• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

सिटिजन खोज

  • समातिए 'नरबलि' का लागि कन्या तस्करी गर्ने गिरोहका ७ सदस्य

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले तान्त्रिक पूजामा नरबलिका लागि युवती तस्करी गर्ने गिरोहका आधा दर्जन बढि सदस्यहरुलाई पक्राउ गरेको छ । काठमाडौं परिसरले बिहिबार पत्रकार सम्मेलन गरेर उक्त रहस्यको पर्दाफास गरेको हो । उक्त गिरोहका सदस्यहरुले मोडलिङ पेशामा आवद्ध एक जना युवतीलाई भिडियो सुटिङ गर्न सीमा पारी जाने भन्दै झुक्याएर भारत पुर्याउन खोजेका थिए । उनीहरुको गतिविधि शंका लागेपछि उनले प्रहरील ... read more...

  • पेयोनिर मास्टर कार्डको नाममा यसरी चलिरहेको छ ठगी धन्दा, होसियार !

    काठमाडौं । तपाईको फेसबुक वालमा के तपाई पेयोनिर मास्टर कार्ड बनाउनु चाहानुहुन्छ ? भन्दै विज्ञापन देखिरहनु भएको छ ? यदि छ भने तपाई नझुक्किनु होला । मास्टर कार्ड बनाउने नाममा ठगी भइरहेको छ । जबकी यो तपाई आफै पनि पेयोनिरको वेवसाइटमा गएर फर्म भरेर उक्त कार्डका लागि निवेदन दिनसक्नु हुन्छ ।  जसबापत कुनै पनि पैसा लाग्दैन् । बरु बार्षिक रुपमा २० देखि ३० डलर तपाईको खाताबाट सेवाबापत पेयोनिर कम्पनीले काट ... read more...

  • शंकास्पद चिनियाँ अड्डामा नेपाल प्रहरीको छापा, दर्जनौं समातिए

    काठमाडौं । एकताका पर्यटकीय नगरी ठमेलमा अड्डा जमाएर चिनियाँ नागरिकले बेश्याबृत्ति गरेको भेटियो । नेपाल प्रहरीले छापा मारेर एक दर्जन चिनियाँ युवतीलाई पक्राउ गरेको थियो । त्यसपछिका दिनमा चिनियाँ नागरिक अमुल्य वनपैदावर रक्तचन्दनदेखि जुडिबुटीसम्मको तस्करीमा सक्रिय रहे । डलर, सुनलगायतका बहुमुल्य बस्तुहरुको तस्करीमा पनि चिनियाँ नागरिकको बाक्लो उपस्थिति देखियो । पछिल्लो समय भने उनीहरु आर्थिक अपराधमा लागेक ... read more...

  • ललिता निवास जग्गा प्रकरणका अभियुक्तसँग अख्तियार नै डराएपछि..

    काठमाडौं । ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गा दर्ता गर्ने मुख्य योजनाकार भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मिनबहादुर गुरुङ र उनीहरुलाई संरक्षण गर्ने काम नेकपाका महासचिव बिष्णु पौडेलले गरेको घामजत्तिकै छर्लङ्ग भइसकेको छ । उक्त जग्गामा केही विवादित उद्योगी ब्यापारी पनि संलग्न रहेका छन् । तिनैमध्येका हुन्, कैलाशचन्द्र गोयल र सुहृद घिमिरे । गोयल ग्रुपका सञ्चालक कैलाशचन्द्र गोयलको डिएल ... read more...

  • मोबाईलको प्रलोभनमा १६ बर्षीया बालिकालाई बलात्कार, दर्ता भएन उजुरी

    कपिलवस्तु । लैङ्गिक हिंसा बिरुद्धको सोह्र दिने अभियान चलिरहेकै बेला कपिलबस्तुमा एक नाबालिका बलात्कृत भएकी छन् । मोबाइलको प्रलोभनमा पारेर मायादेबी गाउँपालिका-२ गंगापुर भैसकुन्डाका एक युवाले बलात्कार गरेको पीडितको आरोप छ । घटना गत मंसिर १९ गते बिहिबार साँझ ६ बजेको हो । आफ्नो खेतमा रहेको धनियाँको पात टिप्न गएको समयमा ती युवकले धम्काउदै मोटर साईकलमा बसाली २ दिनसम्म अपरिचित स्थलमा लगेर पटकपटक बलात्कार ... read more...

  • ५ दिनको म्याद थप: को हुन् प्रेमीको लिंग काट्ने प्रेमिका ?

    काठमाडौं । १८ बर्षकी सुनिता थिङ मकवानपुर हेटौडाका राजीव तिवारी सुनवारसँग प्रेममा थिइन । उनीहरुबीच राम्रै निकटता थियो । तर, सोमबार राति उनीहरुबीच बढेको असमझदारीले अकल्पनिय दुर्घटना निम्यायो । त्यो हो-सुनिताले राजीवलाई आफू बस्ने कोठामा बोलाएर लिंग नै काटिदिइन । कारण थियो-घरायसी कारण देखाउँदै राजीवले उनलाई विवाह गर्न नसक्ने बताएका थिए । होटल ह्यातमा काम गर्ने उनीहरु दुवैलाई चावहिलस्थित ओम अस्पतालमा उ ... read more...

  • कोहलपुर प्रहरी नेतृत्व जसले कोहलपुरलाई क्षणभरमै रणभूमि बनाए

    कोहलपुर । कुनै दुर्घटना वा घटना हुने वित्तिकै पुग्ने प्रहरीको पहिलो काम पीडित वा मर्माहित पक्षको मलमपट्टी लगाउने, आटभरोसा दिने तथा सहानुभूति प्रकट गर्दै दोषीलाई कडा कारबाही गछौं भन्दै नआत्तिन भन्दै सम्झाउने रहन्छ । त्यो संभावित दुर्घटनालाई रोक्ने सरल मनोवैज्ञानिक उपाय पनि हो । तर आइतबार बाँकेको कोहलपुर सडकखण्डस्थित त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययरत कक्षा ७ की प्रकृति चन्दलाई ना २ ख ९४५९ ट्रकले ... read more...

  • सडकका मनोरोगी तथा अपाङ्ग यसरी फूल तथा तरकारी खेती गर्दै

    काठमाडौँ । सडकमै रात काट्ने, ढलमा फालेको फोहोर खना खाएर छाक टार्ने मखमली तमाङका केहि समय अघिका दिन कहाली लाग्दा थिए । घाम, पानी, हावा हुरी झरीको प्रवाह नगरी सडकमै कठिन र संघर्ष पूर्ण जीवन विताउनु पर्दैथ्यो । राजधानीको भिडभाडमा वास्ता गर्ने कोहि थिएन । श्रीमानले अर्की श्रीमती बिहे गरि छाडेपछि विछिप्त बनेर हिड्नु भएकी मकवानपुरकी तामाङलाई अहिले भरपर्दो आश्रय मिलेको छ । नव जीवन परोपकार समाजले उहाँजस्त ... read more...

  • ह्यातले कब्जा गरेको अबौंको सरकारी जग्गामा माफियाको मोजमस्ती

    काठमाडौं । कामभन्दा सस्तो प्रचारबाजीमा रमाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीबाट बर्खास्त गरेर रामेश्वर राय यादवलाई नियुक्ति गरे । अहिले बिष्ट जस्तै कामभन्दा बढी सस्तो प्रचारबाजीमा रमाउनेमा संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नाम लिन थालिएको छ । संभावना भएका भनिएका पर्यटन मन्त्री भट्टराई पनि काम भन्दा मिडिया स् ... read more...

  • म्यासेज र अडियो काण्ड: 'बलात्कार महिलाको योजना मुताविक'

    विराटनगर । धर्मगुरु कृष्णदास गिरी उर्फ 'सिद्धबाबा' लाई बलात्कार गरेको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई बलात्कार गर्न उक्साउने खालको दर्जनौं म्यासेस पठाएको तथ्य सार्वजनिक भएकोे छ । सोही म्यासेसबाट उत्साहित भएका कृष्णदासले उनको आश्रम पुगेकी ती महिलामाथि शारिरीक सम्वन्ध बनाएको र त्यो सम्वन्ध बनाएर आफूले गल्ती गरेको भन्दै उनले माफी मागेको अडियो पनि सार्वजनिक भएको छ । दुवैको 'म्यास ... read more...

  • क्यासिनो किङ 'बले' र जुवा अखडा सञ्चालक गौतम ९० लाख धरौटीमा छुटे

    काठमाडौं । गत कार्तिक ९ गते महाराजगञ्जस्थित ठेकेदार राम गौतमको घरबाट पक्राउ परेका 'विग सट' वाला जुवाडेमध्ये छुट्न बाँकी रहेका क्यासिनो किङ बलराम सापकोटा 'बले' र उक्त जुवा अखडाको सञ्चालक विक्रम गौतमलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धरौटीमा छाडेको छ । विभागले २५ जना 'विग सट' जुवाडेमध्ये सबैभन्दा बढी बले र गौतमलाई धरौटी लिएको छ । विभागका अनुसार अवैध जुवा अखडा सञ्चालक गौतम र क्यासिनो किङ 'ब ... read more...

  • नक्कली चेक, हस्ताक्षर तथा रकम चोरी काण्ड, 'त्रसित सर्वसाधारण'

    काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले चेक नै नक्कली बनाएर झन्डै २० लाख रुपैयाँ जनता बैंकबाट निकाल्ने गिरोहका ६ जना सदस्यलाई पक्राउ गरेसँगै बाणिज्य बैंकहरु नै शंकाको घेरामा परेका छन् । परिसरको टोलीले बानेश्वर शाखामा खाता रहेका गोपालमान राजबाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेसँगै प्रहरीको अनुसन्धान बैंकहरुतर्फ मोडिएको छ । मोवाइल ... read more...

  • स्थानिय सरकार र प्रहरीकै सामुन्ने प्राकृतिक स्रोतमाथि डनहरुको दोहन

    पोखरा । सरकारले प्राकृतिक स्रोत साधनमाथि हुने दोहन कम गर्नका लागि विभिन्न नीति नियम बनाएको भएपनि सरकारी अधिकारीकै मिलेमतोमा त्यस्त अवैध काम हुने गरेका छन् । पर्यटकीय नगरी पोखरामा प्राकृतिक स्रोत र साधनमाथि हुने दोहन दिनप्रतिदिन बढिरहँदा पनि स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकार समेत रमिते बनिरहेका छन् । पोखराका अधिकांश स्थानमा भ्वाँङ खाडल) पर्ने गरेका कारण प्राकृतिक रुपमै कमजोर स्थानको रुपमा लिइन्छ ... read more...

  • नक्कली हस्ताक्षर गरी बैंकबाट रकम चोर्ने गिरोहका ६ सदस्य समातिए

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली हस्ताक्षर गरी विभिन्न बैंक खाताबाट विभिन्न ब्यक्तिहरुको रकम चोरी गर्ने गिरोहका ६ सदस्यहरुलाई सोमबार पक्राउ गरेपछि पुनः हलचल मच्चिएको छ । यसअघि विदेशी ह्याकर्सले बैंकको प्रणाली नै आफ्नो कब्जामा लिएर विभिन्न बैंकहरुबाट रकम निकालेका थिए । उक्त काण्ड सेलाउन नपाउँदै विभिन्न ब्यक्तिको चेकमा नक्कली हस्ताक्षर गरेर रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरे ... read more...

  • एलओडीमा नाचेर 'सरप्राइज' दिएका पूर्वराजाको अब पश्चिम नेपाल दौड

    काठमाडौं । अभिनेत्री रेखा थापासँग सिंहदरबारको गेटमा नाचेका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना मात्र भएन, त्यो चर्चा अहिलेसम्म सेलाएको छैन । झन्डै एक दशकअघिको यो दृश्य अनेक नेतामा परिदृश्य बन्दै देखा पर्न थाल्यो । त्यसको प्रभावका रुपमा अभिनेत्री करिश्मा मानन्धरले राजनीति नै थालेकी थिइन् । कोमल ओलीलगायत अहिले नेकपामा नै सक्रिय छन् । गणतन्त्र नेपालमा नेतासँग नाच्नु स्वभाविक भए पनि २४० ... read more...

  • यस्तो छ सार्वजनिक भएको नेपालको बास्तविक नक्सा

    काठमाडौं । सरकार कानमा तेल हालेर बसिरहेका बेला नागरिक समाजका तर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । अभियानले आज पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो । सार्वजनिक नेपालको नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्राडा नरेन्द्रराज खनालले विज्ञको हिसाबले नदीको रेखाङ्कन गरेको बत ... read more...

  • माफियाको चंगुलमा मन्त्री योगेश, १५० रोपनी जग्गा गुम्ने खतरा

    काठमाडौं । तारागाउँ विकास समितिद्धारा सञ्चालित ह्यात होटलले सरकारी जग्गा कब्जा गर्नका लागि बद्नाम पात्रहरुलाई भित्र्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तारागाउँको अध्यक्षमा नेपाल प्रहरीका भगौडा असई प्रल्हाद न्यौपानेलाई नियुक्त गरेपछि हलचल मच्चिएको छ । मन्त्री भट्टराईलाई माफियाको चंगुलको फसेको आरोप लागेको छ । जसका कारण ह्यात होटलको १५० रोपनी जग्गा सरकारको नाममा आउने ... read more...

  • राष्ट्रपतिलाई 'नयाँ शक्तिकेन्द्र' का रुपमा वैधानिकता दिँदै ओली-प्रचण्ड

    काठमाडौं । संवैधानिक राष्ट्रपति विद्यादेवी भण्डारीमाथि मन्त्रिपरिषद् पुर्नगठनमा हस्तक्षेप गरेर कार्यकारी अधिकार प्रयोग गर्न थालेको आरोप लागेको छ । २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्न लाग्दा संबैधानिक राष्ट्रपति भण्डारीले आफ्नो समेत हिस्सा खोजेपछि उनी कार्यकारी राष्ट्रप्रमुखको रुपमा प्रस्तुत भएकी हुन् । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुर्नगठनको लागि सत्तारुढ दल न ... read more...

  • भारतको अर्को भ्रामक खेलः यसरी नक्साबाट गायब बनायो 'काली नदी'

    काठमाडौं । भारतले अघिल्लो शनिबार अर्थात नोवेम्बर ३ जारी गरेको राजनीतिक नक्सामा स्पष्ट रुपमा देखाएको काली नदी बुझाउने अग्रेजी अक्षर 'Kali' नयाँ संस्करणमार्फत हटाएको हटाएको छ । भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपाली भूमि उसको राजनीतिक नक्सामा देखाएपछि त्यसका नेपालमा कडा विरोध हुँदै आएको छ । 'नेपाल र नेपालीहरुको विरोधका बाबजुद भारतले आफ्नो आठौं संस्करणमार्फत जारी राजनीतिक नयाँ नक्सा नवौं स ... read more...

  • धरौटीमा छुटे भीआइपी १६ जुवाडे, मुद्दा मिलाउँछु भन्दै दले सक्रिय

    काठमाडौं । गत कार्तिक ९ गते महाराजगञ्जस्थित ठेकेदार राम गौतमको घरबाट पक्राउ परेका 'विग सट] वाला जुवाडेमध्ये १६ जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धरौटीमा छाडेको छ । विभागले उनीहरुलाई न्यूनतम २ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म धरौटी लिएर छाडेको हो । यसरी धरौटीमा छुट्नेहरुमा पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, इन्द्रबहादुर श्रेष्ठ, श्रवणकुमार गोयल, ग्याल्जे लामा, सोहेल कार्की, बुद्ध लामा ... read more...