• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • पत्रकार श्रेष्ठ दुई घण्टा प्रहरीको नियन्त्रणमाः फोटो-भिडियो डिलिटपछि रिहा

    चितवन । विगत ३ बर्षदेखि पिएनपिखबर डट कममा फोटो पत्रकारका रुपमा कार्यरत मच्छे नारायण श्रेष्ठलाई चितवनमा भइरहेको प्रदर्शनको फोटो तथा समाचार संकलन गर्नेक्रममा प्रहरीले दुव्र्यवहार गरेको छ । फोटा पत्रकार श्रेष्ठलाई नारायणी सामुदायिक अस्पतालको प्राङ्गणबाट अपमान जनक व्यवहार गर्दै पक्राउ गरेर दुई घण्टा नियन्त्रणमा लिइएको थियो । सञ्चारमाध्याममा काम गर्ने परिचयपत्र, प्रेस पास देखाउँदा पनि श्रेष्ठलाई नियन्त ... read more...

  • ‘स्लिपर सेल’ शैलीमा गुण्डा बस्नेतः जेलमा बस्ने, दुबईबाट धम्क्याउने

    काठमाडौं । निर्माण व्यवसायी शरद गौचन हत्याका मुख्य नाईके राजधानीका कुख्यात गुण्डा समिरमान बस्नेतले ‘स्लिपर सेल’ शैलीमा आपराधिक गतिविधि सञ्चालन गरिरहेको रहस्य खुलेको छ । गौचन हत्यालगायत बिभिन्न आपराधिक काण्डमा मुछिएका गुण्डा बस्नेतका एक दर्जन सहयोगी पक्राउ गरेपछि उनको आपराधिक यात्रा ‘स्लिपर सेल’ शैलीमा अघि बढेको देखिएको हो ।  के हो ‘स्लिपर सेल’ ?  स्लिप ... read more...

  • सुध्रिएका पूर्वयुवराज पारस: 'गल्ती भयो होला माफी चाहान्छु'

    काठमाडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भएको घटनाका बारेमा मुख खोलेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकको वालमा लेख्दै उपचारका लागि बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न आफूसँगै विमानस्थल पुगेका छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी देखेपछि होस गुमाएको बताएका छन् । उनले लेखेका छन्,'मैले विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउनैपर्छ । मेरी आमा वायोप्सीका लागि बैँ ... read more...

  • ब्यवसायी फेरि त्रसित: गुण्डा नाइके बस्नेतको जेलभित्रैबाट असुली

    काठमाडौं । निर्माण ब्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्या काण्डका मुख्य नाइके तथा योजनाकार गुण्डा समीरमान बस्नेतले जेलभित्रैबाट फिरौती धन्दा चलाएको रहस्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनका दुई जना सहयोगीलाई फिरौती लिएको अभियोगमा पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ब्यूरोले समीरमान निकट मानिएका पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरी अनुसन्धान अगा ... read more...

  • दुई करोड माग, ज्यान मार्ने धम्की र गोलीमाथि अध्यक्षको राजनीति

    काठमाडौं । दुई करोड नदिए ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न मिलन तामाङ उर्फ लोप्साङलाई शुक्रबार दिउँसो प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लियो । काठमाडौं रानीबारी बस्ने लोप्साङ रामेछाप लिखु गाउँपालिका-७ तिल्पुङका हुन् । ३० वर्षीय लोप्साङलाई बाबुराम भनेर पनि चिनिन्छ । उनी कुख्यात डन रमेश बाहुन हुँदै शुक्रे तामाङको समूहमा आवद्ध रहेका थिए । सोही घटनामा प्रहरीले उनका एक सहयोगीलाई पनि पक्राउ गरे ... read more...

  • सल्बलाए पूर्वराजा ज्ञानेन्द्र, राजावादीको थ्रेटमा 'प्रचण्ड'

    काठमाडौं । केही दिन पहिले नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रले धेरै बकबक गरे नागार्जुन दरबारबाट पनि निकाल्ने अभिव्यक्ति दिए । कारण हो-पूर्वराजा ज्ञानेन्द्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई उचालेर फेरि सत्तामा फर्किन खोजीरहेका छन् । स्रोत भन्छ,‘पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ लाई मात्र होइन, अहिले सरकारको नेतृत् ... read more...

  • एनआइसी बैंकको बदमासी: 'बन्द खाता सुचारु गरेर चेक बाउन्स'

    काठमाडौं । एनआइसी एसीया बैंकले एक जना ग्राहकको बन्द गरिएको खातालाई चालु गराई बद्मासी गरेको फेला परेको छ । बैंकको सोही ‘नियोजित गल्ती’ का कारण एक दम्पत्तीले लामो समय प्रहरी हिरासतमा बस्नु परेको थियो । उच्च अदालत पाटनको फैसलाका आधारमा सो दम्पत्ती हाल भने धरौटीमा रिहा भएका छन् । राष्ट्र बैंकको नीतिविपरित बैंकको डिल्लिबजार शाखाले बन्द गर्नका लागि दिएको निवेदनअनुसार ग्राहकलाई बन्द भइसकेको ज ... read more...

  • विवादित ठेकेदार कम्पनी 'रमण कन्स्ट्रक्सन' पनि कालो सूचीमा

    काठमाडौं । केही दिन पहिले भेरी बबई डाइभर्सन अन्तर्गत दोस्रो प्याकेजको काम हत्याएको विवादित ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । कालोसूचीमा परेसँगै उक्त कम्पनी अब कुनै पनि ठेक्का सम्झौता तथा काम गर्न पाउने छैन । हुलाकी राजमार्ग निर्देशनालयले रमण-पप्पु जेभीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस गरेपछि उक्त कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्य ... read more...

  • हिमानीको पत्रकार सम्मेलनमा आकर्षणको केन्द्र बनिन् पूर्णिका

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा लिखित 'सन्देश संग्रह' विमोचन गरिएको छ । उक्त संग्रहलाई पूर्व युवाराज्ञी हिमानी शाहद्धारा सञ्चालित हिमानी कोषले आज केन्द्रीय कार्यालय बालुवाटारमा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गर्दैै हिमानी कोषकी अध्यक्ष शाहले उक्त संग्रहबाट प्राप्त रकमलाई दैवी उद्धार कोष खडा गरी विभिन्न सामाजिक कार्यमा परिचालन गरिने बताइन । उक्त सन्देश संग्रहमा ०५८ सालदेखि ०७६ सालस ... read more...

  • अख्तियारको आयुक्त बन्न भ्रष्ट र बदनाम सचिवहरुको दौडधुप

    काठमाडौं । साउन महिनादेखि भदौ पहिलो साताभित्र सरकारका ७ सचिवले अवकाश पाउँदैछन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की, खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका विष्णुप्रसाद लम्साल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कृष्णराज बीसी, अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे अवकाश हुँदैछन् । एक महिनाभित्रै अवकाश हुनेमा युवा तथा खेलकुद ... read more...

  • 'जुन धारा भारतीय स्वार्थमा थिए, कार्यान्वयन भए, नेपाल पक्षका काँचै रहे'

    काठमाडौं । आज ३१ जुलाई अर्थात आजकै दिन सन् १९५० मा नेपाल र भारतबीच असमान सन्धि भएको थियो । जुलाई ३१ का दिन भएको उक्त सन्धि नेपालका तर्फबाट तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री मोहनशम्शेर राणा र भारतका तर्फबाट नेपालका लागि तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिन्हाले हस्ताक्षर गरेको थिए । उक्त सन्धि नेपाल भारत शान्ति तथा मैत्री सन्धिको नामले बहुचर्चित छ । ग्रेटर नेपालका अभियन्त ... read more...

  • एकाबिहानै ८९ केजी लागूऔषध गाँजासहित ४ भारतीय समातिए

    पर्सा । ठूलो मात्रामा लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय पर्साले चार जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध गाँजा नेपालबाट भारततर्फ तस्करी गरिरहेको विशेष सूचनाका आधारमा आज विहान कडा चेकजाँच गरेको थियो । सोही क्रममा बीरगञ्ज महानगरपालिका वडा नम्बर-२५ ड्राईपोर्ट बहुअरीस्थित सडकखण्डमा सवारीसाधान चेकजाँच गर्ने क्रममा बिआर २८ जी २७७० नम्बरको बलेरो गाडीबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद ... read more...

  • बुटिक एयरपोर्टको नाममा करोडौं खर्च, ओलीको सपनामाथि घात

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको संरचनामा लैजान २३ करोड रुपैयाँ छुट्याएर धमाधम काम गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली कै चाहनामा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी विमानस्थलाई आकर्षक र सुविधासम्पन्न बनाई पर्यटकलाई आकर्षित गर्न बुटिक एयरपोर्टको अवधारणा ल्याइएको थियो । बुटिक सम्बन्धि कार्यविधि बनाएर कार्यान्वयन पनि भइरहेको छ । विमानस्थललाई बुटिक एयरपो ... read more...

  • अष्ट्रेलियन समातिए, 'नेपालमा बढी बाल यौनदुराचारी फ्रेन्च नागरिक'

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयका कास्कीको संयुक्त पहलमा एक जना यौनदुराचारी पोखराबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा अष्ट्रेलियन नागरिक बेरीम्यान थोमस अल्फ्रेड रहेका छन् । उनी कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिको पाटनस्थित कोठमा भाडामा लिएर बस्दै आएका थिए । उनले विभिन्न बालबालिकालाई विभिन्न प्रलोभन देखाई कोठा ... read more...

  • बौंद्धमा अवैध जुवा अखडाः सञ्चालक र खेलाडी दुबै भीआइपी महिला

    काठमाडौं । केही दिन पहिले महानगरीय प्रहरी बृत्त बौंद्धले महाँकाल पानी ट्याँकीस्थित एक जुवा घरबाट ९ जना जुवाडेलाई पक्राउ गर्यो । जसको सञ्चालिका थिइन्–कान्छीमाया शेर्पा । पहिले घारा टोलस्थित सर्वोच्चका एक कर्मचारीको घरमा उनले जुवा खेलाउने गरेकी थिइन् । उनै कान्छीमायालाई प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको थियो । सोही क्रममा उनले सञ्चालन गरेको अखडामा प्रहरीले छापा मारेर केही दिन पहिले ३ जन ... read more...

  • सुन्दरीको जालमा ब्यवसायीः यसरी समातिए ४० लाख फिरौती माग्ने

    झापा । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले झापाको चारआलीबाट आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-४ भद्रपुर रोड बिजुलीअफिस पश्चिम बस्ने मामाभाञ्जा ग्यारेजका संचालक २९ वर्षीय मेराज खान, सोही नगरपालिका बस्ने सुजन बिक, बिर्तामोड नगरपालिका-२ चारपाने बस्ने ईलाम फाकफोकथुम गाउँप ... read more...

  • नेताको घरदैलोमा पुगेर फर्किए गुप्तचरी संस्था ‘रअ’ प्रमुख गोयल

    काठमाडौं । सुरक्षा निकायका जानकारहरूले नेपालको राजनीतिक गतिविधि भारतअनुकुल नभएको समिक्षासहितको रिपोर्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको दुई सातापछि रिसर्च एन्ड एनालाइसीस विङ (रअ) का नवनियुक्त प्रमूख सामन्तकुमार गोयल नेपाल छिरे । आइतबार त्रिभुवन विमानस्थल हुँदै राजधानी काठमाडौं छिरेका गोयलले नेपालको सत्तारुढ र प्रतिपक्षी दलका नेतासँग भेटी राजनीतिक गतिविधिका विषयमा जानकारी लिँदै सोमबार ... read more...

  • किन आए भारतीय गुप्तचर प्रमुख गोयल सुटुक्क नेपालमा ?

    काठमाडौं । भारतीय गुप्तचरी संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) प्रमुख समान्तकुमार गोयल नेपाल सुटुक्क नेपालमा आएर राजनीतिक भेटघाटलाई तिब्रता दिन थालेका छन् । अचानक नेपाल भ्रमण र उनले राजनीतिक भेटघाटलाई तीब्रता दिएपछि सत्तापक्षका नेता र सरकार भने झस्किएको छ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको प्रमुख र सहप्रमुख तोकेको तोकेकै दिन उनी नेपाल आएपछि गोयल किन नेपाल ... read more...

  • अर्धभूमिगत नेता सिंहको भारतीय राजदूत पुरीसँग 'रहस्यमय भेट'

    काठमाडौं । अर्धभूमिगतको नाटक गर्दै आएका एकता केन्द्र मसालका महामन्त्री मोहनविक्रम सिंहले केहीदिन अगाडि नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग गोप्य वार्ता गरेका छन् । ललिपुरको सानेपास्थित एउटा पार्टी प्यालेसमा महामन्त्री सिंहले भारतीय राजदूत पुरीसँग परामर्श गरेका हुन् । राजदूत पुरीसँगको भेटमा महमन्त्री सिंहसँग उनकी कान्छी पत्नी एवम् सांसद दुर्गा पौडेल पनि साथमा थिइन् । पत्नीसहित रहेका भारती ... read more...

  • डिफ्युजन जारी भएका फरार गुरुङ नेपालमै समातिए

    काठमाडौं । विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार सुरेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा मानवु, ५ माझगाँउवेशीका २४ गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । गुरुङलाई इन्टरपोल दोहा कतारको बोर्डर अध्यागमनको रेकर्डले उनी कतारमा भएको र उनी त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले काठमाडौं ... read more...