• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • प्रचण्डको अभिब्यक्ति विवादमा, सामाजिक सञ्जालभर तीब्र आक्रोश

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने बताएपछि विवादमा तानिएका छन् । शुक्रबार राति प्राइम टेलिभिजन सँगको अन्तर्वार्तामा उनले कांग्रेस, जसपा र आफूहरू सम्मिलित तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने धारणा सार्वजनिक गरेका थिए । अन् ... read more...

  • चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई प्रयोगका लागि अनुमति प्रदान

    काठमाडौं । चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले बुधबार अनुमति प्रदान गरेको छ । बिभागले विज्ञप्ती जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जनाएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ । ... read more...

  • ‘केटू’ हिमालको सफल आरोहण गरी फर्किए १० नेपाली आरोही

    काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित स ... read more...

  • कलिलो उमेरमै उपराधको धुनियाँमा प्रवेश, यसरी पक्राउ परे तीन युवक

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिभिन्न ब्यक्तिलाई फोन, एसएमएसमार्फत धम्क्याउँदै असुली धन्दामा सक्रिय ३ जना युवालाई पक्राउ गरेको छ । जसको उमेर मात्र १९ देखि २१ बर्ष रहेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ् गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौं असन बस्दै आएका १९ वर्षीय प्रदीप कार्की, दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ घर भइ काठमाडौंको असन बस्ने १९ वर्षीय सुरज भ ... read more...

  • यसरी तोडियो परम्परा, कोरोना संक्रमितको शव उठाउँदै महिला

    काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुई वटा महिला समूह पनि सधैँ त ... read more...

  • सर्लाहीको मलंगवामा यसरी सम्पन्न भयो दाईजो बिना नै आदर्श विवाह

    सर्लाही । गत सोमवारका दिन सर्लाहीको सदरमुकाम मलगंवामा दाइजो प्रथालाई चुनौती दिदै आदर्श विवाह सम्पन्न भएको हो । मलंगवा नगरपालिका वडा नं. ९ निवासी राजिनन्द महतोको छोरी पुजा कुशवाहा र सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. २ निवासी हरिलाल मेहताको छोरा अशोक मेहताबीच आदर्श विवाह सम्पन्न भएको हो । तराईमा जरो गाडेको दाइजो प्रथालाई चुनौती दिदै बेहुला अशोक मेहताले स्वघोषणा आदर्श विवाह गरेका हुन् । तराई मधेशमा ... read more...

  • विस्तारै लयमा फर्कंदै राजधानीको पर्यटकीय स्थल 'ठमेल'

    काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जह ... read more...

  • यो वर्ष जाडोमा औसतभन्दा बढी नै तापक्रम रहने अनुमान

    काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिइन् । सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तामक्र ... read more...

  • महिलालाई मित्रताको पासो फालेर १० लाख ठगी, समातिए रुपचन्द्र

    स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना महिलासँग १० लाख रुपैयाा ठगी गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नमबर-४ का २७ वर्षीय रुपचन्द्र पाण्डे रहेका छन् । उनले बिदेशमा रहेका आफ्नो परिवारका सदस्य गम्भीर बिरामी भएको भन्दै आफूलाई ठूलो समस्यामा परेका देखाएर ती महिलालाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  यसरी भएको थिय ... read more...

  • खाता खोल्न भन्दै वडा सदस्यले उठाए रकम (भिडियोसहित)

    सिन्धुपाल्चोक । वृद्ध भत्ताको खाता खोल्न भन्दै बाह्रबिसे नगरपालिका वडा नम्बर-५ का वडा सदस्य रामजित तामाङले गाउँका बृद्धाहरुबाट एक-एक हजार रुपैयाँका दरले उठाएको खुलासा भएको छ । वडासदस्य तामाङले बैंकमा भत्ता लिनको लागि खाता खोल्दा एक हजार लाग्ने भन्दै आफूबाट पैसा लिएको पीडित दावालामु तामाङले बताइन् । रामजितले बैंकमा पैसा लाग्छ भन्दै हामीलाई पैसा मागेपछि आफूले दिएको उनले बताइन् । उनले भनिन्, 'वडासदस् ... read more...

  • रोकियो यो बर्षको ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

    काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका-५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिए । जात्रा न ... read more...

  • वाकीटकी सेट बोक्ने 'नक्कली प्रहरी' सक्कली प्रहरीको फन्दामा

    काठमाडौं । प्रहरीको सञ्चार सेट (वाकीटकी) बोक्ने एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर-६ घर भई हाल काठमाडौं टोखा नगरपालिका बानियाँटार बस्ने गोविन्द खड्का रहेका छन् ।  खड्कालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   प्रहरीले उनको साथबाट दुई वटा सेटसहित ट्राफिक प्रहरीको यूनिफर्म ... read more...

  • प्राधिकरणमा घिसिङलाई पुनः नियुक्ती नदिए विकल्प 'हितेन्द्र देव'

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ती नदिएपछि अहिले निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । १२ औं तहका कोइराला प्राधिकरणको अर्थ निर्देशनालयमा उपकार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । अहिले विद्युत प्राधिकरणमा करिब १३ हजार कर्मचारी रहेका छन् । तीमध्ये एनइए ईन्जिनियरिङ कम्पनीमा प्रवन्ध सञ्चालक तथा प्राधिकरणका उपकार् ... read more...

  • तस्करीको अवैध बालुवा अरनिको राजमार्गमै डम्पिङ (भिडियोसहित)

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेताहरुकै संरक्षणमा मात्र नभई जिल्ला समन्वय समितिका प्रमुखकै मिलेमतोमा नदीजन्य पदार्थको तस्करी भइरहेको खबर सार्वजनिक भए । त्यति मात्र होइन, राजश्व छलि गरेको विलबिजक पनि सार्वजनिक भयो । तैपनि सम्वन्धित निकायको ध्यान तस्करी रोक्नमा नगएको स्थानियबासीको आरोप छ । प्रहरीले समाउँदै जिल्ला समन्वय समितिलाई बुझाउने तर समितिले बालुवा तस्करहरुलाई फर्जी कागजात तयार पारेर छाड्दै ... read more...

  • नयाँ रुट, तस्करीको तरिका पुरानो नै, सशस्त्रको मिलेमतो

    रुपन्देही । नेपालबाट तस्करी गरि लगेको ८४ बोरा अनुदानको मटरदाल भारतीय एसएसबीले भदौ १३ गते सीमावर्ती बजार ठोठरीबाट नियन्त्रणमा लियो । त्यस अघि नवतनवाबाट नेपाल ल्याउदै गरेको प्रतिबन्धित लागूऔषधसहित दुई नेपालीलाई भारतीय प्रहरीले केहिबेर नियन्त्रणमा लिएर ८० हजार रुपैयाँ लिएर उम्कायो । भदौ २० गते राति ११ बजे सम्मरीमाई गाउपालिका-७ हर्दीबाट साईकलमा बोकेको ३५ हजार रुपैयाँ मुल्य बराबरको ६ क्वीन्टल बेवारिसे ... read more...

  • क्षणभरमै अस्पताललाई यसरी बनाइयो रणभूमि (भिडियोसहित)

    काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर-१ रानीबनमा बिहिबार भलिबल खेल्ने क्रममा दुई युवा समूहबीच झडप हुँदा चार जना घाइते भए । उनीहरुलाई उपचारका लागि स्वयम्भुस्थित मनमोहन अस्पतालको आकस्मिक कक्षमा लगियो । त्यसपछि आक्रोशित अर्को समूह अस्पतालमै छिरेर घाइतेहरुमाथि जाइलाग्यो । उक्त समूह अस्पतालमै छिरेर कुटपिट गर्ने क्रममा अस्पतालको भौतिक सम्पत्तिमा समेत क्षति पुग्यो भने उनीहरुले अस्पतालका सुरक्षा गार्ड, ... read more...

  • यसरी थिच्यो भत्काउँदै गरेको भवनले स्काभेटर र चालकलाई (भिडियोसहित)

    काठमाडौं । बिहिबार दिउँसो सुन्धारास्थित रहेको सञ्चयकोषको भवन अर्थात काठमाडौं मल को 'बि' ब्लक भत्काउने क्रम चलिरहेको थियो । सो क्रममा भवनको विम पुरै भत्किएर स्काभेटर र चालक दुवैलाई थिच्न पुगेको थियो । भवनले थिचिएका घाइते २४ बर्षीय चालक विष्णुकुमार साहलाई तत्काल उद्दार गरेर अस्पताल पठाइएको थियो । उक्त भवन सुन्धारास्थित धरहरा निर्माण गर्ने क्रममा भत्काइएको थियो । उक्त भवन भत्काउँदा एकैपटक ढलेर चालक र ... read more...

  • नियम विपरित ‘कामु’ लेखा प्रमुख यादवको कोषमा निरन्तरता

    भैरहवा । लुम्बिनी विकास कोषले कायमु कायम (कामु) लेखा प्रमुख रहेका नवल किशोर यादवलाई नियम बिपरित पुनः कायमुकाम लेखा प्रमुखको जिम्मेवारी दिइएको छ । बरिष्टताको आधार मान्दै लेखा प्रमुखमा गत ०७६ बैशाखमा जिन्सि फाँटका अधिकृत यादवलाई विकास कोषको व्यवस्थापनले टपक्क टिपेर कामु लेखा प्रमुखको जिम्मेवारी दिएको थियो । यादवलाई कामु दिँदा नै विकास कोषको व्यवस्थापन पक्षले नियम विपरित फरक फाँटका कर्मचारीलाई आफू अन ... read more...

  • 'पुदिना, तुलसी, गुर्जोको सेवनले रोगसँग लड्ने शक्ति बढाउँछ'

    काठमाडौ‌ं । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना-१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना-१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिप ... read more...

  • 'होम आइसोलेशन' मा बसेका आठ जनाले यसरी जिते कोरोनालाई

    कास्की । पोखरा महानगरपालिका-५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उनमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’ को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’ मै बसे । दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबा ... read more...