• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • कम संक्रमित गण्डकी, बढी प्रभावित १ नम्बर, सुरक्षित प्रदेश कर्णाली

    काठमाडौं । नेपालका ७ प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म कुनै पनि कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेश मात्र यस्तो प्रदेश हो-जहाँ अहिलेसम्म संक्रमितको संख्या सुन्य रहेको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी संक्रमित प्रदेश नम्बर १ र २ क्रमशः ३१ र ३० रहेका छन् । त्यसपछि प्रदेश नम्बर ५ मा संक्रमितको संख्या २४ रहेको छ भने बागम ... read more...

  • अहिलेसम्म संक्रमित नभेटिएको सुरक्षित प्रदेश कर्णाली, संख्या सुन्य

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार अहिले मुुलुकभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या थपिएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७५ मात्र रहेको छ । जसमध्ये पुरुष ५८ जना पुरुष र महिला १७ जना रहेका छन् । प्रदेश नम्बर १ मा संक्रमितको संख्या सवैभन्दा बढी रहेको छ । त्यहाँ अहिलेसम्म ३१ जना संक्रमित भेटिएका छन् । त्यसपछि ... read more...

  • नेपालगञ्जमा मात्र १६ जना संक्रमित भेटिए, 'नेपालगञ्जलाई सिल'

    बाँके । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालगञ्जमा ९ जना र पर्सामा एक जना कोरोना भाइरस (कोभिड १९)ं को संक्रमित भेटिएको जानकारी गराएको केही घण्टा वित्न नपाउँदै नेपालगञ्जमा थप संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अर्थात शनिबार ६० बर्षीय एक मुस्लिम शिक्षकलाई संक्रमण पुष्टि भएको थियो । उनी लकडाउन हुनुपूर्व भारतबाट जमातीमा संलग्न भई नेपाल फर्किएका ... read more...

  • 'बिस्फोटमा ज्यान गुमाउने परिवारको जिम्मा प्रचण्ड र बादलले लिनुपर्छ'

    काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर-७ स्थित बेवारिसे बम विस्फोटबाट चार जना बालबालिकाले ज्यान गुमाएको घटनाप्रति बालबालिकाको निमित्त गैरसरकारी संस्था महासंघ नेपालले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति निकाल्दै उक्त घटनालाई निकै दुःखत भनेको छ । ज्यान गुमाउने चार जना बालबालिकाप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेको छ । महासंघले उक्त घटनाको राज्य ... read more...

  • सरकारी वकिल र प्रहरीले अस्वीकार गरेको अपहरण मुद्दा आयोगमा दर्ता

    काठमाडौं । नेपाल प्रहरी र सरकारी वकिल कार्यालय काठमाडौंले जाहेरी लिन ठाडै अस्वीकार गरेको भीआइपी अपहरण काण्डमा मुछिएका भीआइपी आरोपितविरुद्धको मुद्दा मानब अधिकार आयोगमा दर्ता भएको छ । प्रहरी र सरकारी वकिल कार्यालयले दर्ता नगरेको मुद्दा आयोगले दर्ता गरेपछि अहिले हचलच सुरु भएको छ । आयोगमा दर्ता भएको उजुरीको नम्बर १७८० रहेको छ ।  महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याइएको दावीसहित जनता समाजवादी पार्ट ... read more...

  • हाईप्रोफाइल अपहरणका अभियुक्तबिरुद्ध कतै पनि जाहेरी दर्ता भएन

    काठमाडौं । पहिलो पटक हाइप्रोफाइल अपहरण काण्डमा मुछिएका हाईप्रोफाइल अभियुक्तहरुविरुद्ध जाहेरी नै दर्ता भएन । जनता ससाजवादी पार्टीका सांसद सुरेन्द यादव अपहरण काण्डमा मुछिएका पूर्वआइजीपी सर्वेन्द्र खनाल, सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदद्धय महेश बस्नेत र किशान श्रेष्ठविरुद्ध दिन लागेको जाहेरी सरकारी वकिल कार्यालयमा पनि दर्ता नभएको हो । समाजवादी पार्टीका शीर्ष नेताहरुको टोली अपहरणक ... read more...

  • नेपालमा कोरोना संक्रमणको 'रेड जोन' मा ३०४ जना

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस (कोभिड-१९) को 'रेड जोन' मा ३०४ जना परेको जानकारी गराएको छ । अहिले मुलुकभर संक्रमितको संख्या ५२ रहेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित ३६ जनाको मुलुकको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले उपचारत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए । ने ... read more...

  • के आफूमाथि लागेको 'दाग' पूर्वआइजीपी खनालले मेटाउन सक्लान ?

    काठमाडौं । यतिखेर महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणको आरोप लागेको पूर्वआइजीपी सर्वेन्द्र खनाल, सांसदद्धय महेश बस्नेत र किशान श्रेष्ठविरुद्धको जाहेरी नलिएपछि राजनीतिक माहोल तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीको अहिले ब्यापक आलोचना र विरोध भइरहेको देखिन्छ । पीडित भनिएका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवले भने आरोपितहरुलाई कानुन बमोजिम छानविन गरेर कारबाही हुनुपर् ... read more...

  • कोरोना संक्रमित १९ बर्षदेखि ८१ बर्षीया बृद्धासम्मले मृत्युलाई जिते

    काठमाडौं । सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित उपचारपछि घर फर्किए । त्यो पनि कम उमेरका होइनन, ८१ बर्षीया बृद्धा र ५८ बर्षीया पुरुष । नाताले आमा छोरा हुन् उनीहरु । उनीहरुलाई बैशाख १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने उनीहरु बेलायतबाट गत चैत ५ गते नेपाल आएका थिए । र्‍यापिड टेष्टका क्रममा बेलायतबाट नेपाल आएको २८ दिनपछि उनीहरुमा संक्रमण देखिएको थियो । उनीहरुसँगै आएकी बुहारीमा ... read more...

  • छड्के अनुगमन भएन, 'अत्यावश्यक औषधिको कालोबजारी'

    भक्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । एकातिर औषधि पसलले कालोबजारी गर्ने र अर्कोतर्फ वडावडामा रहेका स्वास्थ्यचौकीले सामान्य स्वास्थ्य सेवासमेत नदिइ अभद्र व्यवहार गर्ने गरेको पाइएको छ । सूर्यविनायक नगरपालिका-१० चित्तपोल स्वाथ्यचौकीले स्थानीयवासीलाई सेवा नै नदिइ अभद्र व्यवहार गर्ने गरेका छन् । स्वास्थ्यचौकीमा उच्च रक् ... read more...

  • नेपालमा ३१ जना कोरोना भाइरस संक्रमितमध्ये १६ जना भारतीय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार शनिबार एक जना ६५ बर्षीय पुरुषमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । उदयपुरस्थित मस्जिदमै रहेका उनी पनि भारतीय नागरिक भएको बुझिएको छ । शुक्रबार गरिएको परीक्षणमा उनको नगेटिभ रिपोर्ट आएको थियो तर पुनः शनिबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो । योसँगै नेपालमा संक्रमितहरुको संख्या ३१ पुगेको छ । मोरङस्थित टाँ ... read more...

  • पूर्णस्वास्थ्य लाभपछि घर फर्किन फ्रान्सबाट नेपाल आएकी युवती

    काठमाडौं । नेपालकी दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवती पूर्णस्वास्थ्य लाभ लिएर आज घर फर्किएकी छन् । उनी गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन । टेकु अस्पतालमा स्वास्थ्य जाँचपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी गत चैत ९ गते अस्पतालमा पुगेकी थिइन । अहिलेसम्म नेपालमा ३० जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये वीरगञ्जमा ३ र उदयपुरमा १२ गरी १५ जना भारतीय नागरिक रहेक ... read more...

  • नेपालमा अहिलेसम्म फेला परेका संक्रमितमध्ये आधा भारतीय

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै नेपालमा सम्पूर्ण नेपालीहरुको ढुकढुकी बढीरहेको छ । कि कतै नेपालमा पनि महामारीले उग्ररुप लिने त होइन ? अहिले  त्रास बढीरहेको छ । उता छिमेकी मुलुक भारतमा भने अहिलेसम्म मर्नेको संख्या ४८६ पुगेको छ भने संक्रमितको संख्या ह्वात्तै बढेर १४ हजार ३५२ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालय ... read more...

  • ४८ घण्टा नवित्दै घटेका तीन 'घटना', जसले प्रहरीलाई बदनामी बनायो

    काठमाडौं । ४८ घण्टाभित्र 'लकडाउन' कडाई गर्ने बहानामा मानवीय संवेदनशिलता बर्सेर प्रहरीले सर्वसाधारणमाथि गरेको ज्यादतीका तीन वटा घटना सार्वजनिक भएसँगै नेपाल प्रहरीको बदनामी सुरु भएको छ । बिहिबार नै उपत्यका बाहिर एक जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेको घटना र काठमाडौंस्थित कलंकीमा औषधि किनेर घर फर्किएका तीन जना सर्वसाधारणमाथि निर्मम लाठी प्रहार गरेको घटना सार्वजनिक भएको थियो । बुधबार साँझ त्रिवि शिक्षण ... read more...

  • बाहिरियो चिकित्सक 'कुटपिट काण्ड', विवादमा डिएसपी लम्साल

    काठमाडौं । गएको तिहारमा भीआइपी २५ जना जुवाडेलाई झण्डै तीन करोड रुपैयाँसहित पक्राउ गरेपछि चर्चामा आएका महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्साल तीन चिकित्सकलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि विवादमा तानिएका छन् । बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत तीन जना चिकित्सक क्रमशः शम्भु खनाल, तेजप्रसाद साह र बिकास साहमाथि प्रहरीले डियुटी सकेर घर फर्किने क्रममा परिचय ... read more...

  • जुवाडेलाई सम्पत्ति मुद्दा, कालोबजारी गर्नेलाई चाहिँ अब फूलमाला ?

    काठमाडौं । केही दिन पहिले महानगरीय प्रहरी अपराध महाशाखाले शंकर समूहका मालिक तथा सञ्चालक सुलभ अग्रवाललाई कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ गर्‍यो । ग्राहकको भेषका पुगेको ६७ वटा थर्मल गनसहित उनले दुरुपयोग गरेको कूटनीतिक गाडीसमेत बरामद गरेका थियो । कोरोना भाइरस (कोभिड-१९) को त्रास बढीरहेका बेला उनले चीनबाट ल्याएको थर्मल गनको कालोबजारी गरेका थिए । जबकि उनी स्वयम् अर्बपति हुन् । उनी र उनको कम्पनी ... read more...

  • दैनिक नयाँ संक्रमित फेला पर्न थालेपछि त्रास बढ्दै, संक्रमित १४ पुगे

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या फेरि बढेको छ । पछिल्लो ताजा जानकारी अनुसार फेरि दुई जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले कैलालीको लम्कीकी ६५ बर्षीया महिला र रौतहटका १९ बर्षीय एक युवकमा भाइरसको संक्रमण देखिएको जानकारी दिए । दुई जना बढेसँगै नेपालमा संक् ... read more...

  • कालोबजारी गर्न ल्याइएको बाँकी १९ हजार ९३३ थर्मल गन कहाँ छ ?

    काठमाडौं । केही समयअघि अर्थात चैत २० गते शंकर समूहले चीनबाट २० हजार थर्मल गन ल्याएको थियो । उक्त थर्मल गनको कालोबजारी भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले शंकर समूहका सञ्चालक तथा मालिक सुलभ अग्रवालसँग ग्राहका बनेर सम्पर्क गर्‍यो । सोही क्रममा सुलभ आफै कूटनीतिक नियोगको गाडी चढेर थर्मल गनको विक्री गर्न आइपुगे । ग्राहकको भेषमा रहेको प्रहरीले लगत्तै उनी गाडीबाट ओर्लिएपछि नि ... read more...

  • अर्बपति मारवाडीको कूटनीतिक नियोगको गाडीबाटै अवैध धन्दा

    काठममाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले दिएको तथ्याङ्कलाई आधार मान्ने हो भने शंकर ग्रुपका सञ्चालक एवम् मालिक सुलभ अग्रवालबाट मात्र ६७ थर्मल गन बरामद भएको हो । उक्त थर्मल गन १५ हजार रुपैयाँको दरले ग्राहकको भेषमा पुगेको प्रहरीलाई विक्री गनै लाग्दा उनी पक्राउ परेका थिए । प्रतिवटा १५ हजार रुपैयाँको दरले ६७ थर्मल गनको जम्मा मुल्य मात्र दश लाख ५ हजार रुपैयाँ पर्छ । उनी आफै अर्बपति उदयमान युवा ब्यवसा ... read more...

  • ग्राहकको भेषमा प्रहरी, समातिए ब्यापारिक घरानाका मालिक 'कालाबजारी'

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को जाँच गर्न प्रयोग हुने मेडिकल सामाग्री 'कालोबजारी' गरेको आरोपमा जगदम्बाका मालिक तथा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । उनको पक्राउसँगै कोरोना भाइरस भए-नभएको जाँच गर्न प्रयोग हुने इन्फारेड थर्मल गन, एन ९५ मास्कलगायतका मेडिकल सामाग्री चीनबाट नेपाल ल्याएर उनले कालोबजारी गरिरहेको रहस्य खुलेको छ । केही दिन पहिले शंक ... read more...