• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • कसरी भयो नेपालमा उत्पादन नै नहुने पाम आयलको निर्यात ठप्प ?

    काठमाठौं । नेपालबाट निर्यात भन्दा आयात बढी हुन्छ । तर एक वस्तु त्यस्तो छ पनि जुन नेपालमा उत्पादन नै नभएर पनि नेपालबाट निर्यात बढी हुन्छ । नेपाल कच्चा पदार्थ पनि नपाइने र उत्पादन नभै प्रशोधन मात्र भएर पनि सबैभन्दा बढी निर्यात हुने बस्तु हो पाम आयल । यो आयल इन्डोनेसियाबाट ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको छ । कच्चा पाम तेल नेपालका लागि ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग ... read more...

  • प्रहरीले नभेटेको भीआइपी अभियुक्त प्रसाईं वारेसको सम्पर्कमा

    भक्तपुर । नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको निकट सम्वन्धमा रहेका भीआइपी अभियुक्त अर्थात झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरीले तीन हप्ता वितिसक्दा पनि भेटेको छैन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुर प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी एकाएक फरार भएका थिए । फरार रह ... read more...

  • एकाविहानै बस र हाइस ठोक्कियो, चार जनाको मृत्यु, ८ जना घाइते

    इटहरी । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस गाडी र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक-आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा थप एक जनाको मृत्यु भएको छ । हाइसमा रहेका प्रायजसो यात्रुहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । हाइस गाडी कच्याककुच्युक भएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा काठमाड ... read more...

  • दुई तिहाई भ्रष्टाचारको नमुनाः ३ हजार असुली, १ हजार मात्र दाखिला

    काभ्रे । राजधानीबाट नजिकै रहेको स्थानीय सरकार नमोबुद्ध नगरपालिकाले गरेको अनियमितता मुलुकका सात सय त्रिपन्न स्थानीय तहमा कुन स्तरको असल शासन सञ्चालन भइरहेछ भनेर हेर्ने सानो आँखीझ्याल हुनसक्छ । प्राप्त प्रमाणका आधारमा तीन भागमध्ये दुई भाग स्रोत-साधनमा भ्रष्टाचार भइरहेको पुष्टि भएको छ । तीन हजार आय गरिन्छ तर एक हजार मात्र आम्दानी बाँधिन्छ, यसरी हेर्दा दुई तिहाइ रकम भ्रष्टाचार भएको पुष्टि हुन्छ । नमोब ... read more...

  • कार्यालय सहयोगीको झण्डै १० करोड सम्पत्ति, हाकिमको कति होला ?

    काठमाडौं । एक जना मालपोत कार्यालय सहयोगी अर्थात पिउनको सम्पत्ति झण्डै १० करोड हुन्छ भने सोच्नु त हाकिमको कति होला ? प्रसंग हो- चावहिलस्थित मालपोतका कार्यालय सहयोगी पिउन राजेन्द्र बस्नेतको । बस्नेतको करोडौं अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ । अख्तियारले विज्ञप्ति जारी गर्दै उनी र उनको परिवारको नाममा झण्डै १० करोड अर्तात ९ करो ... read more...

  • बल्नेको ढुंगाको कथाः अन्धविश्वास र लालचले गुरुङको ५० लाख गुम्यो

    काठमाडौं । मान्छेलाई अन्धविश्वास र पैसा कमाउने लोभले कहाँ पुर्याउँछ भन्ने उदाहरण सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा-३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर-१५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई हेरे पुग्छ । उनको पैसा कमाउने लोभ र अन्धविश्वासका कारण उनले हालसालै ५० लाख रुपैयाँ गुमाउनु परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले ६ जनालाई डाँका मुद्दामा पक्राउ गरेकामध्ये भिम बह ... read more...

  • निर्यात बढेसँगै मंहगी बढ्यो, कसरी पूरा हुन्छ आर्थिक वृद्धिको लक्ष्य ?

    काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारको लागि सरकारले अनेक प्रयास गरेको छ । कहिले आयात कम गर्ने र निर्यात बढाउने नीति अपनाउँछ त कहिले राजस्व संकलनको दायरा बढाँउछ । त्यस्तै आर्थिक वृद्धिको उच्च महत्वकांक्षा राखेर प्रतिव्यक्ति आय बढाउने तथा कुल ग्राहस्त उत्पादनमा वद्धि ल्याउने नयाँ रणनीति अघि सार्छ । यस्ता नीति तथा कार्यक्रमका साथ अर्थतन्त्र उकास्ने यात्रामा दौडिएको सरकार चालू अर्थिक वर्षको पाँच म ... read more...

  • सुराकी गरेको भन्दै चक्कुले काटेर विभत्स हत्या, तीन गँगडी समातिए

    पर्सा । चक्कु प्रहार गरेर बहुदरमाई नगरपालिका वडा नम्बर-७ का २५ बर्षीय शिवनाथ सहनीको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-११ श्रीपुर बस्ने बर्ष २२ का अजय साह, बर्ष २० का राजन साह कानु र रानीघाटका २० बर्षीय कृष्णकुमार गुप्ता रहेका छन् । पक्राउ परेका तीनै जनाले अपराध गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । सहनीको शव गत पुष २० गते वीरगञ् ... read more...

  • विनयलाई सपरिवार आत्महत्या गर्न बाध्य पार्ने साहु को-को थिए ?

    धादिङ । मिटर ब्याजका कारण सपरिवार त्रिशुली नदीमा हाम फाल्न पुगेका चन्द्रागिरी नगरपालिका वडा नम्बर-४, स्थित थानकोटका ३७ बर्षीय विनय लामिछानेमाथि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाउने तयारी गरेको छ । मिटरब्याजीमाथि आत्महत्या दुरुत्साहत मुद्दा चलाउनुपर्नेमा उल्टै पीडितमाथि नै जिल्ला प्रहरी कार्यालय धादिङले मुद्दा चलाउने तयारी गरेको हो । विनय लामिछानेको परिवारलाई आत्महत्या गर्न बाध्य बनाउने मिटर ... read more...

  • विरोध र अवरोधका बाबजुद अवैध टहरामाथि डोजर चलाइयो

    सिन्धुपाल्चोक । बाह्रबिसे बजारस्थित सडक छेउछाउमा अतिक्रमण गरेर बनाइएका घर टहरामाथि शुक्रबार बिहान डोजर लगाईएको छ । यसअघि बाह्रबिसे नगरपालिकाले बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउने सार्वजनिक सूचना निकाले पनि स्थानियको दबाब र अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन । माघे झरीका बाबजुद नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा छाता ओडेर आफै सडकमा निस्किएका थिए । प्रहरी प्रशासनको सुरक्षामा ... read more...

  • सभामुख प्रकरण: प्रधानमन्त्री ओलीको घुमाई, प्रचण्डको बेहाल

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साइजमा ल्याउन उपसभामुख डा. शीवमाया तुम्वाहाङ्फेलाई मोहरा बनाएका छन् । शसस्त्र द्वन्द्वको बाटोबाट राजनीतिमा स्थापित भएका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साइजमा ल्याउन र आफू राज्य सत्तामा हावी हुने प्रधानमन्त ... read more...

  • टोलेदेखि कुख्यात गुण्डाहरुले ठमेललाई अखडा बनाउन खोजेपछि..

    काठमाडांंै । पछिल्लो समय लुकिछिपी बसेका कुख्यात गुण्डा नाईकेदेखि टोले गुण्डासम्म सल्बलाउन थालेका हुन् । महानगरीय अपराध महाशाखाले यस्ता गुण्डा नाईके र तिनका सदस्यलाई सुक्ष्म रुपमख निगरानी बढाएको छ । महाशाखाले गुण्डा केही सदस्यलाई पक्राउ गरेपछि उनीहरुको भागदौड मच्चिएको हो । एक दर्जन भन्दा बढी टोले गुण्डादेखि बिभिन्न अपराधमा संलग्न, जेलको सजाय काटेर छुटेकालाई महाशाखाले पुनः नियन्त्रणमा लिएको छ । उनीह ... read more...

  • सभामुखका लागि लडाँईः ओलीले फ्याँके अर्को तुरुप, प्रचण्ड जिल्ल

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने विषयको विवादले नयाँ नयाँ मोड लिन थालेको छ । राजनीतिक शक्तिको पासा आफूतिरै पल्टाउने दाउ र खेलमा पूर्र्वएमाले र पूर्वमाओवादीका पहिलो, दोस्रो र तेस्रो तहका नेतासम्म लागेका छन् । नयाँ सभामुखका विषयमा त दुई अध्यक्षबीच नै कुरोकानी मिल्न सकेको छैन । राजनीतिक खेल र जितको आशमा दुवैको कसरत सचिवालय, स्थायी समितिका नेतासम्मको बहसमा पुग ... read more...

  • भू-माफियालाई चेतावनीः 'सम्पदा मासेर निर्मित छायाँ सेन्टर भत्काउँछौं'

    काठमाडौं । ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी गैरकानुनी तरिकाले मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै सरकारले नभत्काए जनताले भत्काउने चेतावनी दिएका छन् । उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत गणतान्त्रिक सरकारले मौनता साँध्नु लज्जास्पद भएको प्रतिक्रिया दिए । उनीहरुले कुनै कदम सरकारले नचाले जनताको शक्तिले त्यसलाई भत्काउन सक्ने समेत संकेत गरे । अभियन्ताहरुले आन्दोलन जारी रहेको भ ... read more...

  • १७ महिने बालकलाई हत्या गर्ने गुण्डा नाइके लामामाथि गोली प्रहार

    काठमाडौं । गुण्डा नाइके विष्णु लामालाई महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली हानेर नियन्त्रणमा लिएको छ । लामालाई नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले घुँडामुनि एक राउण्ड गोली प्रहार गरेर बौंद्धको जम्मुडाँडा नजिकबाट नियन्त्रणमा लिएको हो । उनी ज्यान मार्ने उद्योगमा फरार अभियुक्त हुन् । बौंद्ध बृत्तमा उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा गत बर्ष साउनमा दर्ता भएको थियो । ... read more...

  • आफ्नै साथीको हत्या गरेर फरार भएका अभियुक्तहरु समातिए

    सिन्धुपाल्चोक । आफ्नै साथीको हत्या गरेर फरार भएका अभियुक्तहरुलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर-११ रानीघाट बसोबास गर्ने प्रेम यादव, वडा नम्बर-७ बस्ने भोला माझी, वडा नम्बर-४ बस्ने राजेश मेष्तर, वडा नम्बर-१३ बस्ने राजन साह, वडा नम्बर-१ बस्ने अशोक साह, पर्सा बहुअरी गाउँपालिका वडा नम्बर-३ बस्ने विनोद पासवान, रुपन्देही तिलोत्तमा नगरपालिका वडा ... read more...

  • गोलघरमै बसेर गोल हान्ने दाउमा कुख्यात गुण्डा नाइके बस्नेत

    काठमाडौं । कर्तव्य ज्यान, अपहरण तथा फिरौती ज्यान मार्ने, उद्योगजस्ता जघन्य अपराधको मुद्दा खेपिरहेका कुख्यात गुण्डा नाईके समिरमान बस्नेत आफू अनुकुल अदालत चलाउने खेलमा रहेको बताइएको छ । कानुन बमोजिम प्रतिवादीले तीन पटक भन्दा बढी मुद्दाको पेशी सार्न पाउँदैन तर बस्नेतले कानुनकोे फाईदा उठाउँदै चलखेल गरेर पटक-पटक मुद्दाको पेशी सादै आएका बुझिएको छ । स्रोतका अनुसार उनले मुद्दाका एक दर्जन प्रतिवादीको कानुन ... read more...

  • पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपात, चिसोबाट जोगिन आग्रह

    काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । ‘पश्चिमी वायुको प्रभाव भोलिस ... read more...

  • बिचरा सन्यासीले 'त्रियाचरित्र' बुझ्ने रहर गर्दा..

    एकपटक एक सन्यासीले बर्षौं हिमालयमा बसेर चारै वेदहरुको ज्ञान प्राप्त गरे । उनको प्रतिभादेखि उनको गुरु धेरै खुशी भए । उनले आफ्नो शिष्यलाई भने, 'तिम्रो ज्ञान अब अपार छ र अब तिम्रो कर्त्तव्य बन्छ कि तिमी गाँउगाँउ गएर आफ्नो ज्ञानद्वारा लोकलाई शिक्षा देउ र उनीहरुको उद्धार गर ।' गुरुको आदेशलाई अध्यादेश मानेर सन्यासी महाराजले आफ्नो लक्ष्य गाउँतिर बनाए । कैयौं दिनको पदयात्रा पछि उनी एक गाँउमा पुगे । र गाँउ ... read more...

  • भत्किँदै प्रहरीको 'चेन अफ कमाण्ड': अटेरी एसपी, निरिह आइजीपी

    चितवन । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले आफू सरुवा नभएको ठाउँमा नगएर संगठन प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई नै चुनौती दिएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को 'प्रचण्ड' आर्शिवाद पाएका एसपी मल्लले सरुवा भएको ठाउँमा नगएपछि प्रहरीको 'चेन अफ कमाण्ड' नै भत्किने खतरा बढेको छ । चेन अफ कमाण्ड नमान्ने एसपी मल्ललाई कारबाही गर्न नसक्ने आइजीपी खनाल भन्दै आलोचनाको साथसा ... read more...