• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • संसदमै उठ्यो 'ग्रेटर नेपाल' को माग: यता खुसीयाली, उता रुवाबासी

    काठमाडौं । सन् १९५० को भारत र नेपालबीच भएको द्विपक्षीय शान्ति तथा मैत्री सन्धिको धारा ८ मा भनिएको छ,'जहाँसम्म यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतका तर्फबाट व्रिटिस सरकार र नेपाल सरकारबीच भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ । जुन हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू हुनेछ ।' ३१ जुलाई १९५० मा भएको उक्त सन्धिमा नेपालका तर्फबाट तत ... read more...

  • ‘भारतीय सेनामा जागिर खाएका हौं, मुटु त मातृभूमिकै लागि धड्किन्छ’

    काठमाडौं । यतिखेर नेपाल र भारतबीच सीमा विवाद चुलिएको छ । नेपालले सीमाको विषयमा लिएको अडानलाई विश्व जगतले नियालीरहेको छ ।सर्वप्रथम, भारतले एक बर्षअघि नेपालको कालापानी क्षेत्रलाई आफ्नो भूमिभित्र पारेर नक्सा सार्वजनिक गरेको थियो । नेपालले उक्त भूमि आफ्नो भएको भन्दै कूटनीतिक नोट भारतलाई बुझायो । कालापानी आफ्नो नक्सामा गाभेको एक बर्षपछि पुनः भारतले नेपालको भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने ब ... read more...

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट चौंथो ब्यक्तिको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता एवम् चिकित्सक बिकास देबकोटाका अनुसार नेशनल मेडिकल कलेज वीरगञ्ज, पर्सामा गत जेठ ४ गते कलैला-७ बाराका ७० बर्षीय पुरुषको मृत्यु कोभिड-१९ को संक्रमणबाट भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक लामो समयदेखि टिभी रोगबाट ग्रसित थिए । उनलाई श्व ... read more...

  • कृषिकै चिन्ता, ‘कोरोना जित्न सक्छु तर बाँझो खेत देख्न सक्दिन’

    भैरहवा । ‘कोरोना जित्न सक्छु तर बाँझो खेत देख्न सक्दिन’, अशोककुमार त्रिपाठी भन्छन्, ‘सरकारले किसान सतायो ।’ सम्मरीमाई गाउँपालिका वडा नं. ४ शिद्धनाथका अगुवा कृषक त्रिपाठीलाई यतिबेला मल र बिउ जोहो गर्ने एक मात्र फिक्री छ । ‘धानको ब्याडका लागि खेत तयार छ । एक हप्तादेखि बिउको जोहो छैन । नेपाली बिउ मर्चवारको माटो सुहाउँदैन, भारतीय बिउ मगाएर पाइन्न,’ त्रिपाठी भन्छन् & ... read more...

  • भारतीय ह्याकरलाई नेपाली ब्रम्ह र सतनको जवाफ, 'नपुंसक मत बनो भारत'

    काठमाडौं । भारतीय ह्याकरले नेपाली सरकारी वेवसाइटमाथि आक्रमण गर्न थालेपछि नेपाली ह्याकरहरुले त्यसको जवाफ दिएका छन् । पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद चलिरहेकै बेला इन्डियन साइबर सेना नामबाट नेपालको बाँके वन विभागको वेवसाइट ह्याक गरेर यो एउटा नमुना भएको भन्दै नेपाललाई चेतावनी दिएको थियो । उनीहरुले ह्याक गरेको वेवसाइट केही घण्टामै फिर्ता आए पनि उनीहरुले नेपाली सरकारी वेवसाइटहरुला ... read more...

  • थपिएका २५ संक्रमितमध्ये तीन जना ३, ४ र ६ बर्षका बालबालिका

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण पुष्टि भएका थप २५ जनामध्ये ३ बर्षीय बालकदेखि ४८ बर्षीय पुरुषसम्म रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार संक्रमित २५ जनामध्ये ३, ४ र ६ बर्षका बालबालिका पनि रहेका छन् । बुधबार थपिएको २५ जनासँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने अहिले ... read more...

  • क्वारेन्टाइनबाट दिइएको भातमा किरा भेटिएपछि हंगामा

    भैरहवा । रूपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित एक क्वारेन्टाइनले बितरण गरेको भारतमा किरा भेटिएको छ । गाउँपालिकाको वडा नम्बर-२ स्थित पिपरीबरबासी आधरभूत बिद्यालयमा राखिएको क्वारेन्टाइनमा बसेकालाई दिएको भातमा किरा भेटिएपछि क्वारेन्टाइनमा बसेका आक्रोशित बनेका छन् । कोरोनाको आशंकामा क्वारेन्टाइन बसेका बनगाएका सलाहुद्दीन भन्छन्,'किरासहितको भात खान दिइएको छ । हामीले खान मानेका छैनौं । विवाद गरे पुनः भारत ... read more...

  • कर्णालीमा 'सुन्य', कुन प्रदेशमा कति जना संक्रमित (सूचीसहित)

    काठमाडौं । मुलुकभर रहेका ७ प्रदेशमध्ये सवैभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण ५ नम्बर प्रदेश फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ नम्बर प्रदेशमा संक्रमण हुनेको संख्या अहिलेसम्म १ सय ५९ पुगको छ । जसमध्ये बाँके जिल्लाका २५ बर्षीय संक्रमित पुरुषको संक्रमणबाट मृत्यु भएको छ । त्यसपछि सवैभन्दा बढी संक्रमण २ नम्बर प्रदेशमा फैलिएको छ । अहिलेसम्म २ नम्बर प्रदेशमा १३२ जना संक्रमि ... read more...

  • क्वारेन्टाइनको हालत, ‘शौचालय भरिएको छ, गन्हाएर सहीसक्नु छैन’

    भैरहवा । भारतबाट लुकिछिपी भित्रिनेहरुको क्रम नरोकिएपछि सीमावर्ती क्षेत्रमा समस्या देखिन थालेको छ । सीमावर्ती क्वारेन्टाइनमा बस्नेहरुको चाँप बढ्न थालेपछि खान, बस्न र शौचालय समेतको समस्या देखिएको हो । सम्मरीमाई-७ स्थित क्वारेन्टाइनमा अहिले बसीसक्नु छैन । वैशाख १ गते गतेदेखि भर्ना रहेका स्थानिय पप्पु चौधरी भन्छन्,‘शौचालय भरिएको छ, गन्हाएर सहीसक्नु छैन, हामी बाहिर शौच गर्न बाध्य छौ ।’ शौचा ... read more...

  • कोरोना संक्रमित भागे सुरक्षाकर्मीलाई गोली हान्नेसम्मको अधिकार

    पर्सा । मुलुकमै पहिलो पटक पर्सा जिल्लाका सुरक्षाकर्मीलाई आवश्यक बलको प्रयोग र गोलीसमेत हान्नेसम्मको अधिकार जिल्लाको बुधबार बसेको 'संकट ब्यवस्थापन केन्द्र' को बैठकले दिएको छ । उपचारत संक्रमित अस्पतालबाट भाग्ने घटना बढ्न थालेपछि बुधबार प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको 'संकट ब्यवस्थापन केन्द्र' ले उक्त अधिकार दिएको हो । यसअघि केही दिन पहिले वीरगञ्जस्थित नारायणी अस्तालमा उप ... read more...

  • शिक्षण अस्पताल महाराजगञ्जका तीन दर्जन बढीलाई क्वारेन्टाइन पठाइयो

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत कपिलबस्तुकी ६ बर्षीया बालिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका सवैलाई क्वारेन्टाइनमा पठाइएको छ । उनी न्यूरो वार्डमा उपचारत थिइन । उनको सम्पर्कमा आएका अस्पतालका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, विरामीका आफन्त र कुरुवासहित ३८ जनालाई क्वारेन्टाइन पठाइएको हो । अझै उनीसँग सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गर ... read more...

  • मृत्यु 'सुन्य', तैपनि त्रासमा नेपाली, संक्रमितको संख्या २४३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज भएको परीक्षणका क्रममा थप २४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा रुपेन्देहीका ९ जना पुरुष र ४ बर्षीया बालिकासहित ३ जना महिला, कपिलबस्तु निवासी ८ जना पुरुष, पर्सा निवासी दुई जना पुरुष र एक मपहिला र नवलप ... read more...

  • भक्तपुर र काठमाडौंका संक्रमित यसरी राजधानी छिरेका थिए

    काठमाडौं । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएका तीन जना 'लकडाउन' कै बेला पास बनाएर राजधानी प्रवेश गरेको खुलेको छ । स्रोतका अनुसार भक्तपुरमा भेटिएका एक जना संक्रमित २७ बर्षीय पुरुष केही दिनअघि मात्र सवारी पास लिएका उपत्यका प्रवेश गरेका थिए । संक्रमित युवा सशस्त्र प्रहरी गण निलबाराहीमा कार्यरत रहेको र उनी एक महिना पहिले पूर्वगृहमन ... read more...

  • न मास्क, न स्यानिटाइजर, टेन्टमा बसेर सीमा रक्षा गर्दै सशस्त्र प्रहरी

    भैरहवा । बन, झाडी र बुट्यानले घेरिएको खुल्ला सीमाना छ । विषालु सर्प र बिच्छीको प्रकोप पनि उत्तिकै देखिन्छ । यही बीच सानो झरिमा पनि चुहिने गुणस्तरहीन टेन्ट त कतै प्लाष्टिकको पालमुनीबाट प्रहरीको पहरा छ । 'न मास्क छ, न स्यानिटाइजर । पीपीईको त कुरै नगरौ । टाढाको गाउँबाट ह्याण्ड पाइपको पानी बोक्नुपर्ने पीडा पनि । सानो टर्चलाइटले नजिकको शर्प पनि देख्न गाह्रो छ,' सशस्त्र हवल्दार हिमाल लिम्बु भन्छन्,'तर म ... read more...

  • ३० बेड क्षमता भएको क्वारेन्टाइनमा ७३ जना भर्ना, त्रासमा स्थानिय

    भैरहवा । सम्मरीमाई गाउँपालिकास्थित रहेको क्वारेन्टाइनमा थेगीनसक्नुको भीड भएको छ । ३० बेड क्षमता रहेको सो क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ७३ पुगेको छ । यसअघि १५ बेड क्षमतालाई बिस्तार गर्दै क्रमशः बीस र तीसबाट पच्चास पुर्याउने निर्णय भएपनि सो अनुसार हुन सकेको छैन । सम्मरीमाई-७ स्थित मदरसा उम्मुल मोमेनिन आइसा अलसिद्दिका लिल बनातिल इस्लामियामा चैत्र १८ गतेबाट संचालित क्वारेन्टाइनको ब्यवस्थापकीय कमज ... read more...

  • सरकार बोलेन, पूर्वराजा बोले-'एक पक्षीय रुपमा सडक बनाउनु पूर्णतः गलत'

    काठमाडौं । आखिर राजा भनेको राजा नै हुन्छ भन्ने कुरामा पुनः पुष्टि भएको छ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित रहेको धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेको बिषयमा नेपाल सरकारले अनभिज्ञता प्रकट गरिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले भने नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति आक्रोश पोखेका छन् । उनले भने, 'आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व ह ... read more...

  • 'नेपाली भूमिमा सडक निर्माण गरेको थाहा नपाउने कस्तो राज्यसंयन्त्र ?'

    काठमाडौं । भारतले नेपालीभूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग उद्घाटन गरेसँगै नेपालमा त्यसको तिब्र विरोध सुरु भएको छ । भारता रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेका थिए । त्यसलगत्तै नेपालमा सत्तारुढ दल, प्रतिपक्षी र सर्वसाधारणले विरोध, प्रदर्शन र कडा शब्दमा भत्सर्ना गरिरका छन् । यसैबीच, नेपाल सरकारले उक् ... read more...

  • अर्काको देशका सुरक्षाकर्मीमाथि हातपात गर्ने हिम्मत कहाँबाट आयो ?

    काठमाडौं । नेपाल प्रहरीलाई हातपात गरिएको भिडियो र फोटो सार्वजनिक भएपछि चिनियाँ नागरिकलाई स्वदेश फर्काउने होइन बरु नेपालको कानुन अनुसार थुन्नुपर्ने आवाज निस्किएको छ । तीन दर्जन चिनियाँ नागरिकले आज लकडाउन तोड्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेक्रममा नेपाल प्रहरीमाथि नै हातपात गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेता पनि अब कारबाही गर्छ कि गर्दैन ? यतिखेर गम्भीर प्रश्न उठेको छ । आज दिउँसो उनीहरुले ... read more...

  • छिमेकी मुलुक भारतमा दैनिक सयौंको मृत्यु हुँदा नेपालमा त्रास

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट दैनिक सयौंको मृत्यु भइरहँदा नेपालमा भने त्रास बढेको छ । छिमेकी भारतसँग जोडिएका सवै नाका-सीमा बन्द गरिएता पनि खुला सीमानाका कारण जताबाट भारतीय तथा भारतमै रोकिएका नेपाली नेपाल प्रवेश गर्नसक्ने खतरा त्यतिकै छ । सोही खतराका कारण नेपालमा पनि महामारीले उग्ररुप लिने र त्यसको असर मुलुकभर फैलिन सक्ने संभावनाले नै नेपालमा त्रास बढेको हो । ... read more...

  • बुद्धको जन्मभूमि लुम्बिनीमा तस्करी र अपहरणदेखि गोहत्यासम्म

    लुम्बिनी । शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा गौहत्याको घटना प्रकासमा आएको छ । लुसाँ न.पा. ११ जितवापुरको पूर्बी सिमानास्थित एक पोखरीमा प्लाष्टिकको पोकोभित्र गाईको अवशेष देखिएपछि प्रहरीले गौहत्याको पुष्टि गरेको हो । लु.साँ.न.पा.को मोहसड र जितवापुरको गाउँ सिमानास्थित पानी पोखरीमा प्लाष्टिकको पोकोभित्र राखेर फालिएको गाईको छाला, आन्द्रा भूँडी लगायतका वस्तु वैशाख २१ गते दिउँसो स् ... read more...