• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • क्षेत्रीमाथिको उजुरी रद्दीको टोकरीमा: न छानविन भयो, न पीडितलाई न्याय मिल्यो

    काठमाडौं । नेपाली सेनामा हुने गरेको भ्रष्टाचार काण्डका विषयमा चर्का कुरा गरे पनि प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा पुगेका उजुरीमाथि छानबिन थालेका छैनन् । आफूइतरका सैन्य अधिकारीलाई चेतावनी दिँदै उनले सेनाभित्र हुने कुनै पनि प्रकारका सूचना जथाभावी नचुहाउन कडा निर्देशन दिएका छन् । त्यहि निर्देशन पालना गराउनका लागि उनले जंगी अड्डाकै मातहतमा रहेर आचारसंहिता लागू गरी सप्ताह पनि मनाएका छन् । ... read more...

  • खुलामञ्चमा डोजर चलेपछि भाडामा लिने र दिनेको रुवाबासी

    काठमाडौं । खुलामञ्चमा भएको अतिक्रमण विरुद्ध चौतर्फी विरोध र आलोचना भएपछि काठमाडौं महानगरपालिकाले बाध्य भएर त्यहाँ निर्माण भएका सटर भत्काउन सुरु गरेको छ । शुक्रबार बसेको महानगरपालिकाको बैठकले डोजर चलाएर भए पनि त्यहाँ निर्माण भएका अवैध संरचना हटाउने निर्णयसँगै आज मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा खुलामञ्चमा डोजर चलेको छ । कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वमा आएको टोलीले खुुलामञ्जमा ... read more...

  • माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना नै विद्युत चोरीमा संलग्न

    सिन्धुपाल्चोक । निर्माणाधिन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना नै विद्युत चोरी कार्यमा संलग्न रहेको खुलसा भएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रबाट नै छानविन गर्न गठित समितिले विद्युत चोरी गर्ने आयोजनालाई करिब ८४ लाख रुपैयाँ बराबर जरिवाना तोकेपछि यो विषय बाहिर आएको हो । विद्युत चोरी गरेको भेटेपछि आयोजनाको विद्युत लाइन नै प्राधिकरणले काटेको थियो । विद्युत चोरी विषयलाई लिएर नेपाल विद्य ... read more...

  • राखेपभित्र बेतिथिः 'काम नगर्नेलाई कारबाहीको सट्टा पुरस्कार'

    काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५ औँ वार्षिक प्रतिवेदनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ब्यापक आर्थिक अनियमितता गरेको देखिएको छ । राखेपका सदस्य सचिव केशब विष्टले ऐन नियम विपरित कर्मचारी भर्ना तथा नविकरण नै नभएका विभिन्न खेल सम्वन्धि संघसस्थालाई आर्थिक सहयोग गरेर पदको चरम दुरुपयोग गरेको सार्वजनिक भएको प्रतिवेदनले देखाएको छ । राखेपले नविकरण नै नभएका संघहरुलाई ६४ लाख रुपै ... read more...

  • नेपाली सेनामा आर्थिक बेथितिः गम्भीर अभिलेख तयार पार्दै महालेखा

    काठमाडौं । विकास निर्माणका काममा नेपाली सेनाले चरम आर्थिक बेथिति गरेको प्रतिवेदन २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखा परिक्षकको कार्यालयले सेनाका अन्य भ्रष्टाचारको अभिलेख तयार पारिरहेको छ । महालेखा स्रोतका अनुसार यस बर्ष परेका उजुरीका आधारमा सेनाको राशन, चुल्हो, विस्कुट, लत्ताकपडालगायतका विषयमा भएका भ्रष्टाचारका कारणको अध्ययन जारी राखेको छ । ‘हामी अभिलेख तयार पारिरहेका छौं । ... read more...

  • त्रिविमा चरम आर्थिक बेतिथिः बेरुजु मात्र २१ अर्ब १२ करोड ७२ लाख

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बेरुजु गत बर्षको तुलनामा यो बर्ष झनै डरलाग्दो तरिकाले बढेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएपछि त्रिविमा आर्थिक बेतिथि दिनानुदिन बढेको स्पष्ट भएको छ । महालेखा परीक्षण प्रतिवेदन अनुसार गत वर्षसम्म बाँकी १९ अर्ब ५३ करोड २२ लाख २८ हजार बेरुजुमा गत आर्थिक वर्ष २०७४-०७५ को २ अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु थप भई यो वर्ष २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरु ... read more...

  • यसरी चलिरहेको छ कारगारभित्रै बाट डनत्रयको असुली धन्दा

    काडमाडौं । ज्यान मार्ने उद्योग, हातहतियार र लागूऔषध मुद्दामा सजाय भोगिरहेका चर्चित तीन गुण्डा नाइके यतिबेला एउटै कारागारमा छन् । ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका गुण्डा नाइके समिरमानसिंह बस्नेत, लागूऔषध र हातहतियार मुद्दाका अभियुक्त गुण्डा नाइके रमेश बाहुन र हत्या अभियोगमै सजाय भोगिरहेका रिगल भनिने योग ढकाल संयोगबस हो या योजना अनुसार हो यतिखेर केन्द्रीय कारागार सुन्धारामै छन् । यी तीनै गुण्डा ... read more...

  • खुलामञ्च पनि छाडेनन् भूमाफियाले: सयौं सटर निर्माण, करोडौं घोटला

    काठमाडौँ । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ । संघले पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर भूमाफियाहरुले ब्य ... read more...

  • संगठनलाई नै बदनाम गर्दै अर्बपति बन्ने भूत चढेपछि..

    काठमाडौं । नेपाली सेना ‘कर्पोरेट सेना’ बन्न थालेको आरोप सामान्य भइसकेको छ । उसले आफ्नो सीमा र परिधि पार गर्दै ठेक्कापट्टा, मुलुकका ठूला आयोजनामा हात हाल्न थालेको छ । मानौ, कि कुनै खास ठेकेदार कम्पनी हो । सेनाबाट प्रताडित भएका एक सहायक रथी भन्छन्,‘भ्रष्टाचारको दलदल मात्र छैन, आजभोली नेताका घरमा बोराका बोरा पैसा पुराएर आफू गतिलो देखिने भ्रम पनि छर्न थालिएको छ ।’ ति सहायक रथीक ... read more...

  • ४ जनाको ज्यान लिने विष्फोटलाई ग्याँस पड्केको भन्दै गुपचुप पारियो

    सिन्धुपाल्चोक । चार जनाको ज्यानै जानेगरी भएको विष्फोटको घटनालाई अन्यत्र मोडेर गुपचुप पारिएको रहस्य खुलेको छ । गत चैत्र ११ गते निर्माणाधिन अपर चाकु जलविद्युत आयोजनामा भएको विष्फोटको घटना लुकाएको भन्दै स्थानियले विरोध गरेपछि यो रहस्य बाहिर आएको हो । स्थानियले विरोध गर्दै छानविन गर्न विभिन्न निकायमा उजुरी हालेपछि उक्त विष्फोट काण्ड पुरै शंकास्पद देखिएको हो । यअसघि खाना पकाउने ग्याँसको सिलिण्डर पड्केर ... read more...

  • फ्रान्सेली नागरिक 'लाइभ राउण्ड बुलेट' सहित त्रिअविमा पक्राउ

    काठमाडौं । एक राउण्ड लाइभ बुलेटसहित फ्रान्सेली नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका फ्रान्सेली नागरिकलाई सर्ट गनमा प्रयोग हुने राउण्ड लाइभ बुलेटसहित शनिबार विहान त्रिअविबाट पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षको होल ब्यागेजको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त बुलेट फेला परेको थियो । यसैबीच, नेपाल ... read more...

  • त्रिअविमा खतराः क्याफे शिलबन्दी सदाका लागि कि देखाउन मात्र ?

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी सेवा-सुविधा लिँदै आएका विदेशी मुद्रा तस्कर सुवास श्रेष्ठले सेटिङमै तस्करी गर्ने गरेको रहस्य खुलेको छ । विमानस्थलमा आउने वित्तिकै प्रहरी, भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयनका हाकिमलाई आफ्नो प्रभाव देखाई सेटिङमा अवैध काम गराउँदै आएका श्रेष्ठले नेपाल प्रहरीका स्वच्छ केही अधिकृतहरुलाई खरिद गर्न नसक्दा उनी फन्दामा परेका थिए ... read more...

  • पूर्वजर्सा’बसँग अख्तियार थुरुरुः कालो धन लुकाउन यस्तोसम्म खेल

    काठमाडौं । स्वस्थानी ब्रतकथामा एउटा भनाई छ-ब्रतालुले प्रसादचाहिँ पति भए पति, पति नभए छोरा, छोरा नभए मित छोरालाई दिनू ! त्यो पनि नभएचाहिँ खोलामा बगाउनू । यहि भनाईसँग ठ्याक्क मेल खान्छ, नेपाली सेनाका पूर्वप्रधानसेनापतिको अवैध धन लुकाउने र संरक्षण गर्ने कथा । नेपाल प्रहरी वा सशस्त्र प्रहरीका बाहलवाला र पूर्वप्रमुखको सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले छानबिन गर्न सक्ने कानुनी दायरा भ ... read more...

  • राजसंस्था फ्याँक्न मदन नमान्दा प्रचण्ड बनेका थिए भारतीय तुरुप

    काठमाडौं । नेपालको सार्वभौमिकता र राष्ट्रिय मेलमिलाप भत्काउनका लागि भारतीय प्रशासनले कम्युनिस्ट विचारलाई प्रभावकारी हतियार बनाएका तथ्यहरू सार्वजनिक हुन थालेका छन् । तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धीले नेपाललाई भारतमा बिलय गराउनका लागि राजा महेन्द्रलाई गरेको प्रस्ताव ठाडै अस्वीकार भएपछि भारतीय प्रशासनले नेपालको राजसंस्थामाथि कुटनीतिक आक्रमणको नीति अख्तियार गरेको थियो । नेपाली कांग्रेसका तत ... read more...

  • त्रिअवि भित्रको ‘क्याफे’ विमानस्थल सुरक्षामा प्रमुख खतरा

    काठमाडौं । एक ताका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रा कारोबारीका रुपमा अच्यूत हाडाको नाम बदनामी थियो । अनि अहिले पनि सुन र डलर तस्करीका बादशाहको रुपमा दिपक मल्होत्रालाई लिइन्छ । यि दुई पात्रहरुले एयरपोर्टमा आउने जो कोही प्रहरीका हाकिमलाई नगदले खरिद गरेर एयरपोर्टबाट भए-नभएको सबै काम बैध-अवैध गराउँथे, कसैले गरिरहेका छन् । तर अहिले त्यो भन्दा पनि ठूलो नटवरलालका रुपमा अर्का डलर तस्कर फे ... read more...

  • रोकिएन तस्करीः चैत महिनामा मात्र त्रिअविबाटै करोडौंको सुन बरामद

    काठमाडौं । गत ०७५ चैत्र ९ गते काठमाडौं महानगरपालिका वडा नम्बर-३१ बागबजार स्थायी बतन भएका फहिमुदिन मिँया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित पक्राउ परे । त्रिअविको पार्किङबाट पक्राउ परेका मिँयाले विमानबाट आएका यात्रुहरुसँग सुनको बाला संकलन गर्दै गर्दा ५ वटा (२४९ ग्राम) सुनको बालासहित प्रहरीले पक्राउ गरेको थियो । जसको मुल्या १२,८९,३२२ रुपैयाँ बराबरको रहेको थियो । त्यसलगत्तै चैत ११ गते ... read more...

  • सिभिल अस्पतालमा ब्यापक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

    काठमाडौं । निजामती कर्मचारी अस्पताल अर्थात सिभिल अस्पतालको नामबाट सञ्चालित उक्त अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिभिल अस्पतालभित्र दर्जनौं अवैध काम भएको तथा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेता पनि अख्तियारले छानविन नथालेकोप्रति कर्मचारी रुष्ट भएका छन् । अस्पताल स्रोतका अनुसार ल्याव डिपार्टमेन्टका प्रमुख डा. समिर न्यौपाने, ... read more...

  • इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा करोडौंको सट्टेबाजी

    काठमाडौं । गत हप्तादेखि भारतमा भइरहेको इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा करोडौंको सट्टेबाजी सुरु भएको छ । राजधानीको पर्यटकीय स्थान ठमेल, दरबारमार्गलगायतका ठूला ठूला क्लब र रेष्टुराबाट खुलमखुला सट्टेबाज हुने गरेको स्रोतले बतायो । क्रिकेट बुकी खेलाउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपालमा नेपाली एजेन्टहरुले सट्टेबाजको धन्दा चलाउने गरेका छन् । नेपालबाट हुने यस्ता अवैध कार्यमा प्रहरी ... read more...

  • ताप्लेजुङ दुर्घटना अनुसन्धान गर्न 'एअरबस' लाई जोलीको दबाब

    नयाँदिल्ली । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले ताप्लेजुङमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुनेगरी भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धानको लागि तुरुन्त नेपाल आउन 'एअरबस' लाई दबाब दिएका छन् । २७ मार्च २०१९ मा ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको थियो ... read more...

  • नेपाललाई खोज्दै प्रहरी:'राष्ट्रवादीलाई धरपकड, विखण्डनकारीलाई छुट'

    काठमाडौं । ग्रेटर नेपालको अभियान चलाउँदै आएका अभियन्ता तथा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गर्न फेरी उनको निवासमा पुगेको छ । मोर्चाका अध्यक्ष नेपालका अनुसार एकाविहानै उनको घरमा पोशाकमै ६ जना प्रहरी घरमा आएर अड्डा जमाएको बताए । उनले आफ्नो श्रीमती, छोराले घरमा नभएको प्रहरीलाई जानकारी गराउँदा पनि घरको खानतलासी गरेको भन्दै आपत्ति समेत प्रकट गरे ।  मोर्च ... read more...