३ असोज । नेपाल टेलिकमका ग्राहकले अब लाइभ टिभी, मूभी र विभिन्न विधाका भिडियो एवं एफएम मोबाइलबाटै हेर्न सक्ने सेवा विस्तार गरेको छ । टेलिकमका अनुसार सो सुविधा प्राप्त गर्नका लागि मोबाइल एप्स ‘वाउटाइम’ डाउनलोड गर्नुपर्ने छ । एप्स ‘वाउटाइम’ मंगलबारबाट सञ्चालनमा आएको टेलिकमले जनाएको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । टेलिकमका अन ... read more...

  • टाटाको अत्याधुनिक शोरुम भैरहवामा

    काठमाडौं, २ असोज । सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको भैरहवामा नयाँ आधिकारिक शोरुम ‘बुद्धम अटोमार्ट’ संचालनमा ल्याएको छ । शोरुमको उद्घाटन भएपछि अब स्थानीय ग्राहकहरुले विक्रीको समय र विक्री पश्चात्का सेवाहरु सहजरुपमा प्रदान गरिने ‘बुद्धम अटोमार्ट’ का प्रतिनिधिले जानकारी दिएका छन् । सिप्रदी ट्रेडिङ्ग प्रालि भारतको सुप्रसिद्ध गाडी निर्माता कम्पनी टाटाको एकमात्र आधिकारिक वि ... read more...

  • मेगा बैंकका अर्यालको रहस्यम मृत्युः मृत्युको कारण खोजिदै

    काठमाडौं, १ असोज । मेगा बैंक लिमिटेडमा कार्यरत सुरभ अर्यालको अचानक मृत्यु भएपछि बैंकमा हलचल छ । अर्यालको मृत्यु पछाडि बैंकका केही जिम्मेवार व्यक्तिहरुको समेत हात रहेको बैंकभित्र चर्चा चलिरहेको छ । रसुवाको स्वाफ्रुवेसी शाखामा कार्यरत अर्याल बुधबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु बारे अहिले धेरै अड्कलबाजी हुन थालेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्य’ हर ... read more...

  • मझौंला उद्योगी-व्यवसायीका लागि टाटाको योद्धा

    काठमाडौं, २९ भाद्र । तपाई खेती किशानी, उद्योगी वा व्यवसायी हुनुहुन्छ ? के तपाईलाई आफ्नो उत्पादन बजारसम्म लैजान समस्या परेको छ ? वा तपाई आफै आफ्नो व्यापार–व्यवसायको प्रवद्र्धन गर्ने इच्छा राख्नु भएको छ ? यदि छ भने टाटा मोटर्स्ले तपाईहरुका लागि सुपथ मुल्यमा टाटा योद्धा बजारमा ल्याएको छ । जसबाट तपाईले आफ्नो सम्पूर्ण ईच्छा पुरा गर्न सक्नु हुनेछ । नेपालका लागि टाटा मोटसर््को एक मात्र आधिकारिक विक ... read more...

  • नेपालमा पहिलो पटक टेक्सटायल एक्पो हुंदै

    काठमाडौं, २७ भाद्र । नेपाल धागो उत्पादक संघले नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटायल एक्पो–२०१७ हुने भएको छ । सो एक्पो भाद्र ३० देखि असोज ३ गतेसम्म भृकुटीमण्डप हुने आयोजकले जनाएको छ । नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ-सुटिङ, निटिङ्ग आदि वस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचारप्रसार एवं विक्री वितरण गर्ने उदेश्यसहित सो आयोजना ... read more...

  • ट्रान्सनको एकैपटक तीन उत्पादन नेपाली बजारमा

    काठमाडौं, २१ भाद्र । विश्व चर्चित मोबाइल उत्पादक एवं कम्यूनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले एकैपटक आफ्नो तीन उत्पादन बजारमा ल्याएको छ । कम्पनीले आफ्नो उत्पादन 'टेक्नो, आईटेल, ओराईमा' लाई नेपाली बजारमा भित्र्याएको हो । तीनै ब्रान्डहरु ट्रान्सन होल्डिङ्गका लागि नेपालको आधिकारिक वितरक महालक्ष्मी मोबाइलले विक्री वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरुका लागि कम्पनीले एक ... read more...

  • ‘ब्राण्डेड चार स्टोर’ मा आपूर्तिमन्त्रीले आंखा लगाएपछि शिलबन्दी

    काठमाडौं, १९ भाद्र । राजधानीको मुटु मानिएको दरबारमार्गका चार ब्राण्डेड स्टोरमा छापा मारिएको छ । छापा मारिएका ति ब्राण्डेड स्टोरले पर्ने मुल्य भन्दा दशौं गुणा बढी मुल्ने लिने गरेका थिए । आपूर्तिमन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले गरेको अनुगमनका क्रममा चर्को मुल्य असुल्ने गरेको भेटिएपछि पुमा, नाइक, विन्ट्ली र स्टोर वानमा शिलबन्दी गरिएको हो । अनुगमनका क्रममा ... read more...

  • 'नाडा अटो शो’ मा रोयल राइडर्सका ‘म्याक फोरटी रोयल’ सार्वजनिक

    काठमाडौं, १५ भाद्र । राजधानीमा सञ्चालन भइरहेको ‘नाडा अटो शो’ मा ‘म्याक फोटी रोयल’ को सार्वजनिक गरिएको छ । सो सार्वजनिक म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रद्री ट्रेडिङले गरेको हो । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सो उत्पादन उच्च ... read more...

  • प्राधिकरण र पिपल्स पावरबीच विद्युत् खरिद सम्झौता

    काठमाडौँ, ५ भदौ । नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा रु ८।४० र वर्षाकालमा रु ४।८० प्रतियुनिटका दरले प् ... read more...

  • टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज

    काठमाडौँ, ३१ साउन । नेपाल टेलिकमले जिएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज गर्नाका साथै नयाँ महसुल दरसमेत निर्धारण गरेको छ । यो सुविधा आजदेखि आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । 'अब सियुजी सुविधा प्रयोग गरी एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्नेछन ... read more...

  • बच्चाबच्चीको ईच्छा ‘नेपकिड्स’ बाटै पुरा हुने

    काठमाडौं, ३० साउन । नेपालमा अनलाइन सपिङको मागमा बृद्धि भएसंगै बच्चाबच्चीलाई विभिन्न सामान अनलाइन सेवाबाट नै खरिद सकिने ‘नेपकिड्स डटकम’ सञ्चालनमा आएको छ । भर्खरै सञ्चालनमा आएको नेपकिड्स डटकमले बच्चाबच्चीलाई आवश्यक पर्ने हरेक प्रकारका गुणस्तरीय सामान सस्तोमा उपलब्ध गराउने जनाएको छ । नेपकिड्स डटकम सविता श्रेष्ठ र सुमिता महर्जनले सञ्चालनमा ल्याएका हुन् । विशेषगरी, यो अनलाइन सपिङ साईटले &ls ... read more...

  • ‘एमआई ब्राण्ड’ का मोबाइल विक्रेता समूहको डरलाग्दो राजश्व छलि

    काठमाडौं, २७ साउन । नेपालका ठूला व्यापारिक घरानाले सरकारलाई कसरी राजश्व छलि गरिरहेका छन् भन्ने प्रमाण फेला परेको छ । प्रसंग, नेपालमा लोकप्रिय बन्दै गरेको ‘एमआई ब्राण्ड’ मोबाइलको आधिकारिक अधिकृत वितरक शारदा ग्रुपको हो । यतिखेर, एमआई ब्राण्डको मोबाईल नेपालभर वितरण गर्ने अनुमति पाएको आधिकारिक विक्रेता शारदा ग्रुप डरलाग्दो भ्याट छलि प्रकरणमा मुछिएको छ । ग्रुपअन्तर्गत कम्पनीले एमआई ब्र ... read more...

  • नेपाली बजारमा टाटाको ‘टाटा टिगोर’ कार 

    काठमाडौं, साउन २५ । टाटा मोटर्स् एवं नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ पुस्ताको मागलाई सम्वोधन हुने गरी नयाँ ‘स्टाइलब्याक’ टाटा टिगोर कार लञ्च गरेको छ । उत्पादक कम्पनीले चुस्त र अत्याधुनिक मोडलका कारण टाटा टिगोरले प्यासेन्सजर कार सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरि नयाँ पुस्ताका बढ्दै गएका मागहरुलाई पूरा गर्ने विश्वास लिएको छ । टाटा टिगोर कार १.२ लिटर पेट ... read more...

  • पूर्व अर्थमन्त्री र सभामुखसंगै झुल्किए बैंकिङ कसुरका फरार अभियुक्त

    काठमाडौं, २४ साउन । बैंकिङ कसुरमा फरार रहेका अभियुक्त लक्ष्मीबहादुर श्रेष्ठ पूर्वअर्थमन्त्री बर्षमान पुन र सभामुख ओनसरी घर्ती मगरका साथ देखिएका छन् । बैकिङ कसुरमा फरार रहेका अभियुक्त श्रेष्ठले केही दिन पहिले सामाजिक सञ्जाल फेसवुकमा पूर्वअर्थमन्त्री  र सभामुखसंगै बसेको तस्बिर सार्वजनिक गरेका थिए । विगत लामो समयदेखि उनलाई खोजी गरिरहेको बताएता पनि प्रहरीले उनलाई भेट्न नसकेको बताउं ... read more...