• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • भाइरल पोज: 'घुँडा टेकेर टीका थाप्ने ‘प्रजा’ र घुँडा टेकाउने राष्ट्रपति'

    काठमाडौं । संघीय गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका लगाउने क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । शुक्रबारदेखि सुरु भएको टीका लगाएका तस्वीहरुका विषयलाई लिएर राष्ट्रपति भण्डारीमाथि नेपालको 'दोस्रो श्री ५ महाराज' बन्न लालायित भएको भन्दै जनआक्रोश सामाजिक सञ्जालभर पोखिएको छ । राष्ट्रपति भण्डारीमाथि हजारौंले हजारौं तरिका नकारात्मक आचोचना गरिरहे ... read more...

  • 'बुढीगण्डकी' गेजुवालाई दिएपछि यसरी खनिए काँग्रेसका तीन पूर्वमन्त्री

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र उनका प्रभावशाली नेताहरु बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई दिएकोप्रति कडा रुपमा प्रस्तुत भइरहँदा बर्तमान सरकार भने कानमा तेल हालेर सुने-नसुनेझैं गरिरहेको छ । काँग्रेसका प्रभावशाली नेताहरुले गेजुवालाई बुढीगण्डकी आयोजना दिन नहुने भन्दै विरोध जनाउँदै आएका छन् । तर बर्तमान प्रधामन्त्री केपी ओली नेतृत्व सरकारले काँग्रेसको आवाज नसुुनको मात्र नभई दुई तिह ... read more...

  • दलहरु निकम्मा बन्दा पूर्वराजा र राजतन्त्रप्रति आकर्षण बढ्दो

    काठमाडौं । बडादशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउनेको भिड लागेपछि सरकारमा आशिन राष्ट्रपतिद, प्रधानमन्त्री र मन्त्रीहरुमा भने हलचल मच्चिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहकोमा टीका तथा जमरा ग्रहण गर्दै आर्शिवादको थाप्नेको संख्या राष्ट्रपति, प्रधानमन्त्री र अन्य सार्वजनिक ब्यक्तित्वहरुको भन्दा बढि भिड लागेपछि हलचल मच्चिएको हो । पूर्व राजाकोमा टिका थाप्न आज सर्वसाधारणदेखि पूर्वमन ... read more...

  • 'गोप्य कुरालाई गोप्य नै राख्ने हो, सार्वजनिक गर्नु राष्ट्रघात हो'

    काठमाडौं । नेपाल सरकारका पूर्व प्रशासक, कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतले अवकाश पाएपछि आफ्नो आत्मकथा (जीवनी) मार्फत सरकारका अति गोप्य तथा संवेदनशील कुराहरु सार्वजनिक गर्न थालेपछि उनीहरुमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । नेपाली सेनाको गरिमामय पदमा सम्हालेका पूर्वप्रधानसेनापतिहरुले धमाधम आफ्नो आत्मकथा भन्दै पुस्तकमार्फत अति गोप्य र संवेदनशील विषय सार्वजनिक गर्न थालेपछि ब्यापक ... read more...

  • ठोकुवा गरेर भन्छु,'कुनै प्रधानसेनापति सुस्ताको पीडा बुझ्न पुगेको छैन'

    काठमाडौं । सुस्ताको पीडा बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राजधानी आएका सुस्तावासी भेटबिना सुस्ता फर्किएका छन् । प्रधानमन्त्रीलाई भेट्न आएका 'सुस्ता बचाउ अभियान' का अभियन्ताहरूले तत्काल प्रधानमन्त्रीलाई भेट्न नपाएपछि सुस्ताको पीडा, समस्या र तत्काल राज्यले चाल्नुपर्ने कदमलगायतका विषयलाई समेट्दै उनीहरुले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेललाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले गृहमन्त्री ... read more...

  • तस्करहरुको रामराज्य 'मर्चवार', 'दुवै प्रहरीको मिलेमतोमा तस्करी'

    मर्चवार । रुपन्देहीको सीमाक्षेत्रमा रहेको मर्चवारी-४ अमवाबाट असोज १७ गते पक्राउ परेको अवैध सामान प्रहरीको नियन्त्रणबाटै हरायो । जिल्ला प्रहरी कार्यालयबाट खटिका घुमुवा डुगबहादुर खडकाले पक्राउ गरेको एक बोरा फलाम जन्य वस्तु ईलाका प्रहरी कार्यालय मर्चवारको प्रहरी टोलीकै अगाडिबाट हराएको बताईयो । कपडा, औषधि र गाँजासहितका सामानहरु भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ईप्रका मर्चवारले रुपन्द ... read more...

  • भीआइपी जुवा अखडामा यसरी खेल हुँदै थियो (भिडियोसहित)

    काठमाडौं । मुलपानीस्थित तेन्दु शेर्पाको घरमा सञ्चालित भीआइपी जुवा अखडामा महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राति १०.३० बजे छापा हान्यो । एक जना महिलासहित २४ जना जुवाडे पक्राउ परे । प्रहरीले पाएको सूचनाअनुसार उक्त जुवा अखडामा करिब तीन दर्जन मान्छे थिए । तर पक्राउ पर्दा मात्र २४ जना पक्राउ परे भने प्रहरीले छापा मार्न आएको खबर पाएपछि अत्तालिएका दुई जना तीन तलामाथि घरबाट हाम फालेर भाग्न खोज्दा ... read more...

  • 'सीमा रक्षा गर्न नसक्ने सरकार र सुरक्षा अंग सबै विखण्डनकारी'

    काठमाडौं । नेपाली सीमामाथि पटकपटक थिचोमिचो गर्दै आएको भारतलाई सघाउने आफ्नै देशभित्रका दुश्मन भएको भन्दै दिउँसै 'मैन बत्ति बालेर आँखा खोल्न' ग्रेटर नेपालले नापी विभाग अगाडि आज ११ बजे मैन बत्ति धर्ना गर्दैछ । अभियन्ता फणीन्द्र नेपालले नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा कहाँ छ ? एकाएक नेपालको नक्साबाट कहाँ हरायो ? भन्दै नापी विभागका प्रमुख र सरकारलाई प्रश्न सोधेका छन् । नापी विभागको ढोका मिन ... read more...

  • ओझेलमा हिन्दु र बौंद्धधर्मालम्वीहरुको तिर्थस्थल हरिसिद्धदेवी

    सिन्धुपाल्चोक । प्रचारप्रसारको अभावमा पछाडि परेको ताङचोला माहाकाल हरिसिद्धि मन्दिरको वार्षिक पुजा आउँदो असोज २५ गते हुने भएको छ । चारैतिर डाँडाकाँडा र हरियाली मनोरम बातावरणमा रहेको उक्त मन्दिरमा आजभोली भने श्रदालु भक्तजनहरुको भिड लाग्न थालेको छ । सिन्धुपाल्चोकमा भएका शक्तिपिठ मन्दिरहरुमध्ये उक्त मन्दिरलाई ऐतिहासिक र धार्मिक रुपमा निकै लोकप्रिय मानिन्छ । वर्षमा एकपटक मात्र पुजा हुने उक्त मन्दिरको व ... read more...

  • क्यासिनो 'बेलिज' मा किन राखिन्छ रसियन र चाइनिज युवतीलाई ?

    काठमाडौं । विवादास्पद लगानी र सञ्चालकका कारण चर्चामा आइरहने मल्ल होटलमा सञ्चालित 'क्यासिनो बेलिज' मा अवैध धन्दा हुने गरेको खबर प्राप्त भएको छ । क्यासिनो बेलिजमा नियमतित खेल्न जाने एक जुवाडेका अनुसार क्यासिनोका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठ उर्फ 'बाबा' ले चाइनिज युवती ल्याएर जुवाडेको सेवामा लगाउन सुरु गरेका छन् । उनीहरुलाई बेलिज क्यासिनोको अण्डरग्राउण्डमा रहेको कोठाहरुमा बस्ने ब्यवस्था गरिएको छ ... read more...

  • निर्वाचित सांसद बन्ने गौतमको सपनामा यसरी लाग्यो ब्रेक

    काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतम उमेरले ७० बर्ष पुगिसकेका छन् । केहि बर्षदेखि गौतमलाई शरिरले पनि धोका दिँदै आएको छ । यसअघि नै उनी सफ्ट प्यारालाइसिसको शिकार बनिसके । अहिले फेरि उनलाई हड्डी र जोर्नीको समस्या थपिएका कारण उनी दैनिक मेडिसिटी अस्पतालमा पुगेर फियोयो गराइरहेका छन् । तर, उनको यो मुलुक हाँक्ने ईच्छा शक्ति भने जाग्रित छ । अहिले पनि निर्वाचित भइ संसदमा ... read more...

  • पूर्वराजालाई प्रश्नः के लिम्पियाधुराको कागजपत्र यहाँसँग छ ?

    काठमाडौं । नेपालको कालापानी र लिम्पियाधुराको भुभाग भारतले आफ्नो सेना राखेर कब्जा जमाएको छ । सीमाविज्ञहरुले एकनासी नेपाली भुभाग थिचोमिचो गर्ने भारत विरुद्ध आवाज उठाइरहेका छन् । तर नेपाल सरकार र भरौटे नेताहरुले जनताको भावनालाई कदर नगरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई एक राष्ट्रवादी प्राध्यापक तथा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले प्रश्न सोधेका छन्-'के तपाईसँग लिम्पियाधुरासँग सम्वन्धित कागजपत् ... read more...

  • अर्बौंको भ्रष्टाचारमा लेखा समिति मौन, ‘सेनामा जति भ्रष्टाचार कहि हुन्न’

    काठमाडौं । तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नेतृत्व पारदर्शि नभएको तथा भ्रष्टाचारमा ब्याप्त भएको भदै सांसद तथा नेकपाका युवा नेता महेश बस्नेतले संसदमा आवाज उठाए । शशिभवन निर्माणका क्रममा भएको ठेक्का दिँदा ठेकेदार दिपक कुँवर र यादव कुँवरमार्फत करोडौं कमिशन खाएर भ्रष्टाचार भएको भन्दै क्षेत्रीको आलोचना ब्यपाक भयो । त्यसपछि उनको सेनामा हुँदा गरेका भ्रष्टाचार र अकुत सम्पत्तिको खोजविन गर्ने क् ... read more...

  • ‘नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेसँग एकीकरण गरेपछि शान्तिपूर्ण राजनीतिमा आएको सन्देश दिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे नयाँ फन्डा बजारीकरण भएको छ । त्यो हो–उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिने फन्डा । राजनीतिक जीवनको तीन दशकमा दशौं हजारको लासमाथि उभिएर शान्ति प्रक्रिया हुँदै एमालेमा बिलाएका प्रचण्डको राजनीतिक जीवन भने आत्मकेन्द्रित हुँदै गएको छ । परिवारका सबै सदस्यल ... read more...

  • घोषणा हावादारीः 'यस कारण पोर्न साइट बन्द गर्न असंभव'

    काठमाडौं । सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाउने घोषणा गरेको छ । सरकारले रोक लगाउने घोषणा गरेसँगै अहिले उक्त विषय के पोर्न साइट पूर्णरुपमा बन्द गर्न संभव छ वा छैन ? सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले बहस नै सुरु गरेका छन् । कतिपय युवतीले सरकारको उक्त कदमले झन थप बलात्क ... read more...

  • इन्काउण्टर हुनबाट यसरी बेचेका थिए बिखण्डनकारी राउत

    काठमाडौं । स्वतन्त्र मधेश राष्ट्रको अभियान चलाउँदै आएका कथित डाक्टर सिके राउतलाई 'इन्काउण्टर' गर्नुपर्ने आवाज गुन्जिएको छ । संविधान दिवसका दिन जनकपुरमा खुलेआम उनले मधेस साउथ एशियामा नयाँ देश भएको भन्दै घोषणा गरेपछि सामाजिक सञ्जालभर उनलाई इन्काउण्टर गर्नुपर्ने आवाज उठेको हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई जेल हाल्ने सरकारले किन सिके राउतलाई ज्वाई झैं पालिरहेको छ ? ... read more...

  • शशिभवनको ठेक्कामा पूर्वप्रधानसेनापतिलाई ठेकेदारले दिए जग्गा उपहार

    काठमाडौं । ठेकेदार यादव कुँवरले शशिभवन ठेक्का मिलाई दिएबापत भर्खरै अवकाश भएका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई करोडौंको जग्गा उपहार दिएको रहस्य खुलेको छ । ठेकेदार कुँवरले हैटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित शहिद स्मारक गेट अगाडि रहेको ४ कठ्ठा ५ धुर जग्गा आफ्नो श्रीमती विनु कुँवरको नाममा राखेका थिए । सोही जग्गा कुँवरले प्रधानसेनापति श्रीमती रिता क्षेत्रीको नाममा पास गरि ... read more...

  • मानसिक रोगीलाई प्रहरीले नै कुटे, भिडियो बन्यो भाइरल (भिडियोसहित)

    काठमाडौं । सदा झैं विवाद र चर्चामा आइरहने सञ्चारकर्मी दिल निशानीले खिचेको एक भिडियो भाइरल बनेको छ । एक जना मानसिक रोगीलाई स्थानीय र प्रहरी मिलेर कुटपिट गर्दै गरेको बेला खिचिएको भिडियोबाट समाजमा संवेदनशिलता, मानवियता र नैतिकता पतन हुँदै गएको प्रष्ट देख्न सकिन्छ । सोमबार गोंगबुस्थित शिव मन्दिर चोकमा स्थानीयवासीसँगै एक मानसिक रोगीमाथि कुटपिट गरेको भिडियोमा प्रहरीले कुटपिट रोक्नुको सट्टा उल्टै कुटपिट ... read more...

  • नेपाल निर्माण ब्यवसायी महासंघको निर्वाचन, डनवाद कि धनवाद ?

    काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघको ११ औं महाधिवेशन तथा २० औं साधारणसभा असोज ४, ५ र ६ गते काठमाडौंमा हुने निश्चित भएसँगै ब्यवसायीबीच उम्मेदवारी दिने होडबाजी सुरु भएको छ । निर्वाचनमा ब्यवसायीले उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ । त्यसो त, आ-आफ्नो गुटउपगुट बनाउन पनि ब्यवसायी प्रयासरत छन् । बाम गठबन्धनबाट करिबकरिब उम्मेदवार चयन भइसकेको अबस्था छ भने लोकतान्त्रिक खेमाबाट उम्मेदवारको चिनोफा ... read more...

  • ‘जति उपचार गर्दै गयो, उतिनै समस्या थपिदै, निको भइदिए हुन्थ्यो’

    सिन्धुपाल्चोक । एक वर्षअघि खुट्टा सुनिएको समस्या लिएर उपचार गर्न बाह्रविसे अस्पताल आएकी सिन्धुपाल्चोक भोटेकोसी गाउँपालाकी-५ मार्मिङकी बुद्धिमाया तामाङ अहिले मृर्गाैला र मुटुको रोगबाट समस्याग्रस्त छिन् । एक बर्षअघि उनको मात्र खुट्टा सुनिएको थियो, सबैले अस्पताल जान भन्दै सुझाव दिएपछि उनी गत वर्ष कार्तिकमा उपचारको लागि बाह्रविसेस्थित रहेको अस्पतालमा पुगिन् । तर खुट्टाको उपचार गरेपनि निको नभएपछि उनकाी ... read more...