• +977 9841468702
  • info@cpostnews.com

अपराध

  • नक्कली सर्टिफिकेट बनाई विक्री गर्ने पक्राउ

    कलैया, ३१ असोज । विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएको सर्लाही इशवरपुर नगरपालिका–९ बस्ने अवधेश साहलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी उपरीक्षक राजकुम ... read more...

  • यसरी पक्राउ परे अपहरणका मुख्य योजनाकार सञ्चारकर्मी पुजन

    काँकडभिट्टा, २३ असोज । अपहरणको मुख्य योजनाकार एक सञ्चारकर्मी भन्दा तपाईहरुलाई कुनै फिल्मको कथा जस्तो लाग्ला तर यो बास्तविकता हो ।  एक चर्चित अपहरण काण्डको प्रमुख योजनाकार सञ्चारकर्मी पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेलाई जीवन विष्ट अपरहण काण्डको मुख्य योजनाकार रहेको भन्दै प्रहरीले खोजी गरिरहेको थियो । झापाको विर्तामोडमा रहेको पीडित विष्टको करोडौंँको जग्गा हडप्न अपहरणको योजना बनाउने घिमिरे ... read more...

  • बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ

    विराटनगर, २२ असोज । बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले बेलबारी–२ को देवीथान डाँडा बस्ने हेमकुमार ... read more...

  • बिटक्वाइन सञ्चालन गर्ने ७ जना ब्यूरोको नियन्त्रणमा

    काठमाडौँ, २० असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौँका प्रशान्तप्रताप शाह, नुवाकोटका बिन्दा ढकाल, सिन् ... read more...

  • महिलाको संवेदनशील अंगमा लुकाई लागुऔषधको तस्करी

    इनरुवा, ११ असोज । महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालयले आयोजित पत्रकार सम्मेलन बताएको हो । महिलाले भित्रीे चोलोमा कसेर भारतीय बजारबाट अवैधरुपमा लागुऔषध ल्याइरहेको छ भनी प्राप्त सूच ... read more...

  • हुलाकी राजमार्गको टेण्डरमा गुण्डागर्दी गर्ने १२ प्रहरीको नियन्त्रणमा

    काठमाडौं, ९ असोज । हुलाकी राजमार्ग आयोजनाको टेण्डर भर्ने आज अन्तिम दिन ठेकेदार कम्पनीहरु टेण्डर भर्न तछाड-मछाड गरिरहेका थिए । ठेकेदारले आफ्नो मात्र फर्म पार्न गुण्डाहरुको प्रयोग गरेको खबर प्रहरीलाई पुग्यो । त्यसपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली बानेश्वरस्थित कार्यालय पुगेर भेटे जति सबै गुण्डालाई उठायो । प्रहरीले उठाउने क्रममा कोही सज्जन परे भने कोही बदमास । पक्राउ परेका एक दर्जन बढी गुण्डाह ... read more...

  • सांसद अम्रेशकुमार सिंहमाथि 'गोली प्रहार' भएको घटना झुटो सावित

    सर्लाही, २ असोज । बेला बखत विभिन्न हत्कण्डाका कारण चर्चा र विवादमा आइरहने नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि गोली प्रहार भनिएको घटना झुटो सावित भएको छ । सिंहमाथि आइतबार साँझ आठ बजे गोली प्रहार भएको घट्ना झुटो भएको प्रत्यक्षीदर्शीले बताएका हुन् । प्रत्यक्षदर्शीका अनुसार  बलरा नगरपालिका वडा नम्बर ३ का नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार आमोदानन्द मिश्रलाई भेट्न सोही पार ... read more...

  • हत्याको आरोपमा आफ्नै सहपाठी पक्राउ

    कञ्चनपुर, ३० भाद्र। विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय मृतक चन्दलाई उनकै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापाले हत्या गरेको आशंका गरिएको थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चारैजनालाई हिरासतमा राखी अनुसन्धान था ... read more...

  • नवजात शिशु मारेर २३ वर्षीया सन्ध्या शेर्पा फरार

    ताप्लेजुङ, २९ भाद्र । अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ का क्रमशः अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो । शिशुकी आमा २३ वर्षीया सन्ध्या शेर्पा भने फरार भएको ... read more...

  • हत्यामा संलग्न र बालिका बलात्कार गर्नेलाई यसरी गरियो सार्वजनिक

    चितवन, २८ भाद्र । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न १७ वर्षीय तिलक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका नेपालीलाई सार्वजनिक गरेको हो । उनी भरतपुर २३ का हुन् । भाद्र १८ गते घरबाट एकाएक बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको थियो । केन्द्रीय अनुसन्धान ब ... read more...

  • नागरिकता र सरकारी छाप कीर्ते गर्ने ११ वर्षपछि प्रहरीको फन्दामा

    चौतारा, २८ भाद्र। नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ ।  साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । दोषी पाण्डेले ... read more...

  • हतियारसहित नेपाल छिरेका महम्मद नेपाली सुन ब्यापारी लुट्न आएको खुलसा

    पर्सा, २५ भाद्र । लुट्ने मनसायले हतियारसहित नेपाल पसेका भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारतीय नागरिक महम्मद शम्सेर विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी भएको प्रहरीले जनाएको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा उनलाई शनिबार राति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरेको थियो । पर्साका ... read more...

  • कछुवा तस्करीमा संलग्न दुई जना ब्यूरोको हिरासतमा

    काठमाडौं, १९ भाद्र । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जीवित कछुवासहित कछुवा तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । कछुवाको तस्करी भइरहेको सूचना पाएपछि ब्यूरोबाट खटिएको टोलीले भक्तपुर, सुर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारबाट बिरबहादुर स्याङतान र कान्छा लामालाई जीवित कछुवासहित पक्राउ गरेको हो । स्याङतान र लामा क्रमशः मकवानपुर जिल्ला गढी गाविस वडा नम्बर १ र ललितपुर नल्लु गाविस वडा नम्ब ... read more...

  • बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

     सोलुखुम्बु, १७ भदौ । भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको जानकारी पाएपछि प्रहरीले यही भदौ ५ गते बन्दुकसहित त्यसमा प्रयोग ... read more...

  • नरभक्षी चितुवा मार्न हतियारसहित प्रहरी खटाइयो

    बैतडी, १३ भदौ । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गर्ने नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको छ । उक्त नरभक्षी चितुवाले ज्यानै लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको हो । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको ... read more...

  • अवैधरूपमा तस्करी गरी भारततर्फ लैजान लागेका २९ गाई नियन्त्रणमा

    महोत्तरी, ११ भदौ । महोत्तरीमा खुला सीमा नाकाका कारण दैनिक सयौं गाई–गोरु भारततर्फ तस्करी भइरहेको छ । प्रहरीका अनसार तस्करीमा ठूलै गिरोहको हात रहेको छ । यसैबीच, ईलाका प्रहरी कार्यालय बर्दिवासले अवैधरुपमा तस्करी गरी भारततर्फ लैजान लागेका २९ वटा गाई नियन्त्रणमा लिएको छ । भन्सार छली भारततर्फ लैजांदै गर्दा प्रहरीले बर्दिवास नगरपालिका –२ बाट विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । प्रहरी ... read more...

  • सामाजिक सञ्जाल फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ को धन्दा गर्ने नेपाली समातिए

    काठमाडौं, २ भाद्र । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवकलाई पक्राउ गरेको छ । व्यूरोका अनुसार गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर ७ भई हाल काठमाडौंस्थित गोंगबु बसपार्क बस्ने विकास नेपाली पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीले सामाजिक संजाल फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आईडी बनाई करिब दुई बर्ष ... read more...

  • बल्ल समातिए सवारी ज्यान मुद्दाका फरार अभियुक्त

    मेलम्ची, ३२ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बांसबारीबाट प्रहरीले पांच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार थिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले माझीलाई मंगलबार बाहुने ... read more...

  • अवैध चितुवाको छाला र हड्डीसहित रोकाया समातिए

    काठमाडौं, १८ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध चितुवाको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु चितुवाको छालासहित कालीकोट पलाटा गाउंपालिका –८ का भक्तबहादुर रोकाया पक्राउ परेका हुन् । रोकायालाई काठमाडौं महानगरपालिका–२६ गोंगबु नयांबसपार्कस्थित दिपशिखा सुर्खेत गेष्टहाउस एन्ड रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । सो गेष्टहाउसको कोठा नम्बर २०५ मा बिक्री वितरण गर ... read more...

  • राधिका हत्या काण्डमा संलग्न प्रहरीलाई जन्मकैदको फैसला

    जाजरकोट, १६ साउन । राधिका सुनार हत्या काण्डमा संलग्न एक प्रहरीलाई जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । यसरी सर्वस्वसहित जन्मकैद फैसला पाउने प्रहरी हवल्दार कमल सुनार हुन् ।जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको हो । गोविन्द महरको जाहेरीमा उनीमाथि जबर्जस्ती करणीसहित कर्तव्य ज् ... read more...