• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • विवाद उत्कर्षमाः नेपाल तरुण दलको अध्यक्ष बस्नेत कि शाही ?

    काठमाडौं । यतिखेर, नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्ष को भन्ने विवाद देखा परेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले संगठनको नीति, सिद्धान्त र आचरण विपरित काम गरेको भन्दै महासचिव भूपेन्द्रजंग शाहीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरे । महासचिव शाहीले पनि अध्यक्ष बस्नेले मनोमानी ढंगले एकलौटी निर्णय गर्दै हिँडेको, भूकम्प पीडितको नाममा उठेको लाखौं रुपैयाँ हिनामिना गरेको र संग ... read more...

  • १०२ बर्षअघि बनेको एशियाकै पहिलो सुरूङमार्ग 'चुरिया' (भिडियोसहित)

    काठमाडौं । जब प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा-सिस्नेखोला २.३ किलो मिटिर लामो सुरूङमार्गको शिलान्यास गरे । शिलान्याससँगै एशियाकै पहिलो सुरूङमार्ग चुरियाको चर्चा चुलिएको छ । जुन नेपालमै रहेको छ । प्रधानमन्त्री ओलीले उक्त सुरूङमार्गको शिलान्यास गर्दै भने, ‘सडक तथा बाटामा यो (नागढुंगा टनेल) पहिलो टनेल हो । राजमार्ग र बाटोको सन्दर्भमा पनि यस प्रकारको टनेलको सुरुआत गरेका छौं । योजना, प्रवि ... read more...

  • 'प्रचण्ड' का प्यारा ठेकेदार, जसले नगरकोट जाने बाटोलाई 'नर्क' बनाए

    भक्तपुर । सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउन नेपाल सरकार नै जोडतोडले अघि बढिरहेको छ । त्यसका लागि नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई दिनरात खटिरहेका छन् । भ्रमण बर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरको मुख्य पर्यटकीयस्थल नगरकोट भने घाम लाग्दा ‘धुलाम्मे र पानी पर्दा हिमाम्मे’ मा सिमित छ । त्यो पनि विगत ६ बर्षदेखि । सरकारको अहिले यहाँ कुनै ध्यान पुग्न सकेको छैन । नत पर्यटनमन्त्री भट्टराई ... read more...

  • इँटाभट्टामा जिउँदै जलाएको अपराध जसले भने ‘कपोकल्पित घटना’

    काठमाडौं । ६४ चैत, संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह ९पिन्टु० पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए । भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले सा ... read more...

  • एनआरएन नवौं निर्वाचन: कमजोर नेतृत्व अनि लाजमर्दो यि ६ काण्ड

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को अक्टोबार १५, १६ मा हुने भनिएको निर्वाचन विवाद र काण्डैकाण्डले रोचक मात्र नभई आलोचित बन्न पुगेको छ । निर्वाचनमा देखिएका तथा सार्वजनिक भएका मात्र ६ काण्डबारे यहाँ छोटकरीमा चर्चा गरिएको छ । काण्ड नम्बर १ः  जब एनआरएनको निर्वाचनका लागि विश्वभरबाट नेपालमा प्रतिनिधिहरुको आउनेक्रम सुरु भयो । तब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै विवाद लफडा सुरु भएक ... read more...

  • एनआरएनएः महतोले खडा गरे, घलेले बलियो बनाए, भट्टले सकाए

    काठमाडौं । संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन बहिष्कार गरे । कारण हो-संघमा चरम राजनीतिकरण । अध्यक्ष भवन भट्ट जसले आफू नभई पत्रकार सम्मेलन गरेको भन्दै पुनः आफ्नो उपस्थितिमा पत्रकार सम्मेलन हुनुपर्ने भन्दै कार्यसमिति रहेका पदाधिकारीलाई झपारेपछि पुनः पत्रकार सम्मेलन भयो । सम्मेलनमा भाग लिन आएका केही प्रतिनिधि त्रिभुवन अन्तर्राष ... read more...

  • फरक कथा, पात्र फरक तर नाम एउटै, जसको मुलुकभर चर्चा छ

    काठमाडौं । अहिले मुलुकमा दुई पारसको निकै चर्चा छ । एउटा पारस त्यस्ता चम्किला तारा हुन् जसले नेपाली क्रिकेटलाई सदा झलमल बनाउने काम गरे । ओरालो लागेको नेपालको क्रिकेट यात्रालाई सदैव ईमान्दारीपूर्वक आफ्नो दायित्व निभाएर मर्न दिनबाट बचाए । उनै पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको निलम्बन फकुवाको सुःखद् खबर बाहिरिएसँगै कठोर निर्णय लिए-त्यो हो नेपाली क्रिकेट टोलीको कप्तानी निभाउँदै आएको जि ... read more...

  • एनआरएनए निर्वाचनः आचार्य (काँग्रेस) भर्सेस पन्त (नेकपा) भिडन्त

    काठमाडौं । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित संसारभर छरिएर रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । नवौं विश्व सम्मेलन सम्पूर्ण तयारी सकिएको महासचिव बद्री केसीले जानकारी गराए । विभिन्न मुलुकबाट १ हजार ५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् भने १३ सय भन्दा बढीले आफ्नो नाम दर्ता गराएको महासचिव केसीले जानकारी दिए । काठमाडौंस्थित र ... read more...

  • शक्तिशाली उनी को हुन् जो सीको स्वागतमा विमानसम्म पुगिन ?

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने राजकिय भ्रमणमा नेपाल आइपुगेका बेला उनी चढेको विमान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उनको स्वागतमा पुगेकी अर्की एक महिलाप्रति ब्यापक चासो बढेको छ । कारण हो-उनी राज्यको कुनै तह र तप्कामा रहेकी छैनन् । तर उनलाई प्रोर्टोकल मिचेर राष्ट्रपति सीको स्वागतमा पठाइएपछि उक्त विषयले चर्चा पाएको हो । शन ... read more...

  • थलीमा आगलागी, यसरी पड्कियो ग्याँस सिलिण्डर (भिडियोसहित)

    काठमाडौं । शनिबार बेलुका कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर-५, थलीस्थित ठूलो आगलागी भएको छ । यद्यपि उक्त आगलागीमा कुनै पनि मानविय क्षति नभएको महानगरीय प्रहरी बृत्त बौंद्धले जनाएको छ । प्रहरीका अनुसार स्थानिय गायत्री पौडेलको जग्गामा बनेको टहरामा आगलागी भएको थियो । टहरामा बसोबास गर्ने परिवार भने बडादशैं मनाउन सिन्धुपाल्चोक घर गएको बुझिएको छ । उक्त आगलागीबाट लत्ताकपडा र खाद्य पदार्थमात्र जलेको अनुमा ... read more...

  • 'लिपुलेकमा गरेको गल्ती सच्याउनुपर्छ, नत्र चीन र भारतमा फरक देखिन्न'

    काठमाडौं । भारतीय दादागिरी र हेपाहा प्रवृत्ति विरुद्ध जहिले लड्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले लिपुलेकका विषयमा नेपाल सरकारले चीनसँग बार्ता गर्नुपर्ने बताएका छन् । नेपालको सीमा मिचिएका सम्वन्धमा खुला रुपमा बोल्दै आएका अध्यक्ष नेपालले चीनले गरेको गल्ती पनि सच्याउन माग गरे । उनले प्रश्न गर्दै भने, 'सन् २०१५ को मे १५ मा चीन भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नर ... read more...

  • यसरी हुनेछ राष्ट्रपति सी को 'त्रिअवि टु सोल्टी' कारगेड सडक यात्रा

    काठमाडौं । भोली अर्थात शनिबार अक्टोबर १२ निकै महत्वपूर्ण हुने छ । किनकी चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणमा शनिबार अपरान्ह भारतको चेन्नईबाट विशेष चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा उत्रनेछन् । नेपालमा एक रात विताएर आइतबार मध्यान्ह मात्र उनी बेइजिङ फर्किने छन् । २३ बर्षपछि हुन लागिरहेको चिनियाँ यो भ्रमण अहिलेसम्मकै उच्चस्तरिय हो । त्रिअविमा ... read more...

  • ठिक आजैका दिन अर्थात एक हप्ताअघि रोशनी महराबाट लुटिएकी थिइन्

    काठमाडौं । 'यौन काण्ड' मा मुछिएका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आजै पक्राउ गर्ने संभावना बढेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेका महराविरुद्ध शुक्रबार किटानी जाहेरी परेपछि उनलाई पक्राउ गर्ने तयारी भएको बुझिएको छ । महराले आफूमाथि बलात्कार गरेको आरोप लाग्ने वित्तिकै पदबाट किस्ताबन्दीमा राजीनामा दिएका थिए । यद्यपि महराले आफूले बलात्कार न ... read more...

  • महरालाई जेलमा सडाउने पीडित शाहीको त्यो किटानी जाहेरी

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध महानगरीय प्रहरी बृत्त बानेश्वरमा पीडित रोशनी शाहीले जवरजस्ती करणी मुद्दा दायर गरेकी छन् । रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएपश्यात् अब महरामाथि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले आफूलाई महराले बलात्कार गरेको आरोपसहितको खबर सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएता पनि अनुसन्धान अघि ... read more...

  • अनेक काण्डमा बेचे महरा, यौन काण्डले सकायो

    काठमाडौं । गत २०६७ भदौं १८ गते कृष्णबहादुर महराको अडियो काण्ड सार्वजनिक भयो । त्यसमा एक चिनियाँ नेतासँग महराले ५० जना सांसदलाई खरिद गर्न ५० करोड रुपैयाँ आवश्यक भएको भन्दै डिल गरेका थिए । जुन अहिले पनि यूट्यूबमा सुन्न सकिन्छ । जसले उनलाई निकै ठूलो विवादमा तान्यो । महरा जतिबेला सञ्चारमन्त्री थिए, त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रका ज्वाँई राजबहादुर सिंह र अजय सुमार्गीलाई फ्रिक्वेन्सी दिलाउने काण्डमा प ... read more...

  • यौनकाण्डः रक्सी, बदाम र काजुसँगै सभामुखले होस गुमाउँदा पद धरापमा

    काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि गम्भीर प्रकृतिको आरोप लागेको छ । महराले आफू मातहत नै कार्यरत एक कर्मचारी महिलालाई बलात्कार गरेको आरोप संसद सचिवालयमा कार्यरत ती महिलाले लगाएकी हुन् । ती महिलाको श्रीमान घरमा नभएको बेला आफूसँगै रक्सी, काजु र बदाम पनि लिएर महरा उनको कोठमा पुगेको र त्यससपछि उनलाई पनि जवरजस्ती रक्सी पिलाएका थिए । रक्सी पिएपछि ती महिलालाई महराले जवरजस्ती गरे, उनले प्रतिकार गरिन पन ... read more...

  • रक्षामन्त्री पोखरेलको कपाल काट्नेलाई पनि समाजसेवी भन्दै पदक

    काठमाडौं । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ । यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ। यसपटक विदेशी नागरिकलाई गरिएको पदकसम्बन्धी सिफारिस विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्डविपरीत पाइएको छ । नेपालमा कुनै पनि योगदान नगरेका तर प्रधानमन्त्री केपी शर्म ... read more...

  • विश्वको सवैभन्दा ठूलो झुटः 'भारतले विश्वलाई बुद्ध दिएको छ, युद्ध होइन'

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र होइन, सारा विश्वलाई थाहा छ कि बुद्ध नेपालमा जन्मिएका थिए र बुद्धले बुद्धत्व भारतमा पाएका थिए । तैपनि उनले फेरि विश्व समुदायलाई भ्रम छरिरहेको प्रमाण भेटिएको छ । उनले संयुक्त राष्ट्र संघीय महासभालाई सम्वोधनका क्रममा भने,'भारतले विश्वलाई बुद्ध दिएको छ, युद्ध होइन ।' यो भन्दा ठूलो झुट विश्व समुदायलाई केही पनि हुन सक्दैन, सायद । उनको झुटलाई जत ... read more...

  • डन पूर्वमन्त्री गुप्ताद्धारा आफैले विक्री गरेको घर कब्जा, गुप्ता खोज्दै प्रहरी

    काठमाडौं । उच्च अदालत पाटनले अपहरण तथा शरिर बन्धक मुद्दामा १० वर्ष कैद सजाय तोकेपछि फरार रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले आफैंले बिक्री गरेको घर पुनः कब्जा गरेका छन् । राजनीतिक आवरणमा गुण्डागर्दी, अपहरण र फिरौतीको धन्दा चलाउँदै आएका गुप्ताले आफैंले विक्री गरेको घर पुनः कब्जा गरेर खरिदकर्तालाई विचल्ली पारेका हुन् । कुनै बेला सांसद र आपूर्तिमन्त्री समेत रहेका गुप्ता जतिबेला ब्यापारी पवन संघाई ... read more...

  • मेलम्ची प्रकरणः 'भुक्तानीको ग्यारेन्टी भएन, दशैंपछि पुनः आन्दोलन'

    सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका मजदुर तथा स्थानिय ठेकेदारहरुले भुक्तानीको ग्यारेन्टी नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । आयोजनाबाट पाउनुपर्ने बाँकी रकमको माग गर्दै दुई हप्ता बढी आन्दोलन गरेका मजदुर र स्थानिय ठेकेदारहरुले पुनः आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुले आफूहरुले पाउनुपर्ने बाँकी रकम नपाए पुनः आयोजना विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । आयोजनाका मजदुर, स्थानिय ठेकेदार र ... read more...